निर्णय नं. ७०८४ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०८४ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५९/०१/१० २८९९ निर्णय नं.७०८४ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री टोपवहादुर सिंह माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल संवत् २०५६ सालको रिट नं....... ३९८५ आदेश मितिः २०५९।१।१०।३ विषयः– उत्प्रेषण समेत । निवेदकः सप्तरी जिल्ला मानराजा गा.वि.स. वडा नं. ५ घर भई हाल पंचावती मा.वि. उदयपुरको प्रधानाध्यापक पदमा कार्यरत सकलदेवप्रसाद यादव विरुद्व विपक्षीः उदयपुर जिल्ला अदालत, गाइघाट समेत § जिल्ला अदालत नियमावली २०५२ को नियम ८ मा तोकेको तहसिलदारको काम कर्तव्यमा दण्ड सजायको उपरोक्त उल्लेखित ४३ नं. को देहाय ५ बमोजिम जरिवाना वा आदेश गर्नसक्ने अधिकार तोकिएको नपाइदा वमोजिम जरिवाना वा कैद गर्ने अधिकार जिल्ला न्ययाधीशका रहेको देखिंदा जिल्ला न्यायाधीशमा रहेको अधिकार तहसिलदारले प्रयोग गरी निवेदकलाई थुनामा राख्ने पक्राउ आदेश वदर हुने । (प्र.नं. १०) निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विव्दान अधिवक्ता श्री रामबहादुर राउत अवलम्वित नजिरः आदेश न्या.टोपबहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अनुसार पर्न आएको प्रस्तुत रिट निवदनको व्यहोरा तथा आदेश यसप्रकार छ :– २. निवेदक २०२४ सालदेखि अंग्रेजी शिक्षकको रुपमा शिक्षण पेशामा प्रवेश गरी उदयपुर जिल्लाका विभिन्न विद्यालयहरुमा प्रधानाध्यापक समेत भई कार्य गरिसकेको छु । विपक्षी वेदमाया खतिवडाले उदयपुर जिल्ला भलायडांडा वडा नं. ४ को क्षेत्रफल रो. १९–१३–३–० जग्गा खिचोला गरेको भनी दायर गरेको जग्गा खिचोला मुद्दामा उदयपुर जिल्ला अदालतवाट वादी दावी वमोजिम हुने ठहर भई मिति २०५१।९।२५ मा फैसला भएको रहेछ । उक्त फैसला वदर गरी पाउँ भनी निवेदक कार्यरत रहेको पञ्चावती मा.वि.ले फिराद दायर गरेकोमा २०५५।३।११ मा फिराद दावी खारेज हुने ठहर भयो । उक्त जग्गा खिचोला मुद्दाको फैसला चलन चलाई पाउँ भनी वेदमाया खतिवडाको मिति २०५२।२।३ मा निवेदन गरे अनुसार मिति २०५२।३।१६ मा चलनपुर्जी समेत प्राप्त गर्नु भएको रहेछ । फिराद पत्रमा प्रतिवादी नवनाइएको तथा चलन चलाई पाउँ भन्ने निवदनमा नाम उल्लेख नभएको निवेदकलाई समेत प्रतिवादी वनाई दोश्रो पटक चलन चलाई पाउँ भनी विपक्षी वेदमायाले पुनः २०५३।११।१५ मा निवेदन गरेको र सो अनुसार निवेदकका नाउँमा मिति २०५३।११।३० मा जारी भएको १५ दिने म्याद विद्यालयमा म उपस्थिति नभएको भनी निमित्त प्रधानाध्यापक नारायणप्रसाद काफ्लेले वुझ्नु भएको रहेछ । मिति २०५४।१।३१ मा निवेदक तथा अन्य प्रतिवादीहरुको अनुपस्थितिमा विवादित जग्गा रहेको स्थानमा नगई अन्यत्रै बसी फैसला अनुसार जग्गा चलन गर्न नदिई चलन हटक गरेको भन्ने व्यहोराको सर्जमिन मुचुल्का गरी त्यसको आधारमा निवेदक लगायतका व्यक्तिहरुलाई दण्ड सजायको ४३ नं. बमोजिम जनही रु १०१।– जरिवान गरी निवेदन अनुसार दोश्रोपटक चलन चलाई दिनु भनी मिति २०५५।४।८ मा आदेश भएको र २०५५।५।५ मो दोश्रो पटक चलन चलाई २०५५।८।१३ मा चलन पुर्जी समेत दिएको रहेछ । उक्त चलन पुर्जी बमोजिम जग्गा चलन गर्न नदिएकोले तेश्रो पटक चलन चलाई पाउँ भनि मिति २०५५।१०।१ मा विपक्षी वेदमाया खतिवडाले निवेदन गरे अनुसार मेरो नाउंमा जारी भएको पन्ध्र दिने म्याद म फेला नपरेको भनी विद्यालय संचालक समितिका अध्यक्ष सोदनाथ भट्टराईलाई वुझाइएको रहेछ । मिति २०५६।२।१५ मा म निवेदक समेतले जग्गा चलन हटक गरेको व्यहेराको मुचुल्का खडा गरी मिति २०५६