निर्णय नं. २४८६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४८६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/१५ २२१५ निर्णय नं. २४८६ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १४४३ विषय : उत्प्रेषण । निवेदक :जिल्ला पाल्पा दर्छा गा.पं.वार्ड नं. ३ बस्ने उजीर सिंह राना । विरुद्ध विपक्षी :पाल्पा जिल्ला अदालत। पाल्पा जिल्ला अदालत तहसील फाँट । जिल्ला पाल्पा दर्छा गा.पं.वार्ड नं. ७ वर डाडा बस्ने रुद्र बहादुर राना मगर । जि.नवलपरासी रुचाङ गा.पं. वार्ड नं. ६ बस्ने इन्द्र सिंजाली । आदेश भएको मिति:२०४२।९।१५।२ मा अदालतले आवश्यक ठानेर नै लिलाम बिक्री गरेको देखिएकोले बाध्यात्मक रुपमा एउटै कित्ता जग्गालाई कित्ताफोड गरी आधामात्र लिलाम गर्नुपर्ने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान अधिवक्ता श्री शम्भु थापा उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. विपक्षी इन्द्रबहादुरले ०३९।११।१७ का अन्तिम फैसला बमोजिम बिगो रु. ९,०६५।८५ र कोर्ट फी रु. ३६८।४८ अन्य दस्तुर रु.७।– समेत भराई पाउँ भनी मेरो जेथा देखाई विपक्षी अदालतमा दर्खास्त दिनु भएछ । मेरो नामको ३५ दिने सूचना घर फेला नपरेकोले निजकी श्रीमती विष्णुकुमारीले बुझी लिएको भनी तामेल गराइएको रहेछ । मिति २०४०।८।१ मा मेरो जि.पाल्पा रामपुर गा.पं. वार्ड नं. ९ कि.नं. ३६८ को ज.रो. १४–१०–½ सीम खेतको पञ्च कीर्ते मोल रु. २२,०००।– पर्ने भनी मुचुल्का गरिएछ । २०४१।९।२८ मा लिलाम बढाबढ हुँदा रु. २२,७५१।– मा विपक्षी रुद्रबहादुर राना मगरले सकार गरी लिएकोले रु. १०,०३८।०३ वादीलाई बुझाई बढी हुन आएको रु.१२,७१३।– प्रतिवादीलाई फिर्ता दिन धरौट राख्ने सकार गर्ने रुद्रबहादुरलाई पुर्जी गरिदिने भनी आदेश भएछ । सो कुरा थाहा पाई जि.अ.मा उजूरगर्दा द.सं.को ६१ नं.को म्यादभित्र उजूर नपरेको भनी कुनैबिचार गरिएन । लुम्बिनी अञ्चल अदालतमा अ.बं.१७ नं.बमोजिम निवेदन दिँदा कानुन बमोजिम गर्नु भन्ने आदेश भयो । ३. मेरो नाममा तामेल भएको भनिएको म्यादमा मेरो वार्डका पञ्च सदस्य राखिएको छैन । लिलाम गर्दा अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८ को कार्यविधि पूरा भएको छैन । स्थानीय पत्र पत्रिकामा सूचना प्रकाशित भएको छैन । पञ्च कृते मोल कायम गर्दा मेरो जग्गाको रु. २२,०००।– कायम भएको छ । करिब १०,०३८।०३ को लागि दोब्बर मोल पर्ने सम्पत्ति पूरै लिलाम गरिएको छ । असूल गर्न आवश्यक पर्ने जति मात्र लिलाम हुनु पर्ने हो तसर्थ विपक्षी पाल्पा जि.अ.तहसील फाँटबाट मिति २०४०।९।२८ मा गरिएको लिलामी मुचुल्का तथा तत्सम्बन्धी कार्यवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन । ४. निवेदकका नामको म्याद २०४०।३।७।३ मा अ.बं. ११० नं. को रीतपूर्वक स्थानीय पञ्चायत वार्ड नं.६ का सदस्य शोभाकान्त पोखरेलको रोहवरमा तामेल भएको छ । पत्र पत्रिकामा सूचना प्रकाशित गर्नु पर्ने भन्ने जिकिरको हकमा यथासम्भव प्रकाशित गर्ने कानुनी व्यवस्था भएको तर बजेट व्यवस्था र सो ठाउँमा पत्रिकाको अनियमितताले गर्दा प्रकाशित गरिएको हो । तर विभिन्न स्थानमा सूचना टाँसिएको थियो । रु. २२,