निर्णय नं. २४८५ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४८५ - जग्गा खिचोला भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०५/११ २२४३ निर्णय नं. २४८५ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. ६५५ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.नगर पंचायतवडा नं.११ मंगलपण्डाछे बस्ने इन्द्रगोपाल श्रेष्ठ । विरुद्ध विपक्षी/वादी:ऐ. वडा नं. १८ पूर्ण चण्डी नलाटोल बस्ने प्रेम बहादुर श्रेष्ठ । ऐ.ऐ बसने वखत बहादुर श्रेष्ठ । फैसला भएको मिति:२०४२।५।११।५ मा वादीको नालेश जग्गा मिच्नेको १८ नं.को हदम्याद भित्र परेको नभई हदम्याद नघाई परेको देखिँदा त्यस्तो नालेश उजूरीबाट कारवाही गरी हेर्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाटःX विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ल.पु.जि.ल.पु.नगर पंचायतवार्ड नं.१८ बलाटोलको पूर्व कृष्णबहादुर, राधादेवीको केववारी समेत पश्चिम गल्ली बाटो र कृष्णबहादुरकै घर किलास उत्तर साझा चोक दक्षिण मुल बाटो यति ४ किल्ला भित्रको केववारीमा घर बनाउन पाउँ भनी ल.पु.नगर पंचायतमा नक्शा दर्खास्त दिएकोमा विपक्षी गंगामायाले मेरो हक भोगको घर भत्की पाताल भएको भनी र इन्द्र गोपालले बण्डापत्रबाट अंश भागमा परेको भनी उजूरी दर्खास्त दिएको हुँदा नगर पंचायतले तेरो मेरो देखिएकोले म्यादभित्र अदालतमा उजूर गर्न जानु अदालतबाट निर्णय भएबमोजिम पास हुनेछ भनी ०३५।२।१८।४ मा पर्चा गरी सुनाएकोमा कसैले पनि अदालतमा उजूर गर्न नगए तापनि मेरो दर्खास्तमा उजूर गरेपछि अदालत जानु पर्ने कर्तव्य पनि विपक्षकै थियो । तर माथि उल्लिखित ४ किल्ला भित्रको जग्गामा २०३६।२।१७ गते आई म प्रेमबहादुरको नाउँमा भएको धारा झिकी अनेत्र लगी राख्न यो जग्गा हाम्रो हो भनी विपक्षीले खिचोला गर्न आउनु भएकोले विवादित जग्गाको एकतिर सडक बाटो तिनतिर हामी र हाम्रो भैयाहरूको जग्गा भएको ठाउँमा विपक्षीहरूको हकको हुन नै नसक्ने यदि छ भने के कस्तो हामीबाट हक टुटाई लिएको कागज छ सो समेत देखाउन नसक्नुको अलावा उक्त जग्गाको शहरी क्षेत्र भित्रको जग्गा दर्ता ७ नं.फाँटवारी हाम्रो पिता जगतबहादुरले दाखिल गर्नु भएपछि उहाँको स्वर्गवास भएकोले हाम्रो हक हुन आएको रु. २००।– जाने जग्गा खिचोला गर्न आएकोले खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मेरो बुढामावली पट्टीको जिजु बज्यैबाट मेरो पिताजीको आमालाई शेषपछिको बकसपत्र दिई मानलक्ष्मीको मृत्युपछि अमृत वाणीको हक भई उहाँपछि मेरो पिताजीको भोगचलन भई १९९० को भुकम्पले पाताल हुन गएको जग्गामा मेरो पिता स्वर्गे भएपछि मिति ०२९।११।५।६ मा पास भएको अंशबण्डापत्रबाट हक भई भोगचलन गरी आएकोले आफ्नो जग्गामा खिचोला गर्न पर्ने अवस्थै नहुँदा निरर्थक दावाबाट फूर्सद पाउँ भन्ने समेत इन्द्रगोपाल श्रेष्ठको प्रतिउत्तरपत्र । ४. वादीले दावी लिएको ठाउँमा मेरी सासू अमृतवाणीले आफ्नी आमाबाट पाएको घर र सो घर देखि पूर्वपट्टि जोडिएको र सो साझा चोक देखि उत्तर पट्टि समेत पाताल केववारी थियो। सोही जग्गा मिति १९६०।६।।५ मा मेरी सासूकी आमाले २ दिदी बहिनी छोरीहरूलाई शेषपछिको बकसपत्र लेखी दिनु भएकोमा मानलक्ष्मी स्वर्गे भएपछि मे