निर्णय नं. २५०० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०० - जग्गा खिचोला भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/०४ २२८५ निर्णय नं. २५०० ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको दे.पु.नं. ५५३ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी:जिल्ला बझाङ पदेश नौविस हेमन्तवाडा गा.पं.वडा नं.२ बस्ने कालिमान खड्का मरी मु.स.गर्ने मंगल खड्का । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. वडा नं.२ झिल्लीवाडा बस्ने भिम खड्का । फैसला भएको मिति:२०४२।८।४ मा विवादको जग्गा वादीको किल्लासँग मिल्न भिड्न आएकोमा जग्गा वादीको देखिन आएबाट झगडा परेको जग्गा प्रतिवादीको ठहर्‍याएको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी हुने । (प्रकरण नं. १३) फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।३।२८ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. १९८९ सालको जाँचमा मेरा बाबु जोगी खड्काका नाउँमा दर्ता भएको कि.नं. २४२ आडे बाटो पूर्व गोविन्द जोशी, पश्चिम भिड, उत्तर ऐ. दक्षिणको छाना माथि दो ।.।६ के रु. ।१५ तिरो जग्गा मेरो हिस्साको भई गोठ छानो बनाई हिउँदे बाली मैले नै लगाई पाकि तयार भएको थियो । २०३९ साल ज्येष्ठ २० गतेका दिन गहुँ बाली काटी लिन लागेको देखी किन लियौं फिर्ता गर भनी प्रतिवादीलाई भन्दा यो जग्गा तिम्रो होइन गाउँलेको साझो १९६ नं.को पानी खाल्टो जग्गा हो भनेकोले सो भित्र घुसाई लिन खान खोजेमा सजायँ गरिपाउँ भन्ने समेत फिराद दावी । ३. वादी दावीको जग्गा कथित समयमा गाउँलेको साझो कि.नं. १९६ को जग्गा हो मैले भोगचलन गरेको भन्ने फिराद दावी झुठ्ठा हो । कि.नं.१९६ को जग्गा जेठाबाडा गाउँका १० नं.मोही लालबहादुर खड्का रहेबसेको जग्गालाई साझो जनाई सबै गाउँलेहरूको हकभोग जनाई भोगचलन समेत भई आएको हो । वादीले जग्गा चलन गर्छौं भन्ने सबै जनालाई प्रतिवादी बनाउन सकेका छैनन् तसर्थ फिराद दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. मिति ०३९।११।७ मा भएको नक्सामा झगडीया भनी जनिएको न.नं.२५ को जग्गा वादीकै हकभोगको देखिन आएकोले वादी दावी बमोजिमको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत बझाङ जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन बझाङ जिल्ला अदालतको इन्साफ बदर गरिपाउँ भन्ने समेत सेती अञ्चल अदालतमा परेको पुनरावेदन । ६. शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सेती अञ्चल अदालतको फैसला । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा प्रतिवादीको परेको अनुमतिको निवेदन । ८. यसै लगाउको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भएकोले यसमा पनि पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत सु.पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको आदेश । ९. यसमा शुरु जिल्ला अदालतको इन्साफलाई सदर गरेको सेती अञ्चल अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत सु.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला । १०. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत मंगल खड्काको यस अदालतमा पर्न आएको अनुमतिको निवेदन । ११. सु.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको आदेश । १२. नियमानुसार