निर्णय नं. २४९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०७/१५ २२११ निर्णय नं. २४९५ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १७६८ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :का.जि.का.नगर पंचायतवडा नं.२९ ठमेल बस्ने कृष्ण प्रसाद खतिवडा । विरुद्ध विपक्षी :का.जि.का.नगर पंचायत डिल्लीबजार स्थित भूमि सुधार कार्यालय काठमाडौं । का.जि.का.नगर पंचायत वडा नं.१० बानेश्वर बस्ने शारदा लुइटेल । ऐ.ऐ २ लाजिम्पाट बस्ने शरिजा शर्मा । ऐ.ऐ ३२ मैती फाँट बस्ने चिनु रिमाल । ऐ.ऐ कमला घिमिरे । ऐ.ऐ ३३ धोबी धारा बस्ने तारा भन्ने रमा देवकोटा । ऐ.ऐ नक्साल बस्ने बाबा पोखरेल । ऐ.ऐ २९ ठमेल बस्ने शान्ता भन्ने तारा काफ्ले । आदेश भएको मिति:०४२।७।१५।५ मा निवेदकले आफ्नो हक कायम गराई ल्याएका बखत भूमि सुधार कार्यालयको निर्णयले कुनै बाधा नपर्ने हुँदा यस स्थितिमा भूमि सुधार कार्यालयको निर्णयलाई त्रुटिपूर्ण भई अधिकारक्षेत्र भित्र नाघि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट :विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री सुसिलकुमार सिन्हा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी भूमि सुधार कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०४०।८।२२।५ मा दर्ता भएको रहेछ । २. का.नगर पंचायतवडा नं.२१ हाल परिवर्तित वडा नं. २९ कि.नं.१३७ को जग्गा रोपनी ०–१२–०१ मा म मोही भएको र मोहीको जग्गामा बनेको घरले चर्चेको जग्गा मैले १९९२ सालमा द्वारिका नाथलाई बिक्री गरेको र सो घर समेत २००८ सालमा मेरो सगोलको भाइ मुक्तिनाथले खरीद गरी सगोल मै उपभोग गरी आएको थियो । ०१५ सालमा भाइ मुक्तिनाथ परलोक भएपछि हामी सगोल भनी बसी आएको समयमा भाइ बुहारी हेमकुमारीको देहावसान भयो । सो घर जग्गा म्हैपी गुठीको भएकोले म्हैपी गुठीलाई एकमुरी अक्षता बुझाई भोगचलन गरी रहेकै बखत नाप जाँच हुँदा विपक्षी मध्येकी शारदाको नाउँमा समेत मोहियानी दर्ता भएकोले मेरो उजूरी परी भू.सु.का.बाट कारवाही हुँदा अंशबण्डाको अभावमा मेरो समेत हक कायम गरी मोहियानी दर्ता गर्न भू.सु.अ.को मिति २०३७।१०।७ मा निर्णय फैसला भएको थियो । उक्त फैसला उपर विपक्षी सातजनाको सम्मानीत अदालतमा निवेदन पर्दा हक बेहकको पक्ष उपस्थित हुन आएकोमा अदालतबाट सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गराउनु पर्ने विषयमा भू.सु.अ.अफिसले सबूद प्रमाणको मूल्याकंन गरी अंशबण्डा भएको छ छैन भन्ने कुराको समेत निर्णय गरेको अधिकार क्षेत्रविहीन देखिन आउँछ तसर्थ उत्प्रेषणको आदेश बदर हुने ठहर्छ भन्ने मिति २०३८।९।२३।५ मा सम्मानीत अदालतबाट उत्प्रेषणको आदेश भएको थियो त्यसपछि प्रत्यर्थीहरू ७ जनाको नाउँमा मात्र मोहिया कायम गरिपाउँ भन्ने व्यहोराको निवेदन जि.भू.सु.का.मा परेछ । प्रतिवाद बयानमा अंश नछुट्टिएको घर जग्गा हुँदा मेरो समेत संयुक्त स्वामित्वको घर जग्गा हो भन्ने मेरो जिकिर थियो । ००८ सालको राजीनामाबाट मुक्तिनाथले घर जग्गा किनेको लिखितबाट देखिँदा शारदा समेत ७ जनाको नाममा संयुक्त मोही कायम गरी दिने । सर्वप्रथम सर्वोच्च अदालतबाट मिति २०३८।९।२३ मा जुन विषय वस्तु हक बेहकको सबूद प