निर्णय नं. २५१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/२८ २२१० निर्णय नं. २५१० ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. १६५४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :मोरङ जिल्ला विराटनगर नगर पञ्चायत वडा नं.२० बस्ने नन्द विनोद भट्टराई । विरुद्ध विपक्षी :मोरङ जि.बुद्ध नगर गा.पं.वडा नं.२ बस्ने केदार राय कुर्मी । श्री भूमि सुधार अधिकारी,भूमि सुधार कार्यलय मोरङ विराटनगर । आदेश भएको मिति:२०४२।१०।२८।२ मा साविक जग्गाधनीकै पालामा ऐन बमोजिम रीतपूर्वकको सबै कारवाही भई हाल जग्गा हस्तान्तरणबाट जग्गाधनी परिवर्तन हुँदैमा प्रत्यर्थी मोही कायम रहन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय मोरङको मिति ०४१।७।२६ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. मोरङ जतुवा कठकुम्पा गा.पं. वडा नं.४(ङ) को कि.नं.४४ को १–०–० तथा कि.नं.१६१ को ०–१४–० समेत मोही नलागेको जग्गा नैनकुमारीसँग ०३७।१।५ मा राजीनामा लिई आफ्नै जोत भोगको जग्गा हो । विपक्षी केदारले साविक जग्गाधनी गणेशमान राठीको जतुवा कठकुप्पा गा.पं.वडा नं.४(ङ) को कि.नं. ३२, ९६ र ४४ को जग्गा विगाहा ४–०–०, साल २०१५ सालदेखि कमाई आएकोले मोहीको प्रमाणपत्र पाउँ भन्ने भू.सु.का.मा दिएको निवेदन । विपक्षी मोही होइनन् जग्गा म आफैंले जोती राखेको छु भन्ने समेत म निवेदिकाको प्रतिवादी परेकोमा भू.सु.का.मोरङले सरजमीन, १ नं.लगत २ नं.र ४ नं.अनुसूचीको आधारमा विपक्षी केदारले मोहियानी हकको प्रमाणपत्र पाउने गरी ०३८।१०।२१ मा टिप्पणी आदेश गरेकोमा सो आदेश बदर गरिपाउँ भनी म निवेदकले रिट गर्दा सबूद प्रमाणको मूल्याङ्कन नगरी निर्णय गरेकोले सो निर्णय बदर हुने र पुनः निर्णय गर्न परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जबाट ०३९।९।२० मा आदेश भई भू.सु.का.बाट पुनः निर्णय हुँदा १ नं.लगत २ नं.र ४ नं.जो.अ.नि., पञ्चायतको सिफारिश सरजमीन मुचुल्कामा र मालपोत कार्यालयको पत्रबाट समेत विपक्ष केदारले निवेदकको कि.नं.४४ को ज.वि.१–०–० र साविक कि.नं.९६ कित्ताकाट भई कायम भएको कि.नं. १६१ को ज.वि.०–१४–० को जग्गाको मोहियानी प्रमाणपत्र पाउने ठहर्छ भन्ने ०४१।७।२६ मा निर्णय भयो । ३. विपक्षीको निवेदनमा कि.नं.१६१ को मोही प्रमाणपत्र पाउँ भन्ने दावी नै छैन । दावी बेगर कित्ताकाटका कुरा उठाई विपक्षीलाई सुविधा सहुलियत दिएको त्रुटिपूर्ण छ । हुँदै नभएको जग्गाको पञ्चायतको सिफारिश गरेको प्रमाणिक मूल्य नहुने स्पष्ट छ । गणेशमान राठीको कि.नं. ३२, ४४ र ९६ नं.को जग्गा भएको भन्ने विपक्षी केदारको जिकिर कुनै पनि प्रमाणद्वारा सिद्ध भएको छैन । निजबाट उक्त जग्गा सर्दै हाल प्रतिवादीका नाममा कायम हुन आएको कुनै प्रमाण दिन सकेको छैन । मालपोत कार्यालयको ०३८।१०।१२ को पत्रबाट दावीको जग्गा गणेशमानको नाममा नाप नक्शा नभई भरतराज रेग्मीका नाममा नापी भई १७–४–० कायम भएको र विभिन्न व्यक्तिलाई बिक्री भई ०३०।३।७ मा कि.नं. ३२, ३४, ४४, ९७ र ५० को जग्गा नैनकुमारीलाई गएको निजबाट ०३