निर्णय नं. २४९८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४९८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/१२ २४६४ निर्णय नं. २४९८ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. १२३९ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :जिल्ला पाल्पा हुमिन गा.पं.वडा नं. ८ मासीडाँडा बस्ने रामचन्द्र बस्नेत । विरुद्ध विपक्षी : लोक सेवा आयोग केन्द्रीय कार्यालय,कमलपोखरी,काठमाडौं । परीक्षा एवं सिफारिश महाशाखा,अ.तथा शि.शाखा ऐ.ऐ । सामान्य प्रशासन मन्त्रालय,हरिहर भवन,ललितपुर । मन्त्री परिषद् सचिवालय श्री ५ को सरकार सिंहदरवार । जिल्ला लमजुङ वाहुन डांडा गा.पं.वडा नं.५ बस्ने कृष्ण चन्द्र घिमिरे । जिल्ला गोरखा,गोरखकाली गा.पं. वडा नं. ४ बस्ने शंकर अर्याल । जिल्ला झापा धुलाबारी गा.पं. वडा नं.६ बस्ने लोक प्रसाद आचार्य । जिल्ला अर्घाखांची हंसपुर गा.पं. वडा नं. ७ बस्ने खुमराज पुजाली । जिल्ला पर्वत,कुलेवास देवी स्थान गा.पं. वडा नं. ६ बस्ने सीताराम रेग्मी । जिल्ला लमजुङ,चन्द्रेश्वर दुराडांडा गा.पं. वडा.नं.४ बस्ने सुरेशमान श्रेष्ठ । जिल्ला तनहूँ ,दमौली गा.पं.वडा नं. ४ बस्ने बुद्धीनाथ भट्टराई । ऐ. भानु गा.पं.वडा नं. २ बस्ने विनोद प्रसाद आचार्य । जिल्ला सुनसरी,ईनरुवा गा.पं.वडा नं.२ बस्ने खेमराज भट्टराई । जिल्ला स्यांङजा दह्रथुम गा.पं.वडा नं.९ बस्ने जनकराज पौडेल । जिल्ला खोटाङ,लामीडांडा गा.पं.वडा नं.७ बस्ने रोहित कुमार भट्टराई । जिल्ला काठमाडौं का.नगर पंचायतवडा नं.१६ बस्ने शंखर कोइराला । जिल्ला पर्वत,विहारी रानीपानी गा.पं. वडा नं.२ बस्ने भवानी प्रसाद पराजुली । जिल्ला झापा चन्द्रगढी गा.पं.वडा नं.३ बस्ने खेचर प्रसाद खानल । जिल्ला सुनसरी,औरावनी गा.पं.वडा नं.५ बस्ने मनोज कुमार श्रेष्ठ । जिल्ला भक्तपुर,झौखेल गा.पं.वडा नं.४ बस्ने हरिराम न्यौपाने । जिल्ला चितवन,भरतपुर नगर पंचायतवडा नं.७ बस्ने ताना गौतम(तारानाथ)। ऐ. रत्न नगर गा.पं. वडा नं.२ बस्ने भगवान श्रेष्ठ । जिल्ला काठमाडौं,का.नगर पंचायतवडा नं.बस्ने जनार्दन प्रसाद त्रिपाठी । जिल्ला पाल्पा,करचहा गा.पं. वडा नं. ३ बस्ने सागरमणी पराजुली । जिल्ला रामेछाप,सांघार गा.पं.वडा नं.१ बस्ने विनोद भौकाजी । आदेश भएको मिति:२०४२।९।१२।६ मा डिप्लोमाको प्रथम श्रेणीको २४ अंक नदिई डि.पी.ए.तेस्रो श्रेणी वापतको १६ अंक मात्र प्रदान गरेको देखिन आएकोले निवेदकले पाउने डिप्लोमाको प्रथम श्रेणीको २४ अंक दिई सो अंक दिइँदा लोकसेवा आयोगको प्रकाशित सिफारिश सूचीमा समावेश भएका सफल उम्मेदवारहरू मध्ये कसैले प्राप्त गरेको अंक भन्दा निवेदकको अंक बढी हुन गई असर पर्ने रहेछ भने सो असर पर्ने व्यक्तिको हकमा सम्म आयोगको उक्त सिफारिश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिरामकुमार र विद्वान अधिवक्ता श्री सीताराम तिवारी उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा १६,७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. लोक सेवा आयोगबाट प्रकाशित वर्ष १ अंक २० मिति २०४०।५।२२ को बुलेटिनमा माग गरिएको शाखा अधिकृत (रा.प.तृ.) पदको खुल्ला प्