निर्णय नं. २४९९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४९९ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०६/१७ २३९७ निर्णय नं. २४९९ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०४१ सालको रिट नं.१६०८ विषय : उत्प्रेषण । निवेदक :जि.दाङ हरपुर गा.पं. वडा नं. ३ कृष्णपुर बस्ने दामोदर गौतम । ऐ.ऐ बस्ने राम प्रसाद अधिकारी । ऐ.ऐ बस्ने डिल्लीराज उपाध्याय । विरुद्ध विपक्षी :जिल्ला पञ्चायत न्याय समिति, जिल्ला पञ्चायत सचिवालय, दाङ घोराही । गाउं पञ्चायत न्याय समिति,हरपुर गाउँ पञ्चायत कार्यालय हरपुर बिजौरी,दाङ । जि.दाङ नारायणपुर गा.पं. वडा नं.१ अर्घु बस्ने नारायण तरताल । ऐ.ऐ बस्ने कुलबीर चौधरी । ऐ.ऐ बस्ने डिल्लीराज उपाध्याय । जि.दाङ हरपुर गा.पं.वडा नं.४ बिजौरी बस्ने माधव न्यौपाने । दाङ नारायणपुर गा.पं.वडा नं.१ अर्घु बस्ने काशिराज शर्मा । आदेश भएको मिति:०४२।६।१७।५ मा कुलो पानी हापुर गा.पं.को क्षेत्रमा मात्र सीमित रहेको नदेखिँदा गा.पं.ऐन, २०१८ को दफा ४१(१)(ज) ले गा.पं.न्याय समितिले निर्णय गर्न पाउने अधिकार भएको नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ । २. जि.दाङ हापुर गा.पं.वडा नं.३ अन्तर्गत पर्ने कृष्णपुर भन्ने हाम्रो मौजा र जिल्ला दाङ नारायणपुर गा.पं.अन्तर्गत पर्ने अर्घु भन्ने विपक्षी नं.३ देखि ७ सम्मका मौजा अलग–अलग हुन् । उक्त हाम्रो कृष्णपुर मौजाको करीब ३२।३३ विगहा जमीनको सिंचाई कृष्णपुर मौजादेखि उत्तरतर्फको भमई खोल्सामा बाँध बाँधी त्यहाँदेखि कुलोबाट पानी ल्याई दक्षिणतर्फको हाम्रो कृष्णपुर मौजाको खेतमा मात्र साविक सनातनदेखि पानी पठाउने गरी आएको उक्त भमई खोल्सा (सोताको) पानी समुच्चै बाँध बाँधी कुलाबाट ल्याई खेतमा पठाउँदा पनि खेत पूर्ण रुपमा सिंचाई हुन नसकी सुख्खा जर्ति लागी उब्जनी कम हुने गरिएको छ केवल बढी वर्षात भएको वर्षमा मात्र खेतमा पानी सिंचाई भई साबूत धान उब्जनी हुन्छ नत्र धान साबूत उब्जनी हुँदैन । यस्तो स्थितिमा विपक्षी नं.३ देखि ७ लगायतका अर्घु मौजाका व्यक्तिहरूले अन्य नचिनेका मानिसहरू समेत ल्याई मिति ०३७।४।२८ का दिन हुल हुज्जत गरी हाम्रो कृष्णपुर मौजाको खेतमा पानी ल्याउने कुलो कहीं पुरी कहीं आलीको डिल काटी भत्काई उक्त खोल्सी कुलाको पानी आफ्नो अर्घु मौजातर्फ लान खोजेकोले सो साविक सनातन देखिको हाम्रो कृष्णपुर मौजाको पानी साविकदेखि नै कृष्णपुर मौजामा लगाउन पाउने व्यवस्था गरी शान्ति सुरक्षा कायम गरिपाउँ भनी हामीले प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय दाङ घोराहीमा मिति ०३७।४।२९ मा निवेदन दिएका थियौं । तत्सम्बन्धमा उस मुद्दामा विपक्षीहरूको समेत बयान लिई मेन्टीनेन्स नापी शाखाबाट नापी श्रेस्ता समेत बुझी उक्त जिल्ला कार्यालयले मिति ०३७।६।२७ मा निर्णय पर्चा गर्दा उल्लिखित झगडा भएको म भई सोताको पानी यो भन्दा अघि कृष्णपुर मौजाले चर्ची लिई आएको देखिँदा सो कुलो पानी अदालतबाट हक बेहक छुट्याई नल्याएसम्म कृष्णपुर मौजाका जग्गाधनीहरूले जुन अनुसार भोगचलन गरी आएका थिए । सोही अनुरुप गर्ने र हक बेहक गराउन जानु भनी प्र.डिल्लीराज गौतमलाई सुनाई दिने, य