निर्णय नं. २५०७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/०४ २२१० निर्णय नं. २५०७ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०४१ सालको रिट नं. १७३२ विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :सर्लाही जिल्ला हरिपुर आदर्श गा.पं.वडा नं.१ जगतपुर बस्ने जगरुपकी श्रीमती पनिया थरुनी । विरुद्ध विपक्षी :ऐ.ऐ.बस्ने रामशरण चौधरी । भुमि सुधार कार्यालय,सर्लाही जिल्ला । आदेश भएको मिति:०४२।१०।४।६ मा मोहीको नामको लगत कट्टा गर्दा मोहीका हक खानेलाई बुझी प्रतिवादको मौका दिई निजको कथनको समेत बिचार गरी मात्र निर्णय गर्नु पर्ने हुन्छ, तर निर्णय गर्दा निवेदिकालाई प्रतिवादको मौका दिई निर्णय गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको भु.सु.का.सर्लाहीको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंह: भूमि सुधार कार्यालय सर्लाहीको ०४१।८।१९ को आदेश बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. हरिपुर आदर्श गा.पं.वडा नं.८ कि.नं. १८८ ज.वि.०–१७–१० को साविकमा जग्गाधनी उदयबहादुर क्षेत्रीय हाल प्रत्यर्थी रामशरण चौधरी थारु भई मोही रिट निवेदिकाको पति जगरुप चौधरी हुनुहुन्थ्यो । पति ०४०।७।२६ गते परलोक हुनु भयो । जग्गा मैले अद्यापि भोगचलन गरी आएको छु । पति स्वर्गे भए पछि नामसारी गरिपाउँ भनी प्रत्यर्थी भू.सु.का.समक्ष लिखित निवेदन साथ सम्पर्क राख्दा । तिम्रो लोग्नेको नाममा हाल मोहियानी लगत कट्टा भई सक्यो यो निवेदन लिने छैनौं भनी जवाफ पाई बुझ्दै जाँदा प्रत्यर्थी भू.सु.का.बाट ०४१।८।१९ मा गरेको आदेशको नक्कल ०४१।८।२२ मा प्राप्त गरी हेर्दा मूल पूर्खा डुंगर सा को जेठा सरयुग, माहिलो कलयुग, साहिंलो जगरुप काइलो रामरुप, ठाइलो म रामशरण कान्छो शिवचरण ६ दाजु भाइमा विपक्षी मेरो एकासगोलको दाजु जगरुप चौधरी भएको मेरो नाउँ दर्ताको जि.स.हरिपुर गा.पं.वार्ड नं.८(क) कि.नं.१८८ को ०–१७–१० जग्गाको सगोलको दाजु जगरुप चौधरीको नाम मोही महलबाट कट्टा गरिपाउँ भनी रामशरणले दिएको निवेदनमा मोही लगत कट्टा गरिदिनु भन्ने गा.पं.का.को सिफारिश भएको सरजमीन हुँदा जगरुप कर निवेदक दाजुभाइ देखिएको निवेदकले जग्गा जोती आएको साथै जगरुपले निवेदक रामशरण चौधरी उपर अंश मुद्दा दायर गरेको देखिएको, निवेदक र जगरुप एकासगोलको दाजुभाइ देखिन आएकोले उक्त जग्गाको मोही महलबाट जगरुप चौधरीको नाम कट्टा गरी दिन मालपोत कार्यालय सर्लाहीमा समेत लेखी पठाउने भनी आदेश भएको रहेछ। ३. उजूर परेका व्यक्तिलाई प्रतिवादको मौका दिनुपर्नेमा स्व.पति जगरुप चौधरी तथा उहाँको स्वर्गे भएपछि पनि भू.सं.ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोहियानी हक पाउने गरी रिट निवेदिका समेतलाई दिएको छैन । प्राकृतिक न्याय सिद्धान्त विपरीत मोही लगत कट्टा गर्ने भन्ने आदेश बदरभागी छ । मेरो रोहवरमा नभएको सिफारिश सरजमीन मेरो विरुद्ध प्रमाण लगाउन देख्न सुन्न पाउनु पर्दछ । एकलौटी प्रमाणबाट न्यायको