निर्णय नं. २५०८ - दाइजो पेवा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५०८ - दाइजो पेवा भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/०४ ३४५७ निर्णय नं. २५०८ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.वि.नं. ११३ मुद्दा : दाइजो पेवा । निवेदक/वादी:का.जि.का.जि.का.नगर पंचायतवडा नं.१३ कालिमाटी घर भई ऐ. वडा नं.१३ छाउनी बस्ने पंच नारायण महर्जन । विरुद्ध विपक्षी :ऐ. कालिमाटी बस्ने जितनारायण महर्जन । फैसला भएको मिति:२०४२।१०।४।६ मा अंशतर्फ वादीको माग दावी नभएको स्थितिमा अंशबण्डामा जस्तो गरी विपक्षीबाट फाँटवारी मागी वादी दावी बमोजिम बण्डा छुट्याई दिन नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्ति–पत्र पर्दा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको दाइजो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको दाइजो पेवा मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम डिभिजन बेञ्जको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षीको र मेरो आमा हिरामाया परलोक भएपछि स्त्री अंश धनको ५ नं.ऐनले निज आमाको दाइजो विपक्षीलाई चलन हक हुन आएको विपक्षीको र मेरो नाममा अ.त.गु.खर्च कार्यालय अड्डामा सगोल दर्ता भइसकेको र केही दर्ता गर्न बाँकी नै छ । विपक्षी र म कालिमाटी गा.पं.वडा नं.४ कि.नं.११२ मा बसेका र बाबु जीतबहादुर का.नगर पंचायतअन्तर्गत नरदेवी नेटपाचोको पुख्र्यौली घरमा बस्ने गरी आएको आमाको दाइजो विपक्षी र मलाई मात्र हक लाग्ने जग्गाका रसिद लगायत कागज र सोबाट बढे बढाएको नगदी गहना समेत कालीमाटीको आफैं बसेको घरमा विपक्षीले भण्डार गरी ताला साँचो मारी आफैंले राख्नु भएको र बाँडौं भनी अनुरोध गर्दा नमानी २०३६।८।२५ गतेका दिन घरबाट निकाली दिनु भयो । विपक्षी दाजुसँग मेरो माना छुट्टेको मिति २०३६।८।२५ कायम गरी स्वर्गीय आमाको दाइजो स्त्री अंश धनको ५ नं.ऐनले विपक्षी र म दुईजनालाई आएको हुँदा हामी दुबैको सगोल दर्ता भई रहेको जग्गा र सो जग्गामा बनेको पक्की घर अरु जग्गाहरू कागजात नगद सुन चाँदी गहना समेत विपक्षीबाट लिई दुई भाग गरी एक भाग विपक्षीको कटाई बाँकी एक भाग मलाई बण्डा छुट्याई दिलाई पाउँ भन्ने समेत पंचनारायण महर्जनको २०३६।९।३।३ को फिराद । ३. म विपक्षी र बाबु जीतनारायण सगोल नै छौं अंश नै छुट्टिएको छैन अंशमा नालिश नै नहुँदा विपक्षी र म मात्रै कसरी माना छुट्टिने जबसम्म बाबुसँग सगोलमै रहीन्छ तबसम्म आमाको दाइजो मात्र भाग मानो नछुट्टि बण्डा लाग्न र गर्न सक्ने अवस्था नै नआउने र घरको मुख्य भई बुबाले काम गरे रहेको अवस्थामा बुबा उपर नालिश नै दिन नसकेको र बाबुसँग सगोलमै बसी भाइ भाइ मात्र मानो छुट्टीन सक्ने कानुनी व्यवस्था नै नहुँदा फिराद खारेज गरिपाउँ भन्ने समेत जीतनारायण महर्जनको २०३६।११।३ को प्रतिउत्तर । ४. अंशबण्डाको रोहबाट प्रतिवादीसँग तायदाती माग्न र वादी प्रतिवादीका बीच मानो छुट्टिएको मिति कायम गर्न मिल्ने अवस्था देखिएन वादीले आफ्नो माग दावीको सम्पत्तिको विवरण खुलाउन सकेको नदे