निर्णय नं. १२२८ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२२८ - ज्यान भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०१/०४ २०८९ निर्णय नं. १२२८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको फौ.पु.नं. १४६ फैसला भएको मिति : ०३६।१।४ मा पुनरावेदक : श्री ५ को सरकार विरूद्ध प्रतिवादी : भोजपुर हतुवादेवाल्टार गा.पं.वार्ड नं. ७ बस्ने बमबहादुर बस्नेत क्षेत्री समेत मुद्दा : ज्यान (१) करणीको कुराको आशंकामा सोधपुछ गर्दागर्दै मर्नेले एक्कासी खुर्पाले काट्न आँटेको अवस्थामा उठेको रिसको आवेशमा हिर्काएको चोटबाट मरेकोमा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुने । (प्रकरण नं. १९) फैसला न्या. बब्बरप्रसाद सिंह : प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न प्रकार छ : २. मर्ने रत्नबहादुर कवर क्षेत्री ०३१।२।१३ का दिन अं.२ बजे घरबाट हिंडी बहिनी जुवाँईको घर गएको नफर्केकोले ऐ.१४ गते खोजी गर्दा बाहुनडाँडा भन्ने जङ्गलको गुराँसको रूखमा झुण्डी मरेको रहेछ सो लास कुरूवा राखी जाहेर गर्न आएको छु कानून बमोजिम गरिपाउँ भन्ने समेत जाहेरी दरखास्त । ३. यी मर्ने मेरा जेठान हुन् यिनलाई मैले मारेको हुँ कारण यिनकी बहिनी मेरी श्रीमतीलाई सारी समाई करणी गर्न खोजेकोले सो रिसइवीले मैले मारेको हुँ गुइठे समेतले झुण्ड्याई दिनु पर्छ भनी भनेकोले निज गुइठे म र भक्तबहादुर समेत भई जङ्गलमा गुराँसको रूखमा झुण्ड्याएको हो भन्नेसमेत अभियुक्त बमबहादुर बस्नेतको प्रहरीमा भएको सावितीकागज । ४. रत्नबहादुरलाई बमबहादुरले मारेछन् के गरूँ भनी मसँग सोध्न आएकोले झुण्ड्याई मरेको पार्नु पर्छ भनी म समेत गई झुण्ड्याएको हुँ भन्ने समेत गुइठे भनेको वीरबहादुर कवरको प्रहरीमा भएको कागज । ५. ०३१ साल जेष्ठ १२ गतेको रात म सुती निदाएको बेला दाजु रत्नबहादुर आई मेरो गोडा समाई ढोगे भनेको कुरा मेरो श्रीमानबाट सुनेँ मैले थाहा पाइँन मेरो दाजु रत्नबहादुरलाई मेरो श्रीमानले एक्लै मारी गुइठे भक्तबहादुर समेतको मद्दतबाट झुण्ड्याएको हो भन्ने समेत लिलामाया बस्नेतको प्रहरीमा भएको कागज । ६. छोरा रत्नबहादुरलाई जुवाँई बमबहादुरले मारेका हुन् भन्ने समेत व्यहोराको दिलमायाको प्रहरीमा भएको कागज । ७. रत्नबहादुरलाई बमबहादुरले मारेको हो झुण्ड्याउन मद्दत देउ भनेकोले झुण्डाउन मद्दत दिएको हो भन्ने समेत भक्तबहादुर कवरले प्रहरीमा गरेको बयान कागज । ८. अभियुक्त बमबहादुरले रत्नबहादुरलाई मारेमा सावित भएकोले निजलाई ज्यान सम्बन्धीका १३ (३) नं. अनुसार मरीसकेको लासलाई कर्तव्यबाट बचाउन सहमति दिने वीरबहादुर भक्तबहादुरलाई ऐ.ऐनको ४ नं. बमोजिम सजाय हुनुपर्ने भन्नेसमेत प्रहरी प्रतिवेदन । ९. ०३१ जेष्ठ १२ गते रातको समयमा मर्ने जेठान रत्नबहादुरले निजकी बहिनी मेरो श्रीमतीलाई खुट्टामा समाई करणी गर्न खोजे मैले क्या हो भन्दा केही नभनी गए भोलिपल्ट भन्दा खुर्पीले काट्न आई लागेकोले दाउराले मुखमा र सण्डीमा हिर्काएपछि भुँडी फुटी मरे वीरबहादुर, भक्तबहादुरको सल्लाह अनुसार निजहरू र म समेत भई झुण्ड्याएको हुँ मैले मार्छु भनी मारेको होइन रिस थाम्न नसकी दाउराले हान्दा कुन ठाउँमा लागी मरेको हो भन्ने समेत बमबहादुरको अदालतमा भएको साविती बयान । १०. बमबहादुरले रत्नबहादुरलाई कर्तव्य गरी मारेछ सो कुरा भन्दा झुण्ड्याई देउ भनी म गुइठे र बमबहादुर भई झुण्डाएको हो भन्ने समेत भक्तबहादुरले अदालतमा गरेको बयान । ११. बमबहा