निर्णय नं. २४९७ - उत्प्रेषणाको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४९७ - उत्प्रेषणाको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/०५ २४९७ निर्णय नं. २४९७ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं.२०५६ विषय : उत्प्रेषणाको आदेश जारी गरिपाउँ । निवेदक :जि.धनुषा जनकपुर नगर पंचायतवार्ड नं.४ बस्ने पुरुषोतम शर्मा । विरुद्ध विपक्षी :जनकपुर नगर पञ्चायत कार्यालय, धनुषा। धनुषा जिल्ला पंचायत कार्यालय । न्याय समिति धनुषा जि.पं.कार्यालय । न्याय समितिको अध्यक्ष दिनकर यादव जि.पं.का.धनुषा । जि.धनुषा जनकपुर नगर पंचायतवडा नं.वडा नं.४ बस्ने शिवनाथ शाह कलवार । ऐ.ऐ बस्ने रामकुमार कलवर । आदेश भएको मिति:२०४२।९।५।६ मा जिल्ला पञ्चायत सचिवालय धनुषाले मुद्दामा किनारा नलागेसम्म कुनै कारवाई नगर्नु भनी लेखेको निवेदन पत्रबाट निवेदकको कुनै हक हनन् भएको नदेखिने । (प्रकरण नं. १२) आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०४०।१२।६ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन्ः निवेदकले जनकपुर नगर पञ्चायत कार्यालयमा मिति २०४०।७।१० मा घर बनाउन भनी आवश्यक सबै व्यहोरा खुलाई दस्तुर समेत बुझाई निस्सा सहित रीत पूर्वकको निवेदनद्वारा नक्शा पास होस् भनी निवेदन दर्ता गराए पछि म्यादभित्र कसैको उजूरी नपरेकोले ०४०।७।११।६ मा सूचना समेत जारी भएको छ । त्यसरी म्यादभित्र कसैको उजूरी नपरेपछि नगर पञ्चायत ऐन, २०१९ को दफा ४८ बमोजिमको प्रकृया पुरा गरी निवेदकको नक्शा पास गरिदिनुपर्नेमा जि.पं.का. धनुषाबाट ०४०।८।२० मा नक्शा पास सम्बन्धी कुनै पनि कारवाही नचलाउनु भनी आदेश प्राप्त भएकोले सरजमीन गर्ने आदेश समेत रोक्का हुन्छ भनी निवेदकलाई जनकपुर नगर पंचायतबाट मौखिक जानकारी दिइयो । निवेदकलाई कुनै जानकारी नदिई नबुझी नझिकाई एकतर्फी सजायँ के कस्तो रुपमा निवेदकको हक हितमा आघात पर्ने गरी धनुषा जि.पं.बाट आदेश भएको रहेछ भनी उक्त कार्यालयमा बुझ्न जाँदा कुनै जानकारी दिन मिल्दैन भनी मौखिक जवाफ दिइयो । तत्पश्चात धनुषा नगर पंचायतसँग मेरो नक्शा पासको कारवाही गर्न नमिल्ने लिखित कारण दिनु होस् भनी माग गर्दा ०४०।।२० मा निवेदकको नक्शा पास सम्बन्धमा कार्यवाही नचलाउन भनी जि.पं.कार्यालय धनुषाबाट लेखी आएको पत्र देखाइयो । ३. ०४०।८।२० को आदेशको नक्कल सारी हेर्दा विपक्ष विश्वनाथ साहकलवारले अघि म समेत ५ जनाको विरुद्धमा जनकपुर नगर पञ्चायतमा झ्याल खोलाई पाउँ भनी दिएको निवेदनमा ०४०।७।१० मा नगर पञ्चायतबाट भएको निर्णय उपर धनुषा जि.पं.मा पुनरावेदन दिएको र त्यसमा मिसिल झिकाउने आदेश भए तापनि मलाई झिकाउने वा बुझ्ने आदेश भएको छैन । यसै बीच ०४०।८।१९ मा उक्त पुनरावेदन मुद्दासित कुनै सरोकार नभएको रामकुमार शाह कलवारले मुद्दा चल्दा चल्दैमा निवेदकको नक्शा पास रोक्का गरिपाउँ भनी दिइएको निवेदनका आधारमा न्याय समितिका अध्यक्ष दिनकर यादवले यस सम्बन्धमा मुद्दाको किनारा नलागेसम्म कुनै किसिमको कारवाही नगर्न भनी ठाडो आदेश दिनु भएको कारणले निवेदकको नक्शा पास गर्ने काम रोकिएको व्यहोरा अवगत हुन आयो । प्रत्यर्थीहरूले उपरोक्त बमोजिम चलाएको सम्पूर्ण कार्यवाही तथा न्याय समितिको अध्यक्षको ०४०।८।२० को कारवाही नगर्नु भन्ने आदेश समेत गैरकानुनी एवं अनधिका