निर्णय नं. २५०६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०६ - ज्यान भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०९/२६ २३२९ निर्णय नं. २५०६ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ३६० मुद्दा : ज्यान । पुनरावेदक/वादी:नर बहादुरको जाहेरीले वादी श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:जि.दोलखा चंखू गा.पं.वडा नं.२ चंखू बस्ने सोम रेन्जी शेर्पा समेत । फैसला भएको मिति:२०४२।९।२६।६ मा मृतकको मृत्यु विषबाट भएको भन्ने प्रमाणित हुन नसकेको र घटनाको चस्मदिद गवाहले पनि प्र.उपर किटानीपूर्वकको पोल नगरेको देखिएबाट समेत कर्तव्यबाट मृत्यु भएको हो भन्ने कुरा शंकारहीत तवरबाट प्रमाणित हुन नसकेको हुँदा वादी दावीबाट सफाई दिने गरेको इन्साफ सदर गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २९) पुनरावेदक, वादीतर्फबाट: विद्वान उप–न्यायाधीवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(क) अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाका तथ्य यसप्रकार छ । २. सानु जियाले शेर्पाको छोरा नाम थाहा नभएको शेर्पा चंखु देवीथानको जात्रामा ०३६।८।१२ गते रातको १२।१ बजे मृत्यु भएको हुँदा काल कर्तव्य के हो छुट्याई कारवाई गरिपाउँ भन्ने समेत प्र.पं.नर बहादुरको जाहेरी । ३. मृतक सानु जिवालेको छोरा नाम्चे भन्ने कर्मा छिरीङ शेर्पा हो । देवस्थान जात्रामा गएको थियो भनी जा.दोर्जे शेर्पा आई तपाईको छोरा मर्न लाग्यो लाकपाछेतीले फुलोरा खान दिएको थियो रे जिब्रो घाँटी नीर खाँदियो, पेट पोल्ने समेत भयो भन्छ भने कसले मारे मेरा श्रीमती जाँदा छोरा बोल्न नसक्ने हालतमा पुगेछ । सोम्ब रेन्जीले फुलोरा लाकपाछेतीलाई दिएको रहेछ । दोपछिरी, लाक्पा छेती, घ्वागेली, सोम्व राजी समेत ४ जनाको मिलेमतोबाट छोरा कर्मा छिरीङलाई विषालु चिज वस्तु फुलोरामा मिलाई खुवाई मारे मराएको भन्ने पूरा विश्वास लाग्छ मार्नु पर्ने कारण सोम्वा रिजिसँग लाम्छेकीको विवाह गर्ने निधो भई डालो दिएकोमा पछि लाम्छेकीको निजसँग जान मन्जूर नभई मेरो छोरा कर्मा छिरीङसँग आउन मन्जूर गरेको हुँदा डालो समेत फिर्ता दिएको रीसइवीले मारे मराएको हो भन्ने मृतकको बाबु सानु जियालेको कागज। ४. मेरो पिता कुर्वा शेर्पाले सोम्व रेन्जीसँग विवाह गर्ने कुरा मिलाई डालो समेत दिनु लिनु भएको थियो । निजसँग जान मेरो मन्जूर नभएकोले मेरो मनसाय अनुसार डालो फिर्ता दिएको ०३६।८।१२ गतेको रात चंखुदेवी स्थानको जात्रामा लाकपा छेतीले विष राखेको फुलोरा खान दिंदा कर्मा छिरीङको मृत्यु भयो भन्ने सुनेको र कर्मा छिरीङलाई मारेमा सोम्व रिजीले मसँग विवाह गर्न पाउँछु कि भन्ने विचारबाट मारेको हुनुपर्छ भन्ने समेत लाम्छेकी शेर्पेनीको कागज । ५. मेरो छोरी लाम्छेकीलाई सोम्व रिन्जीले मागी डालो समेत लिई ०३६ साल माघ महिनामा विवाह गर्न निधो गरेपछि छोरी मन्जूर नभएकोले र कर्मा छिरीङलाई छोरीले मन पराएकी हुँदा डालो फिर्ता दिएको थियो । मैले विवाह गर्न लागेको केही हस्तक्षेप गर्ने कर्मा छिरीङको ज्यान भन्न नपाउला भनी सोम्वा रिन्जीले गाउँघरमा भन्दै हिड्थ्यो रे त्यसकारण कर्मा छिरीङलाई विष खुवाई मार्नमा लाकपाछेती र सोम्वा रिन्जी हुनुपर्छ भन्ने समेत व्यहोराको फुरी शेर्पाको कागज । ६. देवीस्थान जात्रामा हल्ला भई ह