निर्णय नं. ७०८५ - लिलाम बदर दर्ता बदर दर्ता कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०८५ - लिलाम बदर दर्ता बदर दर्ता कायम । भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५९/०३/१२ ३५२७ निर्णय नं. ७०८५ ने.का.प. २०५९ अङ्क ३/४ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु संवत् २०५५ सालको दे.पु.नं. ५०१३ फैसला मिति : २०५९।३।१२।४ मुद्दाः लिलाम बदर दर्ता बदर दर्ता कायम । पुनरावेदन/प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. सिस्वावेल्ही वार्ड नं. ८ बस्ने पवित्रादेवी तेलिन विरुद्ध विपक्षी /वादी : ऐ ऐ बस्ने महिनारायण साह तेली § दण्ड सजायको २६ नं. मा विगो वापत जायजात गर्दा त्यो धन खाने १२ वर्ष माथिका ऐन बमोजिम मानो नछुट्टी संग बसेका वा त्यो धन खाँदा संग बसेका पछि भिन्न हुनेको अंश समेत जायजात गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिएबाट ऋण खाँदा संग बसेको वादीको नामको जग्गा जायजात हुन नसक्ने भन्न नमिल्ने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री सुरेन्द्र खड्का विपक्षी वादी तर्फबाट : अवलम्बित नजिर : फैसला न्या. चन्द्रप्रसाद पराजुलीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ । २. मेरो पिता मधु साहुका ४ छोरा जेठा लखन साह माहिला राम साह, साहिला राज नारायण साह, कान्छ म महिनारायण साह भएकोले लखन साह परलोक भै निजका छोरा रामचन्द्र र स्वास्नी सजनवति हुन मेरो आमा बुलन्ती देवी हुन् । वाबुले हामी सवै जनालाई २०४६।७।३ गते अंश बण्डाको लिखत पारित गरी दिएकोले मेरा अंश भागको जि.स. बेल्ही गा.वि.स.वार्ड नं. ४(क) कि.नं. १२४ को ०–७–१४ जग्गा मेरा नाउामा दा.खा. दर्ता भएकोमा २०४४।१२।१४ मा विपक्षीलाई पिताले राजिनामा लिखत कपाली सरह हुन आएको सावँ ब्याज समेतको रुपैया भरी पाउँ भनि दे.नं २७०२ को लेनदेन मुद्दा दिएकोमा विगो रु ७५९४।९० पितावाट भरी पाउने भै पुनरावेदन अदालत राजविराजबाट समेत फैसला भै मेरो अंशको सा.कि.नं. १२४ को ०–७–१४ जग्गा समेत जायजाती दरखास्तमा देखाई विगोमा कार्यवाही हुँदा सो जग्गा २०५०।११।१० गते प्रतिावदीले लिलाम गराई डांक सरकार गरी आना नाउँ दर्ता समेत गराएकोले मेरो अंशको जग्गा पिताका नाउँको तमसुकमा भिन्न भएको अंशियारको जग्गा लिलाम गराई विगो असुल गर्न नपाउनेमा सो को विपरित प्रतिवादीले मेरो जग्गा लिलाम गराएकोले बदर गरी मेरो अंशको जग्गा मेरै नाउँमा दर्ता कायम समेत गरी पाउँ भन्ने समेत ब्यहोराको फिराद दावी । ३. वादीको बाबु मधु साहले मलाई मिति २०४४।१२।१४ गते कागज बनाई दिँदाको अवस्थामा वादी समेत संगै रहेको अवस्थामा खाएको ऋण हुँदा सगोलको व्यवहारमा खर्च गरेकोमा मैले लेनदेन मुद्दा दायर गरी तत् समय संगोलमा रहेका समपत्ति यी वादीको नाउँमा नामसारी भई आएकोमा लिलाम भएको हो । तसर्थ हकदैया विहिन नालेस खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. यसमा लिलाम दर्ता बदर गरी मेरो नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको मिति २०५३।३।१।२ को फैसला । ५. बण्डा पारीत भएको मिति भन्दा अघि भएको लेनदेन व्यवहारबाट मेरा बाबुले दिनु पर्ने अण नदिएकोले मेरो नाउँको जग्गा नै लिलाम हुनुपर्ने होइन अतः शुरुको फैसला उल्टी गरी शुपथ न्याय पाउँ भन्ने वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र । ६. यसमा आसमी मधु साहको जग्गा सम्पत्ति हुँदा हुँदै निजको सम्पत्ति जेथा नदेख