निर्णय नं. २५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/०४ २२५६ निर्णय नं. २५०३ ने.का.प. २०४२ अङ्क १० फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २८ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदिका/विपक्षी:जि.काठमाडौं जिल्ला का.नगर पंचायतवडा नं. ३२ डिल्लीबजार घट्टेकुला बस्ने दिर्घ कुमारी पन्त । विरुद्ध विपक्षी/रिटनिवेदक:जि.लमजुङ सुन्दर बजार गा.पं.वडा नं.९ तार्कुटार घर भै का.जि.का.नगर पंचायतवडा नं. ९ बत्तिसपुतली बस्ने गोपाल प्रसाद पन्त । आदेश भएको मिति:२०४२।१०।४।६ मा निवृत्तिभरण लगायतका सुविधाहरू कसले पाउने भन्ने विषयमा रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदिका तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंह: सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदिकाको न्यायिक समिति मार्फत् श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु भन्ने समेत हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यसबेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मेरा स्वर्गीय पिताजी श्री घनानाथ पन्त यसै अदालतको न्यायाधीश पदमा रहनु भएको अवस्थामा ०३७।२।१३ गते परलोक हुनु भयो । पिताजीले निजामती कर्मचारीले भर्नु पर्ने सिटरोल फाराम समेत भर्दा उहाँले आफ्नो शेषपछि प्राप्त गर्ने निवृत्तिभरण समेतको लागि इच्छाइएको व्यक्तिमा मेरो नाम उल्लेख गर्नु भएको थियो । निजामती सेवा नियमावली, २०२१ को परिच्छेद ११ को नियम ७(१) र नियम ८(१) बमोजिम राख्नु, रहनु पर्ने रेकर्डहरूमा इच्छाइएको व्यक्तिमा मेरो नाम नै उल्लेख हुँदा सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक सेवा सर्त र सुविधा सम्बन्धी ऐन, २०२६ को दफा ७ अनुसार पारिवारिक निवृत्तिभरण र उपदान मैले नै पाउनु पर्ने कानुनी व्यवस्था भएकोमा मेरो सौतेनी आमा विपक्षी दीर्घकुमारी पन्तले नजाने के कस्तो, व्यहोराको निवेदन दिएर हो विपक्षी सामान्य प्रशासन मन्त्रालयले विपक्षी दीर्घकुमारीलाई स्वर्गीय पिताजीले पाउनु पर्ने निवृत्तिभरण र अन्य सुविधाहरू समेतको रकम समेत दिने भन्ने निर्णय गरी र अन्य विपक्षीहरूले समेत दिने दिलाउने निवृत्तिभरणको पट्टा विपक्षीका नाउँमा गराइ दिने लिने गर्न लाग्नु भएको यथार्थ व्यहोरा थाहा पाएँ । विपक्षी र मेरो आमा बालकुमारीको परेको अंश मुद्दा हाल मध्यमाञ्चल क्षेत्रीय अदालतमा दायर छ । ३. स्वर्गीय पिताजी घनानाथ पन्तले आफूले प्राप्त गर्ने रकम आफ्ना शेषपछि पाउने व्यक्तिमा मलाई इच्छाउनु भएको यथार्थता विपक्षी निजामती किताबखानामा रहने सिटरोल फाराममा यसै अदालतमा रहेको व्यक्तिगत फाइल हेरिएमा प्रष्ट हुन्छ । पिताजीले आफ्नो जीवनकालमा म बाहेक अरुलाई इच्छाउनु भएको कुनै सबूद विपक्षीहरूले छ भन्न, दिन गुजार्न सक्नु हुने छैन । पिताजी स्वयंले पनि निजामती सेवा नियमावली, २०२१ को नियम ७(१) अनुसार फाराम भर्नु पर्ने अवस्था समेत नभएकै समयमा परलोक हुनुभएको हुनाले ऐ.को उपनियम (२) र सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक सेवाको सर्त र सुविधा सम्बन्ध