निर्णय नं. ७०४६ - क्षतिपूर्ति दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०४६ - क्षतिपूर्ति दिलाई पाउँ भाग: ४३ साल: २०५८ महिना: फागुन अंक: ११ फैसला मिति :२०५८/१०/०४ ५३७६ निर्णय नं. ७०४६ ने.का.प. २०५८, अङ्क ११/१२ पूर्ण इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५७ सालको दे. पु. ई. नं...... ६४ फैसला मितिः २०५८।१०।४।५ मुद्दाः क्षतिपूर्ति दिलाई पाउँ । पुनरावेदक/प्रतिवादी : हिमाल सिमेण्ट कम्पनी चोभार काठमाण्डौंको तर्फबाट अख्तियार प्राप्त ऐ. का महाप्रवन्धक रमाकान्त मैनाली विरुद्ध प्रत्यर्थी/वादी : भक्तपुर जिल्ला गुण्डु गा. वि. स. घर भै हाल का. जि. का. म. न. पा. वडा नं. ३५ सुविधानगर बस्ने ध्रुबबहादुर कार्की पुनरावेदक/वादी : भक्तपुर जिल्ला गुण्डु गा. वि. स. घर भै हाल का. जि. का. म. न. पा. वडा नं. ३५ सुविधानगर बस्ने ध्रुबबहादुर कार्की विरुद्ध प्रत्यर्थी/वादी : हिमाल सिमेण्ट कम्पनी चोभार काठमाण्डौं समेत § प्रतिवादी हिमाल सिमेण्ट कम्पनीले उत्पादन गरेको सिमेन्ट आफ्नो घरको ढलान कार्यमा प्रयोग गर्दा सो सिमेन्टको कारणबाट ढलान चुहिन गई नागरीक अधिकार ऐन, २०१२ को दफा ५ (५) (६) र ९ ले प्रदत्त गरेको सम्पत्ति सम्बन्धी अधिकारमा आघात पुग्न गयो भनी पुनरावेदक वादी ऐ. ऐनको दफा १७ (३) अन्तर्गत उजुरी लाग्ने अर्थात सो विषयमा उजुरी सुन्ने अधिकार क्षेत्र भएको पुनरावेदन अदालतमा फिराद पत्र लिई गएको र सक्षम अदालतबाट नै प्रस्तुत मुद्दामा निर्णय भएको देखियो । तसर्थ प्रस्तुत मुद्दाको फिराद पुनरावेदन अदालतमा लाग्ने होइन र नागरीक अधिकार ऐन, २०१२ को दफा १७ (३) मा उल्लेखित सम्बन्धित अदालत भन्नाले पुनरावेदन अदालतलाई जनाउँदैन भन्ने पुनरावेदक प्रतिवादी तर्फका कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन । § पुनरावेदक वादीले हिमाल सिमेन्ट प्रयोग गरी आफ्नो घरको दोश्रो तला मिति २०४९।५।४ मा ढलान गरी मिति २०४९।५।६ मा सो ढलानमा पाइपद्वारा पानी हाल्दा सिमेन्टले नसमाई पानी चुहिन गएको व्यहोरा उल्लेख गरी क्षतिपूर्तिका लागि उद्योग मन्त्रालयका सम्बन्धित निकायहरुमा मिति २०४९।५।११ मा निवेदन दिएको देखिन्छ । उक्त क्षतिपूर्तिका लागि वादीले दिएको निवेदनमा उद्योग मन्त्रालयबाट कारवाही हुँदाको क्रममा निवेदकले ढलान कार्यका लागि प्रयोग गरेको सिमेन्ट तथा ढलान कार्यमा सिमेन्टको Compressive Strength सन्तोषजनक हुनु पर्नेमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट सो को स्तर नेपाल गुणस्तर ४९।२०४१ भन्दा पनि तल्लोस्तरको देखिएकोले निवेदनको क्षतिपूर्ति दावी मनासिव देखिन्छ भन्ने उल्लेख गरी मिति २०४९।९।१२ को पत्रबाट हिमाल सिमेन्ट कम्पनीसँग प्रतिक्रिया माग गरेको देखिन्छ । यसै सम्बन्धमा उद्योग मन्त्रालयबाट ढलानमा विभिन्न बाह्य तवरले उक्त गुणस्तर कायम हुन नसकेको भए पनि सिमेन्टै परीक्षणबाट पनि गुणस्तर नेपाल गुणस्तर भन्दा कम रहेको प्रतिवेदनबाट देखिन्छ भन्ने व्यहोरा उल्लेख गर्दै गुणस्तर विभागको मिति २०४९।१०।१५ मा उल्लेखित बुँदा १ बमोजिम समस्या समाधान गर्न सकिने देखिएकोले सोही बमोजिम समाधान गर्न कारखानालाई निर्देशन तथा निवेदकलाई हिमाल सिमेन्ट कम्पनीमा सम्पर्क राख्न जान जानकारी दिनु पर्ने भनी मिति २०४९।११।१५ मा निर्णय भएको देखिन्छ । सोही व्यहोराको निर्णय अनुसार गर्नु हुन अनुरोध गरी हिमाल सिमेन्ट कम्पनी र वादी पुनरावेदकलाई उद्योग मन्त्रालयले मिति २०४९।११।१९ मा पत्र लेखेको समेत देखियो । क्षतिपूर्ति सम्ब