निर्णय नं. २५०५ - करकाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०५ - करकाप भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०९/२६ २३१० निर्णय नं. २५०५ ने.का.प. २०४२ अङ्क १० फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. ९ मुद्दा : करकाप । निवेदिका/वादी : काठमाडौं जिल्ला काठमाडौं नगर पञ्चायत वडा नं.७ बस्ने रेणु कनौडिया । विरुद्ध विपक्षी/प्रतिवादी : जि. कपिलवस्तु कृष्णनगर आर्दश गा.पं.घर भै हाल काठमाडौं खिचापोखरी बस्ने रतनलाल कनौडिया । फैसला भएको मिति:२०४२।९।२६।६ मा मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई बयान गराउँदा बिन्तिपत्रमा माग भएको कुराभन्दा अरु खुलाई त्यस्तो खुलाइएको कुराबाट छुट्टै मुद्दा कायम गर्न मिल्ने देखिँदैन पक्षले स्पष्टरुपले माग दावी गरेको विषयभन्दा बाहिर गई छुट्टै मुद्दा सिर्जना गर्ने अधिकार अदालतलाई दिने हो भन्ने अदालतले अदालतको स्थानमात्र नभई पक्षको स्थानसमेत ग्रहण गर्न पुग्छ, जुन कानुन एवं न्यायका सर्वमान्य सिद्धान्तहरूको समेत प्रतिकूल हुन जान्छ । (प्रकरण नं. २१) निवेदिका, वादी तर्फबाट:विद्वान अधिवक्ता श्री गोविन्द कुमार उपाध्याय विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लिखित मुद्दा: इश्वर बहादुर बस्ताकोटी क्षेत्री समेत विरुद्ध केशवमाया बस्ताकोटीनी समेत भएको जग्गा आयस्ता दिलाई पाउँ भन्ने मुद्दामा नि.नं. ४८१, ने.का.प. २०२६, पृष्ठ २६१ मा सर्वोच्च अदालत फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भएको । फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदिकाको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र गर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई दिनु भन्ने बक्स भई आएका हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मलाई महान्यायाधीवक्ताको कार्यालयका का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले आफ्नो कोठामा टाइप गर्न बोलाई मैले इन्कार गर्दा गर्दै जबरजस्ती समाई करणी गरेकोबाट गर्भ रहन गई सो कुरा निजलाई भन्दा गर्भ Çयाक्न औषधी दिएको तर गर्भ नगई सो कुरा गुपचुप राख्नलाई सुत्केरी बिदा लिन नदिई १७।२।०३३ देखि १५ दिनको घर विदा लिई प्रसूति गृहमा भर्ना भई छोरी पैदा भएपछि न्वारान पनि निजले गराउनु भएको हो, सो कुरा वि.प्र.वि.ले थाहा पाई बयान गराएको कुरा रत्नलाल कनौडियाले थाहा पाई ०३३।३।२१ का दिन दिउँसो अफिसबाट मलाई दिउँसो निजको घरमा लगी वि.प्र.मा मैले गरेको बयान झुठ्ठा हो, मेरो लोग्ने रत्नलाल कनौडिया होइन, अर्कै छ भनी ३ थान कागजमा मैले इन्कार गर्दा पनि सहिछाप गराउनु भएको कुरा वि.प्र.वि.मा ०३३।३।२३ गते बयान दिई आएपछि महान्यायाधीवक्ताज्यूलाई मौखिक अनुरोध गरी कुनै कारवाही नभएको र वि.प्र.वि.बाट समेत निज रत्नलाल कनौडियालाई बचाउने प्रयास भएकोले निज रत्नलाल कनौडिया उपर कानुनी कारवाही भई मलाई माना चामल तथा अंश दिलाई दिनु भन्ने समेत सम्बन्धित अदालत तथा मन्त्रालय समेतका नाउँमा हुकूम प्रमांगी पाउँ भनी रेणुका कनौडियाले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विशेष जाहेरी विभाग मार्फत विन्तिपत्र चढाएकोमा व्यहोरा साँचो