निर्णय नं. २५०९ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५०९ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/०४ २२२० निर्णय नं. २५०९ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. १४११ विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने । निवेदक :जिल्ला झापा बुधवारे गा.पं.वडा नं.४ बस्ने हर्ष बहादुर नेवार । विरुद्ध विपक्षी :ऐ.ऐ. बस्ने डिल्ली बहादुर खुलाल । ऐ.बस्ने कुवेर नाथ पौडयाल । जिल्ला भूमि सुधार अधिकारी झापा भू.सु.कार्यालय । आदेश भएको मिति:२०४२।१०।४।६ मा राजीनामा गरी लिएको जग्गा नै हो भन्ने सबूद प्रमाणको अभावमा जग्गा वादीका नाममा मोही कायम गर्न नमिल्ने भनी ठहराएको अधिकार प्राप्त अधिकारीको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार सिंह उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय झापाको मिति २०४१।४।२१ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जिल्ला झापा बुधवारे गा.पं.वडा नं.४ को कि.नं.४–६७ को जग्गाधनी डिल्लीबहादुर खुलालका नाममा दर्ताको सिम ज.वि.२–१३–१० को जग्गामा साविक मोही शेरबहादुर खड्काले जोत छाडी अनेत्र गएपछि २०२२ सालदेखि नै उक्त कित्ता मध्य उत्तरतर्फबाट ज.वि.१–३–० को मोहियानी कुत कबूलित गरी प्रति वर्षको कुत जग्गा १५ मन ३० शेर जग्गाधनीलाई बुझाउने शर्तमा म निवेदकले जोती आएको व्यवस्था सो कित्ताको पूर्वतर्फबाट डिल्लीबहादुरले ज.वि.१–१०–० विपक्षी कुवेरनाथलाई बिक्री गरी बाँकी जग्गा साविक धनीकै नाममा कायम रहेको साविक कि.नं.४–६७ कित्ता फोड भई कि.नं.७२० कुवेरनाथका नाममा र कि.नं.७२१ साविक धनी डिल्लीबहादुरकै नाममा कायम रहेको छ । मैले कुत कबूलित गरी कमाई आएको जग्गा मध्ये कि.नं.७२० को उत्तर पश्चिमबाट ज.वि.०–१०–१५ र कि.नं.७२१ को उत्तर पश्चिमबाट ज.वि.०–१२–५ समेत जम्मा ज.वि.१–३–० मैले २०२२ सालदेखि नै मोहीको हैसियतले जोत भोग गरी आएकोले मोही कायम गरिपाउँ भन्ने रिट निवेदकको निवेदन परेकोमा प्रत्यर्थी भू.सु.अधिकारीज्यूले कि.नं.७२१ को ज.वि.०–१२–५ मा मात्र मेरो मोही हक कायम रहने र कि.नं.७२० को ज.वि.०–१०–१५ जग्गामा मोही हक कायम नहुने मिति २०४१।४।२१ मा ठहर फैसला गर्नु भएको छ । ३. विवादित जग्गा म निवेदकले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) बमोजिम साविक जग्गा धनीसँग कुत कबूलियत गरी कमाई आएको जग्गा हो । ऐनको दफा २९ को उपदफा (१) र (२) को अवस्था नपरी मोही हकबाट वञ्चित हुनु पर्ने होइन । कानुनी अख्तियार बेगर गैरकानुनी ढंगबाट गरेको निर्णय बदरभागी छ जग्गाधनी फेरिंदैमा मोहियानी हक जाने होइन । परिवर्तित जग्गाधनी कुवेरनाथले मोही हक दिने नदिने भन्ने प्रश्न उठ्न सक्दैन । निज कुवेरनाथले मलाई मोही स्वीकार गरी बाली बुझी भर्पाई समेत गरिदिनु भएको छ । विपक्षी कुवेरनाथले मोही कायम गरी दिन मन्जूर नगरेको आधारमा गर्नु भएको निर्णय अ.बं.को १८४(क), १८५ नं.को समेत स्पष्ट विपरीत छ । वस्तुगत तथ्य र कानुनी प्रमाण आधारलाई बेवास्ता गरी ज.वि.०–१०–१५ जग्गाको मोही नहुने गरी गरेको निर