निर्णय नं. २५०२ - उत्प्रेषणको रिट जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०२ - उत्प्रेषणको रिट जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०९/२५ २४५१ निर्णय नं. २५०२ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. १८९९ विषय : उत्प्रेषणको रिट जारी गरिपाउँ निवेदक :जिल्ला चितवान भरतपुर नगर पंचायतवडा नं.१० बस्ने नगर पंचायतस्तरीय मजदूर संगठन प्रारम्भिक कार्य समितिको सभापति कृष्णब हादुर श्रेष्ठ विरुद्ध विपक्षी :नेपाल मजदूर संगठन केन्द्रीय कार्यालय काठमाडौं । उप–सभापति लाल कुमार श्रेष्ठ ,नेपाल मजदुर संगठन ऐ.ऐ । सदस्य थप नारायण लामिछाने ऐ.ऐ । जिल्ला चितवन भरतपुर नगर पंचायतवडा नं.२ बस्ने ओमकुमार श्रेष्ठ । भ.नगर पंचायत वडा नं.१० बस्ने गण शेखर शर्मा । आदेश भएको मिति:२०४२।९।२५।५ मा नेपाल मजदूर संगठनको विभिन्न खाली पदहरूमा निर्वाचनको घोषणा नभएसम्म निर्वाचनमा उम्मेदवार हुन पाउने स्थिति नदेखिने । (प्रकरण नं. ७) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. २०३९ सालदेखि नेपाल मजदूर संगठनको सदस्य भएको र भरतपुर निवासी हुँदा उक्त संगठनको भरतपुर नगर पञ्चायत नगर स्तरीय प्रारम्भिक परिषद्को सदस्य प्रारम्भिक कार्य समितिको सभापतिमा २०३९ सालमा निर्वाचित भई काम गरी आएको छु प्रारम्भिक कार्य समितिको सभापति भएको नाताले म मजदूर संगठन चितवन जिल्ला परिषद्को पनि सदस्य छु। मजदूर संगठन चितवन जिल्ला कार्य समितिको सभापतिको पद खाली रहेको थियो । जिल्ला परिषद्को सदस्य भएको हुनाले उक्त पदको लागि हुने निर्वाचनमा भाग लिई निर्वाचित भई सभापति हुने मेरो इच्छा तथा हक अधिकार थियो त्यस्तै जिल्ला कार्य समितिको सभापति भएमा सो नाताले नारायणी अञ्चल परिषद्को सदस्य हुने र अञ्चल कार्य समितिको सभापति पदको खाली पदमा पनि निर्वाचन लडी निर्वाचित हुन पाउने मेरो हक अधिकार थियो, उपरोक्त खाली पदहरूको लागि तिथी मितिको घोषणा होला र निर्वाचन लडला भनी बिचार गरी राखेको अवस्थामा, केन्द्रीय उप–सभापति श्रीलालकुमार श्रेष्ठ र सदस्य थप नारायण लामिछानेको सिफारिशमा जिल्ला कार्य समितिको सभापति ओमकुमार श्रेष्ठ अञ्चल सभापतिमा गणशेखर शर्मालाई मनोनयन गरिएको रहेछ यो कुरा ०४१।९।१२ गते नेपाल मजदूर संगठन केन्द्रीय कार्यालयबाट नेपाल मजदूर संगठन अञ्चल कार्य समितिलाई लेखेको पत्र हेर्न र त्यसको नक्कल प्राप्त भएपछि थाहा हुन आयो । यसरी वर्गीय संगठनको जिल्ला अञ्चल कार्यसमितिको खाली सभापति तथा अन्य पदहरूमा मनोनीत गरी पद पूर्ति गर्ने, गर्न पाउने, केन्द्रीय कार्य समितिलाई कुनै कानुनले अधिकार छैन । ओमकुमार एकजना बाहेक अरु जो व्यक्तिहरू सभापति, उप–सभापति तथा कार्य समितिको संख्या पदहरूमा मनोनीत गरिएका छन ती व्यक्तिहरू प्रारम्भिक जिल्ला परिषद्, अञ्चल परिषद्को पनि सदस्य छैनन् ति व्यक्तिहरू यही ०४१ साल भाद्र महिनामा मात्र संगठनको सदस्य बनाइएका थिए । वर्गीय संगठन नियमावली, ०३७ को नियम ७ तथा ९ ले जिल्ला तथा अञ्चल कार्य समितिको सभापति, उप–सभापति तथा सदस्यहरू जिल्ला तथा अञ्चल परिषद्को सदस्यहरूले आफू मध्येबाट निर्वाचन गरी पठाउने व्यवस्था यसबाट उनीहरू निर्वाचन बाहेक मनोनयन समेतको अरु प्रक्रियाबाट आउन नसक्ने कुरा प्रष्ट छ । अतः उत्प्रेषणको आदेश जारी गरी विपक्षी नेपाल मजदूर सं