निर्णय नं. २४९० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४९० - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/२५ २१०१ निर्णय नं. २४९० ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. ५३३–५०० मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: बाल कुमारी खड्काको जाहेरीले श्री ५ को सरकार । विरुद्ध पुनरावेदक/प्रतिवादी:ग.अं.कास्की जिल्ला पो.नगर पंचायतवडा नं.१६ बस्ने बाबुराम सार्की । फैसला भएको मिति:२०४२।९।२५।५ मा मृतकलाई तत्काल उठेको रीस थाम्न नसकी सिमेन्ट लगाउने नोलले हिर्काई सोही चोटबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुने । (प्रकरण नं. १६) पुनरावेदक, वादी तर्फबाट: विद्वान मुख्य–न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री साम बहादुर बोगटी उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०३९।८।१ गते राती बाबुराम सार्कीसँग झगडा भई हात हालाहाल भएको र सोही राती ३ बजे निजकै घर नजिक छोरा वीरबहादुर गंभीर घाइते भएको देखी पोखरा अस्पतालमा लगेकोमा सोही रात ४.३० बजे बाबुरामकै चोटबाट मृत्यु भएकोले कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको बालकुमारीको खड्काको जाहेरी दर्खास्त । ३. लासको दुवै आँखा बन्द भएको टाउकोको आडमा नसुकेको रगतको भल भएको बायाँ घाँटीदेखि कानसम्म ४” लामो लाठाले हाने जस्तो घाउ डाम भएको, टुप्पीनेर १ अंगुल गहिराई ४ अंगुल लम्बाइको खप्परको हाड देखिने घाउ भएका भन्ने समेत व्यहोराको ०३९।८।२ को लास प्रकृति मुचुल्का । ४. ०३९।८।१ गते बेलुका जगत बहादुरको घरमा म समेत बसी रहेका बखत भैलो खेल्ने केटाकेटी आई रु.१ दिई पठाएपछि पुनः ११ बजे वीरबहादुर समेत आए अघिकै केटाकेटी रहेछन् भन्ने कुरा हुँदा वीरबहादुर भित्र पसी मलाई कन्चटमा हिर्काए । त्यसपछि घरमा गएँ । राती ३ बजे तिर वीरबहादुर मेरो घर नजिक आई बाहिर निस्की चमारे भनी कराएबाट सिमेन्ट लाउने नोल समाई तगारोनेर आइपुग्दा मलाई वीरबहादुले सडकतिर तानेको हुँदा सो नोलले हिर्काए। टाउकोबाट रगत बग्न थाल्यो म भित्र गई बसेँ । मरेको कुरा आज बिहान सुनेको भन्ने समेत व्यहोराको बाबुराम सार्कीको प्रहरीमा भएको कागज । ५. धार भएको हतियारबाट टाउकोमा चोट लाग्नाले गिदीमा क्षती पुगी अत्याधिक रगत बग्नाले मृत्यु भएको भन्ने व्यहोराको लाश जाँचको रिपोर्ट । ६. बाबुराम सार्कीले कुटपीट गरेको चोटबाट वीरबहादुरको मृत्यु भएका हुन सक्छ भन्ने समेतको देवका सार्कीनीले जि.प्र.का.मा गरेको कागज । ७. वीरबहादुरलाई बाबुरामले सिमेन्ट लगाउने नोलले हिर्काई मरेका हुन् भन्ने समेत व्यहोराको एकै मिलानको सरजमीन मुचुल्का । ८. बाबुराम सार्कीलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिमको सजायँको माग गरिएको प्रहरी प्रतिवेदन दावी । ९. ०३९।८।१ गते वीरबहादुर समेत भैलो खेल्दै आएकोमा अघि पनि आएको भनी भित्रबाट भन्दा वीरबहादुरले भित्र आई कुटी घर आई सुतेपछि २–३ बजेको समयमा ए भगुवा चोर अघि भागेर हिंडिस् भने बाट खाटमुनी राखेको नोल हातमा लिई बाहिर निस्केपछि निजले मलाई समात्यो मैले पनि सोही नोलले २ पटक हाने वीरबहादुर थुचुक्क बस्यो म भित्र पसी सुतेँ भोलि पल्ट निजको मृत्यु भएको सुनेँ, मेरो चोटबाट मृत्यु भएको हो सजायँ भोग्न तयार छु भ