निर्णय नं. १२२४ - माना चामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२२४ - माना चामल भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/२१ २७७९ निर्णय नं. १२२४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको दे.वि.नं. ८५ फैसला भएको मिति : ०३५।१२।२१ मा निवेदक : फरिणमाया शाक्य का.जि. का.न.पं. वडा नं. २३ धर्मपथ विरूद्ध विपक्षी : ताराबहादुर शाक्य का.जि. न.पं. वडा नं. २३ झोंछे मुद्दा : माना चामल (१) वादीले आफ्नो दावीलाई समर्थित गराउने सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीबाट माना चामल भराई दिन न्यायोचित नपर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री लक्ष्मीप्रसाद अर्याल फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले मिति २०३४।८।१०।६ मा गरेको फैसला उपर वादीको विन्तिपत्र परी बक्स भई गएका हुकुम प्रमांगी बमोजिम इन्साफ जाँच निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. विपक्षी ताराबहादुरसँग २०२३ सालमा विवाह भएको सासूले सारै दुःख दिने हुँदा लोग्ने र ससुरालाई भन्दा सासूपट्टि नै लागी म उपर दुव्र्यवहार गरे, मैले मेरो पनि हक छ भन्दा मुखमुखै लाग्ने भनी विपक्षीहरूले २०२७।१२।२० गते कुटपिट गरी घरबाट निकाला गरेकाले वर्ष १ को रू.२०४२।५० विपक्षीहरूबाट माना चामल भराई पाउँ भन्ने वादी । ३. सासूससुराले मलाई घुर्की देखाई २०२५।२।३२ गते विपक्षी माईत गएको हो । विपक्षीलाई कुटपिट गरी घरबाट निकालेकोसमेत नहुँदा मानाचामल दिनपर्ने होइन भन्नेसमेत प्रतिउत्तरपत्र । ४. सम्बन्ध विच्छेद मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद नहुने ठहरी फैसला भएको र साक्षी समेतको बकाईबाट माना चामल भरी पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ६. शुरू काठमाडौं जिल्ला अदालतले माना चामल भराउने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको बागमती अञ्चल अदालतको फैसला । ७. इन्साफ जाँच गरी दिनु भन्ने प्रमांगी पाउँ भन्ने प्र.तीर्थबहादुर समेतको निवेदनमा इन्साफ जाँची दिनु भन्ने समेत व्यहोराको हु.प्र.बक्स भई आएको । ८. वादीको दावी नपुग्ने ठहर्छ माना चामल भराउने गरी शुरूले फैसला गरेको इन्साफ मनासिव भनी बागमती अञ्चल अदालतले गरेको फैसला उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३४।८।१०।६ को फैसला । ९. जिल्ला र अञ्चल अदालतले मिसिलमा रहेको सम्पूर्ण कागज केलाई साक्षी प्रमाणको लेखा जोखा गरी मैले विपक्षीबाट माना चामल भराई पाउने गरी गरेको फैसलालाई मिसिलमा रहेको कागजको विलकुल विपरीत गई क्षेत्रीय अदालतले फैसला गरेकोले ज्यादै अन्यायमा परेको छु । सर्वोच्च अदालतबाट इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत व्यहोराको वादी फरिणमायाले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको विन्तिपत्रमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए तीर्थबहादुर शाक्यसमेतसँगको ०३४।८।१० मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको माना चामल मुद्दाको मिसिल झिकाई त्यस अदालतको इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु, निवेदिकालाई जनाउ दिनु भनी त्यहाँ पठाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग सवारी शिविरबाट बक्स भई