निर्णय नं. २४९६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४९६ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/०४ २६४५ निर्णय नं. २४९६ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं.४६३ फौ.सा.नं.१४७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:तनहुं जिल्ला पूर्कोट गा.पं. वडा नं.१ अर्चले घर भै हाल जि.का.कारागार शाखा कास्कीमा थुनामा रहेका दल बहादुर गुरुङ । विरुद्ध विपक्षी/वादी:विष्णुमाया गुरुङको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।८।४।६ मा मार्नु पर्ने सम्मको इवी लगाव र मनसाय समेत नदेखिएकोले ज्या.सं.का १३(३) बमोजिम हदै सम्म सजायँ गर्दा चर्को हुन जाने देखिएकोले क्षेत्रीय अदालतको राय मुताविक अभियुक्तलाई अ.बं.१८८ नं.बमोजिम तजिवीजी कैद वर्ष १० (दश) हुने । (प्रकरण नं. १५) पुनरावेदक,प्रतिवादी तर्फबाटःX विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी यस अदालतमा मिति ०४१।५।५।३ मा दर्ता हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् । २. ०३८।१२।९ गते लोग्ने दलबहादुर बिहान बाहिर घुम्न गई दिनको ५ बजेको समयमा घर आई सुतेको छोरी तुलमायालाई उठाई आमा छोरीलाई काटेर भोग दिन्छु भन्दै खुकुरी देखाउने र लाठी मुड्कीले आमा छोरी दुवैलाई हिर्काई पछार्ने गरेको र नजिक गाउँ पनि नभएकोबाट गुहार पाइन, बच्चीलाई पोल्न थाल्दा मेरो लुंगी पनि पोलियो र दवाई गर्न तुरतुरे जाउँ भनी भनेकोले हिंड्दा छोरीलाई एक्कासी हिर्काए र मलाई पनि हिर्काए, बच्चीलाई भुईमा पछारे म बेहोस् भएको भोलि पल्ट छोरीको मृत लास देखिएकोले जाहेर गरेको छ भन्ने आमा विष्णुमाया गुरुङको जाहेरी दर्खास्त । ३. ०३८।१०।९ गते बिहान तुरतुरे बजारमा फुपूको भट्टीमा खाना खाई, रक्सी पिई घरमा जाँदा स्वास्नी विष्णुमायालाई छोरीको औषधी गर्न तुरतुरे जाउँ भनी गएको खूर्पानुङटारमा स्वास्नी छोरीलाई चिया बिस्कूट दिई म रक्सी खाई उठ्दा स्वास्नी छोरीलाई देखिन, घर गई होली भनी घरमा आउँदा घरमा पनि देखिन, म ढिकीमा सुती उठ्दा प्रहरीले पक्राउ गरे मेरा कपडामा रगत कसरी लाग्यो थाहा छैन । टुक्रीएको छोरीको लासलाई मैले टुक्रा–टुक्रा गरी Çयाँकेको होइन भन्ने समेत दलबहादुर गुरुङले प्रहरीमा गरेको कागज । ४. दलबहादुरले छोरी तलमायालाई मारी टुक्रा पारी फालेको हो किन मार्‍यो थाहा छैन भन्ने समेत सरजमीनको मुचुल्का । ५. मार्ने अपराधिक मनसाय राखी अपराध गरेको देखिन आएकोले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम दलबहादुर गुरुङ उपर सजायँ गरिपाउँ भन्ने मिति ०३८।११।३।१ को प्रहरी प्रतिवेदन । ६. छोरी तलमायालाई दवाई गर्न स्वास्नी सहित तुरतुरे गएको रामबहादुरको होटलमा चिया बिस्कुट किनी दिएको मैले रक्सी खान लाग्दा स्वास्नी छोरी थिएनन् घर गए होलान् भनी घर गएँ घरमा पनि नहुँदा रामबहादुर कहाँ फर्किंदा रामबहादुरले मलाई बाँधे २ घण्टापछि प्रहरी आई छोरीको लास भएको ठाउँमा लगे छोरीलाई मैले मारेको होइन मेरो स्वास्नीसित मेलमिलाप थिएन । जाहेरी झुठ्ठा हो भन्ने समेत दलबहादुरले अदालतमा गरेको बयान । ७. छोरीलाई दवाई गर्न तुरतुरे जाउँ भन्दा गएकी र छोरीलाई पिटे मलाई घुस्सा हानेकोले व्यहोस भएछु, पोलिएको टुक्रा–टुक्रा भएका छोरीको लास दलबहादुरले नै कर्तव्य गरी मारेको भन्ने जाहेरवाला विष्णुमायाको बकपत्र । ८. छोरीलाई मुक्का दिएकोले