निर्णय नं. १२२६ - खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२२६ - खिचोला भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०१/०३ १९९० निर्णय नं. १२२६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.फु.नं. १६५ फैसला भएको मिति : ०३६।१।३।२ वादी : का.जि. का.न.पं. वडा नं. १४ बस्ने दुर्गामान मर्हजनसमेत विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने गौरीशरण महर्जन समेत मुद्दा : खिचोला (१) नाउँसारी नभएसम्म जग्गामा हक प्राप्त हुन नसक्ने भएमा राजीनामाबाट प्राप्त हुन आएको हक निष्क्रिय हुनजाने हुनाले राजीनामाबाटै अ.बं.८२ नं. बमोजिम नालिस गर्न हकदैया पुग्ने नै देखिन आउने । (प्रकरण नं. १०) फैसला न्या. त्रैलोक्यराज अर्याल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. निरमान महर्जनका वीरबहादुर, गणेशबहादुर सिद्धिबहादुर ३ छोरा र दलबहादुरको दुर्गामान, नारायणभक्त २ छोरा गणेशबहादुरको मोहनशरण २ छोरा सिद्धिबहादुरको नरेन्द्रबहादुर, देवबहादुर २ छोरा निरमान परलोक भए तापनि एक सगोलमा बसी आएकोमा ०२५।११।२४।६ मा डोर समक्ष लिखत गरी ०२५।११।२६।१ मा भू.प्र.का.बाट रजिष्ट्रेशन पास गरी ४ जनाका बीच अशंबण्डा गरी भिन्न रहेबसेका थियौं । गौरीशरण देवरूपका नाउँमा दर्ताभएको का.जि. कालीमाटी गा.पं. वडा नं. ४ कि.नं. ६८ को १–१२ जग्गाबाट घर बनाउन दिने सल्लाह भए अनुरूप देवरूपको दुर्गामानलाई सो जग्गा मध्येबाट ५ आना २ पैसा जग्गामा ०२६।४।१५।४ मा स्वीकृत दिएकाले कालीमाटी गा.पं.मा निवेदन दिई तेजारथ अड्डाका नाउँमा सिफारिश लिई दुर्गा मानले घर बनाउन ९६,६४०। सापटी लिई घर बनाई बसी आएको घरले चर्चेको जग्गा ५ आना २ पैसा भन्दा बढी रहेकाले आपसी सल्लाहअनुसार दिलबहादुर,गणेशबहादुर,सिद्धिबहादुरका बीच सो कि.नं. ६८ को १ रोपनी १२ आना जग्गा आपसमा बराबर गर्न मञ्जूरीनामाको लिखत भएको थियो, उक्त लिखत गौरीशरण देवरूपले नारायणभक्तलाई कि.नं. ६८ मा रोपनी १२ आना जग्गा मध्ये १२ आना जग्गा राजीनामा गरी ०२८।१।२४।६ मा भू.प्र.का.मा रजिष्ट्रेशन पास गरी दिएका थिए । कि.नं. ६८ मा १ रोपनी १.१२ आना जग्गाबाट १२ आना जग्गा कित्ताफोड गरी छुट्याउन लिई वा राम भक्तका नाममा दर्ता गर्ननमिल्ने हुँदा जग्गा छुट्टैमा दिनाका लागि बराबर भन्दा जग्गा छुट्टाई नदिएकाले राजीनामा बमोजिम जग्गा छुट्याई पाउन भू.प्र.का.का.मा निवेदन दिएकोमा तारिखमा नराखी गौरी ,देवशरणलाई बुझ्दा तेजारथअड्डाबाट सापटी लिई घर बनाई बसोबास गरी आएको भोगचलनको घरलाई आफ्नै भनी लगत ४ किल्ला देखाई कि.नं. ६९ को १ रोपनी देखाई रैकर जग्गा गुठीमा घुसाई नापी गराई कि.नं. ६८ मा १ रोपनी १२ आना जग्गा लेखाई ०३२।५।२१।५ मा बयान गरी खिचोला गरेगराएको र ०३०।१०।१८ मा लिखतभन्दा बढी कुरा लेखी जग्गा छुट्याउने कार्य यसकार्यालयबाट गर्न नमिल्ने हुँदा पारित लिखत धनीलाई फिर्ता दिने भन्ने आदेश भएको, फिरादीका हक भोग चलनको ०–१२–० जग्गा समेत छुट्याई चलन चलाई पाउँ घर जग्गाको प्रचलित मोल रू.३०००। जाने भन्ने दुर्गामान समेतको फिराद र सिफारिशपत्रको प्रतिलिपि मञ्जूरनामाको प्रतिलिपि राजीनामाको प्रतिलिपि बयान तथा आदेशको प्रतिलिपि समेत वादीबाट पेश भएको रहेछ । ३. का.जि. कालीमाटी गा.पं.वार्ड नं. ३ मा घर थियो सो घर चन्द्रकुमारी गौचनलाई रू.६० हजारमा ०२६।८।१० गते बिक्री गरिदिनु भयो, किर्तिपुर नगाउँको घरमा जाँदा तिमीहरूलाई अहिले २ घरको जर