निर्णय नं. ७०४७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०४७ - अंश चलन भाग: ४३ साल: २०५८ महिना: फागुन अंक: ११ फैसला मिति :२०५८/०१/२७ ४७०० निर्णय नं. ७०४७ ने.का.प २०५८ अङ्क ११/१२ पूर्ण इजलास माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी सम्वत २०५४ सालको दे.पू.इ.नं....१३३ फैसला मितिः २०५८।१।२७।५ मुद्दाः अंश चलन । पुनरावेदक/वादी : का.जि.आलपोट गा.वि.स. वडा. नं. ५ वस्ने ललितवहादुर खड्का समेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. वस्ने वलराम खड्का समेत । § सहोदर नातीले मेरो हेरविचार टहल चाकरी पालनपोषण गरेको हुनाले मेरो भागमा आउने चल अचल श्रीसम्पत्ति अष्टलोह ग्रैह शेषपछि खानु भनी मिति २०१४।१०।२७ मा वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई शेषपछिको वकसपत्र गरीएको मिसिल संलग्न कागजातबाट देखिन्छ । वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई मिति २०१४।१०।२८ मा अष्टलोह गैह्र सम्पत्ति वज्यै नरदेवाका हकमा २०९९।१०।१६ मा सानो छुट्टिएको मिति कायम भएपछि शेषपछिको वकसपत्र पारित गरी दिएको कुरामा कुनै विवाद देखिदैन । दाता वज्यै नरदेवाको २०१६।७।२८ मा मृत्यु भए प्रश्चात प्रतिवादी वलराम खड्काले आफ्ना पिता दलबहादुर खड्का उपर वज्यै नरदेवाको अंश भाग जति शेषपछिको वकसपत्र वमोजिम अशं भाग छुट्याई पाउँ भनी दिएको अंश मुद्दा का. इ.दे.अ. बाट मिति २०१९।३।३१ मा शेषपछिको वक्सपत्र वमोजिम वादीले अंश लिन पाउने ठहरी फैसला भएको संलग्न प्रमाण मिसिलबाट देखिन्छ । उक्त फैसला वमोजिम सोही मितिमा का.इ.दे.अ. बाट खडा गरीएको वण्डा मुचुल्कामा यी प्रतिवादी वलरामको हकमा १९९९।१०।१६ मा सानो छुट्टिएको मिति कायम भै त्यसको अघिल्लो दिन सम्मको तायदाती लिई वज्यै नरदेवाको वकसपत्र वमोजिमको सम्पत्ति वण्डा छुट्यार्इ लिएको मिसिल संलग्न वण्डा मुचुल्काको प्रतिलिपिबाट देखिन आयो । प्रतिवादी वलराम खड्काले शे.व. वमोजिमको सम्पत्ति अंश लिन पाउने ठहरी मिति २०१९।३।३१ मा का.इ.दे.अ. बाट भएको फैसला वदर गरी पाउँ भनी यी वादी ललितवहादुर र निजकी आमा सुन्तलीले काठमाण्डौं जिल्ला अदालतमा दिएको मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी मिति २०३२।८।१५ मा फैसला भएको र सो उपर परेको पुनरावेदन २०३३।८।२९ मा वागमती अंचल अदालतबाट सो फैसला वदर नहुने भनी फैसला भै उक्त फैसला अन्तिम भएर वसेको देखिन्छ । वादी वलराम खड्का प्रतिवादी दलवहादुर भएको साथै पेश भएको लगाउको अंश मुद्दामा शुरु काठमाडौ जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा भएको आदेश उपर यिनै प्रतिवादी वलरामको अ.व. १७ नं. अन्तर्गत मानो छुट्टिएको मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा शुरुको आदेश वदर गरी वलराम खड्काको हकमा मिति १९९९।१०।१६ लाई मानो छुट्टिएको मिति कायम गर्ने गरी आदेश मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।९२६ मा र सर्वोच्च अदालतबाट २०४३।१।३१ मा कानून वमोजिम गर्ने आदेश भै अन्तिम भएर रहेको देखिन्छ । तसर्थ प्रतिवादी वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ अदालतको फैसला तथा आदेशले तहतह हुँदै अन्तिम भएर रहेको देखिँदा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरीनुपर्छ भन्ने पुनरावेदन वादी तर्फबाट विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन । § प्रतिवादी वलराम खड्काले वज्यै नरदोवाबाट मिति २०१४।१०।२८ मा शे.व. बाट पाएको सम्पत्तिमा वादीको समेत अंश भाग लाग्ने हो, होइन भन्ने तर्फ विचार गर्दा प्रतिवादी