निर्णय नं. २४८० - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४८० - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/२३ १९८६ निर्णय नं. २४८० ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. २२१० विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.पर्सा वीरगञ्ज नगर पञ्चायत वार्ड नं.१० बस्ने तारा प्रसाद श्रेष्ठ । विरुद्ध विपक्षी :श्री भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय बारा कलैया । जि.पर्सा वीरगंज नगर पंचायत वार्ड नं.१० बस्ने गोपाल प्रसाद श्रेष्ठ । ऐ.ऐ वार्ड नं.१९ भाइ दिया पोखरी बस्ने हरी लाल सा कानू । ऐ.ऐ बस्ने राज लाल प्रसाद सा कानू । आदेश भएको मिति:२०४२।८।२३।१ मा साविक मोहीले गरिदिएको भनेको गैरकानुनी कबूलियत तथा निजको बयानको आधारमा रिट निवेदकको विवादित जग्गामा प्रत्यर्थीलाई मोही कायम गर्ने गरेको प्रत्यर्थी भूमि सुधार कार्यालयको निर्णय गैरकानुनी भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १९) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट :विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.कार्यालय बारा कलैयाको मिति ०३९।१०।२४ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. म निवेदकलाई विपक्षी दाजु गोपालप्रसाद श्रेष्ठले साविक जिल्ला बारा नगवा गा.पं.वार्ड नं. ८ को हाल पर्सा वीरगञ्ज नगर पंचायतअन्तर्गत पर्ने जग्गा विगहा ०–१–१० ऐ. कि.नं. ५१ को ज.वि.०–८–१० समेतका कित्ताहरू बकसपत्र रजिष्ट्रेशन मिति ०३७।४।१० मा पारित गरिदिई मेरो हक भोग भएको जग्गाको जोताहा मोही विपक्षी हरिलाल सा हुनुहुन्थ्यो । विपक्षी राजालालले उक्त जग्गा हरिलालबाट मोहियानीमा जोत्न कमाउन दिनु भएकोले मोही कायम गरिपाउँ भनी विपक्षी दाजु गोपालप्रसाद र हरिलाल समेतका उपर विपक्षी भू.सु.का.मा निवेदन दिनु भएकोमा विपक्षी दाजु गोपालप्रसादले आफ्ना नाउँको म्याद गुजारी बस्नु भएछ र विपक्षी हरिलालले वादी दावी स्वीकार गरी बयान गर्नु भएको आधारमा विपक्षी भू.सु.का.बाट विपक्षी राजालाललाई मोही कायम गर्ने ठहराई ०३९।१०।२४ मा निर्णय भएछ सो कुरा मलाई नबुझी निर्णय गरिएकोले थाहा हुन सकेको थिएन मिति ०४१।१।२४ मा निर्णयको नक्कल सारी लिंदा थाहा हुन आयो । ३. पर्सा जिल्ला अन्तर्गत पर्ने जग्गाको विषयमा उजूरी लिई किनारा गर्ने अधिकार बारा जिल्लाका भूमि सुधार अधिकारीलाई छैन । अधिकार क्षेत्रात्मक त्रुटि गरी भएको फैसला अ.बं.३५ नं.ले बदरभागी छ । विपक्षी राजालालले दावी लिएका जग्गाहरू मेरो नाउँमा दर्ता छन् सो दर्ता श्रेस्ता बुझिएको छैन र दर्तावाला निवेदकलाई निर्णय गर्नु अघि सफाइको मौका दिइएको छैन । मोहीले अर्को मोही राख्न कबूलियत गर्न पाउने अधिकार भूमिसम्बन्धी ऐनले दिएको छैन । भू.सं.ऐन, ०२१ को दफा २५(२), २६(१) र दफा २४ अनुसार जग्गावालासँग नै कबूलियत भएको हुनुपर्छ अतः मलाई नबुझी कुत कबूलियत प्रमाणको अभावमा मोही कायम गरेको भू.सु.का.बाराको मिति ०३९।१०।२४ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत ताराप्रसाद श्रेष्ठको मिति ०४१।१।२८ को रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई प