निर्णय नं. २५०१ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०१ - डाँका भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०८/१८ २१९१ निर्णय नं. २५०१ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४९२ मुद्दा : डाँका । पुनरावेदक/वादी: झंकनाथ थपलियाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:नु.जि.मदानपुर गा.पं. वा.नं.५ बस्ने इश्वरीप्रसाद लोहनी समेत । फैसला भएको मिति:२०४२।८।१८।३ मा अन्य स्वतन्त्र प्रमाणहरूबाट स्वतन्त्र रुपमा समर्थन नभएमा प्रहरीमा भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्नु कानुन तथा न्यायिक सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं. २२) फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षिप्तमा यसप्रकार रहेछ । २. २०३७।४।१० का बेलुका बास बस्न आएका अपरिचित ३ जना र ९ बजे खाना खान लाग्दा अरु ४ जना समेत भित्र पसी आमा, जेठी, कान्छी, श्रीमती म र गोठालोलाई समेत पाता कसी कराइस भन्ने काट्छु भनी खुकुरी देखाई रु.१२,४७७।– को धनमाल डाँका गरी लगेकाले पक्राउ गरी कानुनी कारवाही गरिपाउँ भन्ने समेत झंकनाथ थपलियाको जाहेरी दर्खास्त । ३. पक्राउ भई आएका पृथ्वीमान श्रेष्ठ र सुनदन्ते भन्ने इश्वरीप्रसादलाई अदालतमा म्याद थप ल्याउँदा चिने, ज्ञानप्रसाद मुनीलाई काठमाडौंमा चिनेको हुँ, अरु ४ जनालाई नदेखेका हुन् भन्ने समेत जाहेरवालाको सनाखत कागज । ४. मिति २०३८।४।८ मस्र्याङदीलजमा झंकनाथको घरचोर्न जाने इश्वरीप्रसादले सल्लाह गरेकोले मिति २०३७।४।१० गते झंकनाथ समेतलाई पाता कसी कराउन नदिई म समेत ७ जना भई जाहेरी बमोजिम धनमाल जबरजस्ती चोरी गरेका हौं भन्ने समेत व्यहोराको पृथ्वीमान श्रेष्ठले प्रहरीमा गरेको कागज । ५. मिति ०३७।४।८ गते मस्र्याङदी लजमा ज्ञानप्रसाद समेत ७ जनाले झंकनाथको घर चोरी गर्ने सल्लाह गरी ज्ञानप्रसाद कनैया, गोपाल र म गोठमा बस्यौं र पृथ्वीमान, साँइला पाण्डे र नाम नजानेको १ जना समेत ३ जनालाई बास माग्न पठाई राती ९ बजे हामी समेत भई परिवारलाई पाता कसी जाहेरीमा लेखे बमोजिम चोरी गरेका हौं, चोरीको माल मैले पाएको छैन, भन्ने समेत इश्वरीप्रसादले प्रहरीमा गरेको कागज । ६. मिति २०३७।४।१० गते ७ जना आई हाल नाम थाहा हुन आएको ईश्वरीप्रसादले रु.१०।– तिरी खुकुरी किनी लगेका हुन् भन्ने केशरमान तामाङले प्रहरीमा गरेको कागज । ७. उक्त दिन रातको ९ बजे झंकनाथको छोरीले मलाई बचाउन आमा बाबुलाई काटीसके भनेकोले सो सुनी चोरहरू भागेछन् । झंकनाथको घर भित्र गई हेर्दा सबै परिवारलाई बाँधी राखेको रहेछ हिरालालले डोरी फुकाई दिए जाहेरीका धनमाल चोरी गर्नेहरूमा ईश्वरीलाई चिन्दछु भन्ने समेत ठेडकुमारीको कागज । ८. सुन्दन्तेले झंकनाथले घरमा चोरी गर्न जाउँ भनेकाले मिति २०३७।४।१० गते सुन्दन्ते, पृथ्वीमान, साँहिला पाण्डे, गोपाल, कन्हैयाकुमार, कमलध्वज राउत समेत ७ जना भई १०।११ बजे झंकनाथ समेतलाई बाँध छाँद गर्दा घरका मानिस र गाउँका मानिसले समात्न खोज्दाभागी आएका हौं भन्ने व्यहोराको कृष्ण कुमारअग्रवालको धनमाल चोरी मुद्दामा ज्ञानप्रसाद गुनीले २०३७।४।१० मा गरेको कागजको प्रतिलिपि । ९. मिति २०३७।४।१० गते झंकनाथको घरमा सुनदन्ते समेत ७ जना भई चोरी गर्न गई भात खान लागेका बखत समाती पाता कस्न लाग्दा फुत्केरभागी चोर डाँक