निर्णय नं. ७०४८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०४८ - उत्प्रेषण समेत भाग: ४३ साल: २०५८ महिना: फागुन अंक: ११ फैसला मिति :२०५८/१०/०२ २८९८ निर्णय नं. ७०४८ ने.का.प २०५८ अङ्क ११/१२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०५५ सालको रिट नं....३५७३ आदेश मितिः २०५८।१०।२।३ विषयः उत्प्रेषण समेत । निवेदक : का.जि. का.म.न.पा. वडा नं. ३२ बस्ने केशव नेपाल विरुद्ध विपक्षी : काठमाण्डौं जिल्ला अदालत, तहसिल शाखा समेत § निवेदक केशव नेपालको छोरा अनुप नेपाल अंशवण्डा भई छुट्टिई भिन्न भइसकेको र निजले ऋण रकमका सम्बन्धमा निवेदकको कुनै सरोकारै नभएकोमा निवेदकको दर्ता तथा हक भोगको का. जि. का. म. न. पा. वडा नं. ३२ कालिका स्थान स्थित कि. नं. १३४ र १३५ को घरजग्गा खीमा खापुङ वादी अनुप नेपाल प्रतिवादी भएको लेनदेन विगो मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०५४।११।८ मा भएको लिलाम वदर गरी पाउँ भन्ने निवेदन जिकिर लिएको देखिन्छ । § विपक्षी खिमा खापुङ वादी र अनुप नेपाल प्रतिवादी भएको लेनदेन मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट मिति २०४९।३।१५ मा वादी दावी बमोजिम साँवा व्याज समेत भराई दिनुपर्ने ठहरी भएको फैसला पुनरावेदन अदालत पाटनबाट मिति २०५३।२।४ मा सदर भएको देखिन्छ । उक्त फैसला अनुसार प्रतिवादी अनुप नेपालबाट भरी पाउने ठहरेको साँवा व्याज समेत भराई पाउन प्रतिवादीका एकाघरका पिता केशव नेपालको नाममा दर्ता भएको का. जि. का. म. न. पा. वडा नं. ३२ कि. नं. १३४ र १३५ को घर जग्गा समेत देखाई विगो भरी पाउन विपक्षी खीमा खापुङको काठमाण्डौं जिल्ला अदालतमा परेको निवेदन अनुसार निज विपक्षीले भरी पाउने ठहर भएको रकम दाखिल गराउन म्याद तामेल भएकोमा प्रतिवादीबाट रकम दाखिल नभएकोले विपक्षीले आफ्नो निवेदनमा देखाएको उल्लेखित कि. नं. १३४ र १३५ को घर जग्गा लिलाम गरी दावी अनुसारको रकम असुल उपर गर्ने कारवाही चलाई मिति २०५४।११।८ मा उक्त घर लिलाम भएको मिसिल संलग्न लिलाम मुचुल्का बाट देखिन्छ । उक्त लिलाम मुचुल्का हेर्दा लिलाम सम्बन्धी कारवाही आफ्नो रोहवरमा भएको हो भनी रोहवरमा प्रतिवादीका एकाघरका पिता भनी निवेदक केशव नेपालले सहिछाप गरेको पाईन्छ । निवेदक केशव नेपालले अफ्नो घर जग्गा लिलाम भएकै मितिमा विपक्षी खिमा खापुङलाई प्रतिवादी अनुप नेपालले फैसला बमोजिम तिर्नु पर्ने साँवा व्याज र कोर्टफि समेतको रकम कट्टागरी वढी भएको रकम फिर्ता पाउन निवेदन दिई उक्त निवेदन बमोजिमको वाँकी रकम काठमाण्डौं जिल्ला अदालतमा आफै उपस्थित भई बुझी भरपाईसमेत गरी दिएको देखिन्छ । यसरी आफू समेत संलग्न भई निवेदकले लिलाम सम्बन्धी काम कारवाही स्वीकार गरेको अवस्थामा कानून बमोजिम भएको उक्त काम कारवाही वदर हुनुपर्ने नदेखिने । (प्र. नं. ९) निवेदकका तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री बालमुकुन्द श्रेष्ठ तथा श्री मोहन पन्त । विपक्षीका तर्फबाट : विद्वान उप न्यायाधिवक्ता श्री अमृत बहादुर वस्नेत, विद्वान अधिवक्ता श्री ओमप्रसाद थपलिया । अवलम्वित नजिर : आदेश प्र. न्या. केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (२) अन्तर्गत अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यस प्रकार छः २. का. जि. का. म. न. पा. वडा नं. ३२ कालिकास्थान स्थित कि. नं. १३४ को क्षेत्रफल ०—१—०—१ र कि. नं. १३५ को क्षेत्र ०—१२—१—३ र सो मा वनेको ३ तल्ले पक्की घर समेत म निवेदकको दर्ता तथा हकभोगमा छ । वादी खीमा खापुङ प्रतिवादी मेरो छोरा अनुप