निर्णय नं. २४८१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४८१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/०३ १९१५ निर्णय नं. २४८१ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. २२१६ विषय : उत्प्रेषण । निवेदक :जिल्ला दाङ पवन नगर गा.पं.वडा नं.१ बस्ने जिवराम नेउपाने । विरुद्ध विपक्षी :उच्च स्तरीय समिति, दाङ । जिल्ला दाङ पवन नगर गा.पं.वडा नं.१ बस्ने टिकाराम थारु । आदेश भएको मिति:२०४२।८।३।२ मा एकपटक भई सकेको निर्णयमा सामान्य त्रुटि सच्याउने बाहेक पहिलेकोमा निर्णयमा नै असर पर्ने गरी निर्णय गर्न हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्दप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारका छ : २. जग्गा धनी कोलाराम नेउपाने भएको कि.नं.थाहा नभएको जग्गा पिता बुद्धिराज थारुको नाममा रहेको अस्थायी निस्सा बमोजिमको अन्दाजी ६ विगहा जग्गाको मोहियानी कायम गरिपाउँ भनी विपक्षी टिकाराम थारुले विपक्षी समितिमा निवेदन दिंदा पिताजीको मृत्यु भई सकेको छ हक खाने छोरा म समेत हुँ निजले २ विगहा जति जग्गा जोतेको छ निजले जोतेको जग्गामा नापी हुँदा मोहीमा नाम समेत लेखिएकोले निजले जोतेको जति कित्ता पत्ता लगाई मोहियानी छुट्याई पाउँ भन्ने मेरो बयान भएको थियो विपक्षी समितिले २०४०।९।२३ मा फैसला गर्दा विभिन्न १२ कित्तामा गरी २–५–१२ कठ्ठामा मोही हक पाउने फैसला गरेको जस्मा मेरो चित्त बुझेको छ । यस्तैमा पुनः विपक्षी कार्यालयले विपक्षीको बयान बमोजिमको भनी २०४०।१०।२३ मा गरेको निर्णय निम्न लेखिए बमोजिम गैरकानुनी छ, भनी उल्लेख गरेको छुः ३. सर्वप्रथम त दोस्रो २०४०।१०।२३ मा निर्णय गर्दा मलाई समेत बुझ्नु पर्नेमा सो कार्य भएको छैन । एकपटक समितिले त्यसै विवादमा मिति २०४०।९।१३ मा निर्णय गरी सकेपछि पुनः २०४०।१०।२३ मा निर्णय गर्न मिल्ने होइन अतः अधिकार क्षेत्रात्मक त्रुटि समितिबाट भएको छ । निर्णयमा सामान्य त्रुटिसम्म सच्याउन पाइने हो तर अगाडिको निर्णय उपर अलग विषय वस्तुको निर्णय गर्नु अथवा सच्याउन मिल्ने होइन २०४०।९।१३ को निर्णयलाई मोहीले स्वीकार नै गरी सकेको छ यस अवस्थामा पहिलो निर्णय भन्दा बढी जग्गामा मोही ठहर गर्न मिल्ने होइन मिति २०४०।१०।२३ मा भएको निर्णयमा प्रत्यर्थी मोहीले नै दावी लिन नसकेको जग्गामा मोही कायम हुने गरी फैसला भएको छ । अतः दावी भन्दा बढी जग्गामा प्रत्यर्थी समितिले मोही ठहर गर्न मिल्ने होइन । मैले नै जग्गाको लालपुर्जा लिन नसकेको अवस्थामा मालपोत कार्यालयबाट भएको निर्णय पछि मात्र निर्णय गर्नु पर्ने सो समेत भएको छैन । अतः विपक्षी समितिको निर्णयले निवेदकको संवैधानिक हक हितमा असर परेको र अन्य उपचारको अभावमा संविधानको धारा १६।७१ अन्तर्गत उक्त विपक्षी समितिको निर्णय उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी बदर गरिपाउँ भन्ने रिट निवेदन । ४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आए पछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको आदेश । ५. फिल्ड बुकमा मोही देखिएको क्षेत्रफलसम्ममा मोही जनाउने पूर्व निर्णय बमोजिम नै पर्चा खडा गरेकोलाई पुनः दोस्रो निर्णय गरेको भन्न मिल्दैन मोहीले आफूले कमाएको जग्गामा उजूर गर्न पाउने कानुनी हदम्याद रही नै रह