निर्णय नं. २४९१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४९१ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/२६ २६६२ निर्णय नं. २४९१ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको फौ.सा.नं. ९५ मुद्दा : कर्तव्य ज्यान । वादी:टिकाराम वलीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी:जि.रुकुम पेउघा गा.पं.वार्ड नं.१ घोलाङ बस्ने विष्णु कुमार पुन । ऐ.ऐ बस्ने भूपाल सिंह पुन । ऐ.वार्ड न.५ माथी गारु बस्ने हरि बहादुर विष्ट मगर(पहाडी) । ऐ.ऐ बस्ने पहल बहादुर विष्ट मगर । फैसला भएको मिति:२०४२।८।२६।४ मा निश्चयात्मक सबूद प्रमाणको अभावमा केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २७) प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल वादी तर्फबाटःविद्वान का.मु.सह-न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. ०३९ कार्तिक १७ गते मेला हेर्न बुदे खड्का र भाइ दिपाराम गएका र दोकानमा सामान किनी रहेका बखत हरिबहादुर विष्ट, विष्णुकुमार, पहलबहादुर र भूपाल समेतले बुदे खड्कालाई कुटपीट गर्दा दिपारामले छेक्दा बुदे खड्का भागी बचेछ । भाइलाई कुटपीट गरी लखेटेको भन्ने बुदेबाट थाहा भयो । ऐ.१८ गतेसम्म भाइ घरमा नआएकोले खोजी गर्दा १९ गते लास फेला परेकोले जाहेर गर्न आएको छु । उपरोक्त विपक्षीहरूलाई कारवाही गरी सजायँ गरिपाउँ भन्ने समेत ०३८।७।२१ को जाहेरी दर्खास्त । ३. प्र.हरिबहादुर समेतले दोकानमा मलाई कुटपीट गर्दा दिपारामले छुट्याएको र बैनी समेतले मलाई घरतर्फ लैजान लाग्दा दिपारामलाई निजहरू जना ४ ले लखेट्दै मुंरुको जंगलतर्फ लगेका हुन् दिपारामलाई निज हरिबहादुर समेत जना ४ ले कर्तव्य गरी मारेका हुन भन्ने समेत बुदे खड्काले प्रहरीमा गरेको कागज । ४. मृतक दिपारामलाई हरिबहादुर समेत जना ४ ले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत बुदे खड्काले बहिनी रेवती खड्काले प्रहरीमा गरेको कागज । ५. १५ गज जति पहिराको तल जंगलको बीचमा दिपारामको लाश रहेको, लाश किरा परी सुनिएको, निलो भएको, बायाँ छातीमा दूधको नजिक ५ इन्च लम्बाई र २ इन्च चौडाई भएको कुनै वजनदार लठ्ठी ढुंगाले हानी चोट परेको, धर्के कट्टु लाएको, लिङ्ग बाहिर तानिएको भन्ने समेत ०३८।७।२३ को लाश प्रकृति मुचुल्का । ६. कार्तिक १७ गते मेला हेर्न गएको थिएँ । उक्त दिन दोकानमा झगडा भएको पनि होइन मैले निजलाई मारेको पनि होइन भन्ने समेत प्र.भुपाल सिंह र प्र.विष्णुकुमारले प्रहरीमा गरेको पृथक–पृथक बयान कागज । ७. २०३८।७।१७ गते झुल्नेटाको मेलामा हरिबहादुर समेतले बुदे खड्कालाई कुटपीट गर्दा दिपारामले छुट्याएको र दिपारामलाई हरिबहादुर समेतले लखेट्दै जंगलतर्फ लगेका हुन् । दिपारामलाई जाहेरीमा लेखिएका हरिबहादुर समेत जना ४ ले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत ०३८।७।२६ को सरजमीन मुचुल्का । ८. २०३।७।१७ गते झुल्नेटा मेलामा गएको थिएँ । तर सुरेशको दोकानमा झगडा भएको र दिपारामलाई मारेको होइन भन्ने समेत प्र.पहलबहादुर र प्र.हरीबहादुरले प्रहरीमा गरेको पृथक–पृथक बयान कागज । ९. प्र.हरिबहादुर, विष्णुकुमार, पहलबहादुर भूपाल सिंहले मृतक दिपारामलाई कर्तव्य गरी मारेको देखिएकोले निजहरूलाई ज्यानसम्बन्धी १३(१) नं.बमोजि