निर्णय नं. २४८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४८२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/०३ २०१२ निर्णय नं. २४८२ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १८७४ विषय : उत्प्रेषण । निवेदक :दाङ सौडियार गा.पं.वडा नं.४ बस्ने नुमाकान्त उपाध्याय । ऐ. बस्ने लक्ष्मण कुमार उपाध्याय । ऐ. बस्ने उमाकान्त उपाध्याय । विरुद्ध विपक्षी :उच्चस्तरीय समिति दाङ दाङ सौडियार गा.पं.वडा नं.४ बस्ने जंगबहादुर चौधरी । आदेश भएको मिति:२०४२।८।३।२ मा सरजमीनको भनाइको आधारलाई मात्र आधार बनाई विपक्षीलाई मोहियानी कायम गर्ने गरेको विपक्षी समितिको निर्णयमा भूमिसम्बन्धी ऐन र नियमावलीको त्रुटि भएको प्रष्ट देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश बस्ती विपक्षी तर्फबाट : विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्दप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. दाङ रावत गा.पं.वडा नं.७ कि.नं.३३, २८३, ७६ म उमाकान्त कि.नं. ७६ म उमाभक्त उपाध्याय कि.नं. २८६ म लक्ष्मणकुमारको नाममा दर्ता रही भोगचलन गरी आएका छौं । यस्तो हामीहरूको हक भोगमा रहेको जग्गालाई विपक्षीले आफूले इच्छाइएको कि.नं.३३ को ज.वि.२–६–८ मध्ये बीच तर्फको ज.वि. १–२–४ कि.नं.२८३ को ज.वि.२–१०–७ मध्ये बीचको ज.वि.०–१६–९ र कि.नं.२८६ र ७६ समुच्चा कित्ता आफूले २०२९ सालदेखि बीउ भिसूवा अधियाँ शर्तमा कमाएको हामीहरूले २०४० साल माघ देखि हटक गरेको भन्ने झुठ्ठो दावी लिई मोहियानी कायम गराई माग्न निवेदन दिनु भएछ र हामीलाई बुझ्दा विपक्षीले जग्गा कमाएको नहुँदा मन्जूर छैन भन्ने प्रतिवाद गरेको थिएनै यसैमा विपक्षी समितिले २०४०।१२।६ मा सरजमीन गराएको थियो र अधिकांश सरजमीनले उजूरवालाले जोतेको भनी बकी लेखी दिएको कारणले विवादित जग्गामा मोहियानी कायम गरिदिने ठहर्छ भन्ने निर्णय गर्नु भयो । जुन निर्णय निम्न लेखियानुसार गैरकानुनी हुँदा बदरभागी छ, भनी उल्लेख गरेको छु । ३. जिकिर : भूमिसम्बन्धी ऐनको दफा २५(क) को उपदफा (२) मा उजूरी लिँदा खेरी फछ्र्यौट गरुन्ज्यालसम्मको कार्यविधि तोकी दिएको प्रष्ट छ भूमिसम्बन्धी नियमावलीमा नयाँ संशोधन २०३९।२।३ मा जारी भयो । जसमा लगत प्रकाशित गर्नु पर्ने बाध्यात्मक कार्यविधिको वर्णन थियो यो व्यवस्था २०४१।६।८ मा जारी भएको संशोधनले मात्र खारेज गरेको छ र यो ऐनको भूतलक्षी असर भएको पाइँदैन । यस्तो स्थितिमा केवल सरजमीनको आधार मात्र लिई मोहियानी ठहर गर्न मिल्ने होइन । सरजमीनमा पनि संधियार सबैले यो जग्गा हामीले नै कमाएकोमा भनेका छन अन्य उनाउ व्यक्तिको बकाइलाई प्रमाणमा छाड्न मिल्ने होइन । विपक्षीले निवेदन दिंदा पनि केही जग्गा मात्र आफूले कमाएको र केही कित्ता हाम्रै भोगमा छ भनेका छन् जसबाट पनि मोहीको भनाई अवास्तविक भएको भन्ने प्रष्ट देखिकै छ । एउटै कित्ताको केही खण्ड विपक्षीलाई दिने र केही नदिने कारण अवस्था छैन । यसै प्रकार कि.नं. २८३ एउटै कित्ता विपक्षी सेतुराम, जंगराम, धनबहादुरले जोतेको भनी बेग्लाबेग्लै निवेदन दिइएको छ । यसप्रकार अस्वाभाविक भई आफूलाई जे जति जताबाट ईच्छा लाग्छन त्यतैबाट मोहियानी कायम गर्ने गरेको विपक्षी समितिको निर्णयमा अ.बं.१८४क., १८५, १८९ तथा प्रमाण ऐन, २०३१ को