निर्णय नं. २४९२ - मिलापत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४९२ - मिलापत्र बदर भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/०९ २५७१ निर्णय नं. २४९२ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.फु.नं.६५८ मुद्दा : मिलापत्र बदर । पुनरावेदक/वादी:का.जि.का.नं.प.वार्ड नं. १४ बस्ने दिलमाया महर्जन। ऐ.ऐ बस्ने अहिल्या महर्जन । अहिल्याका छोरा ऐ. को संरक्षणमा रहेको प्रतिभक्त महर्जन । ऐ. को छोरा ऐ. मा रहेको सूर्यभक्त महर्जन । ऐ.ऐ बस्ने दिल बहादुर महर्जन । विरुद्ध विपक्षी/प्रतिवादी:का.जि.का.नगर पंचायतवार्ड नं.१४ बस्ने सिद्धि बहादुर महर्जन । ऐ.वार्ड नं. १३ बस्ने नारायण भक्त महर्जन । फैसला भएको मिति:२०४२।९।९।२८ मा सगोलमा रहे बसेको जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबा : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री कमलनारायण दास उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. विपक्षी सिद्धिबहादुरसँग २०२५।११।२६ मा अंशबण्डा भई बेग्लै बसेको र सगोलमै बसी आएका बखत नारायण भक्तका नाउँमा दर्ता भएको का.जि.कालिपाटी गा.पं. वार्ड नं. ७(ख) को कि.नं. ८ को जग्गा रोपनी ३–१२–० सगोलमा भोग गरी आएका थियांै, उक्त जग्गा मध्ये विपक्षी सिद्धिबहादुरले १२६० वर्ग फीट जग्गा मिची घर बनाउन लागेकोमा विपक्षी नारायणभक्तको नाउँबाट म दिलबहादुरले अधिकृत वारेशनामा लिई का.जि.अ.मा सिद्धिबहादुर उपर पर्खाल खिचोलामा मुद्दा दायर गरेकोमा का.जि.अ.बाट हराई फैसला भएकोमा मध्यमाञ्चल क्षेत्रिय अ..मा हाम्रो पुनरावेदन परी झ.झि.भई कारवाही चली रहेकोमा परिवार परिवार सदस्यलाई थाहा नदिई विपक्षी नारायण र सिद्धिबहादुरले ०३८।२।१८ मा मिलापत्र गरेछन् । मेरा नाउँको अधिकृत वारेशनामा खारेज पनि नगरेको र हाम्रो सगोलको सम्पत्तिमा आघात परेकोले उक्त मिलापत्र बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. अ.बं. ८२ ले वादीलाई नालेश गर्न हकदैया छैन । नारायणभक्तले निजी रुपमा पाएको भन्ने भएपछि निजले गरेको मिलापत्रबाट अरुको हक जाने हैन । फैसला बदरमा दावी छैन । अतः दावी खारेज गरिपाउँ भन्ने समेत सिद्धिबहादुरको प्रतिउत्तर । ४. नारायण भक्तबाट प्रतिउत्तर नपरी म्याद गुजारी बसेको । ५. सगोलमा भएको व्यक्तिले मिलापत्रमा जानकारी पाउनु पर्नेमा थाहा पाइन भन्न मिल्ने अवस्था नदेखिएबाट म्यादभित्र फिराद दायर भएको मान्न मिलेन । तसर्थ वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत का.जि. अ.को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन उल्टाई दावी बमोजिम गरिपाउँ भन्ने समेतको दिलमाया महर्जन समेतको बा.अं.अ.मा परेको पुनरावेदन । ७. का.जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको बा.अं.अ.को फैसला । ८. मलाई थाहा नै नदिई मिलापत्र गरेको र वादी दावीभन्दा बढी जग्गामा मिलापत्र गरेको हुँदा बा.अं.अ.को फैसला एकपटक मध्यमाञ्चल क्षेत्रिय अ..बाट दोहराई हेरी दिने प्रमांगी पाउँ भनी दिलबहादुरले दिएको बिन्ती पत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी मध्यमाञ्चल क्षेत्रिय अ..का नाउँमा हु.प्र. भएको । ९. शुरु का