निर्णय नं. ७०५० - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०५० - उत्प्रेषण समेत भाग: ४३ साल: २०५८ महिना: फागुन अंक: ११ फैसला मिति :२०५८/०६/१२ २९२२ निर्णय नं. ७०५० ने.का.प. २०५८ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्वत २०५४ सालको रिट नं....२७९८ आदेश मितिः २०५८।६।१२।६ विषयः उत्प्रेषण समेत । निवेदक : लम्जुङ्ग तार्कुघाट गा.वि.स. वडा नं. ५ घर भई हाल जि. चितवन भरतपुर नगरपालिका वार्ड नं. १२ पोख्रेलीटोल वस्ने नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाका वरिष्ठ सहायक उद्धवविलास पन्त विरुद्ध विपक्षी : नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय दरवारमार्ग समेत § रिट निवेदकलाई नेपाल विद्युत प्राविधिकरण कर्मचारी सेवा विनियमावली, विपरित कार्य गरी जानी जानी प्राधिकरणलाई हानी नोक्सानी पुर्‍याउने नियतले हिनामिना गरेको आरोपमा भविष्यमा प्राविकरणको सेवाको लागि अयोग्य ठहरिने गरी प्राधिकरण विभागीय कारवाई समितिबाट मिति २०५४।११।१२ को निर्णयले सेवा मुक्त गरेको र सोहि निर्णयलाई प्राधिकरणको पुनरावेदन समितिले प्राधिकरणको पुनरावेदन समितिले सदर गरेको देखिन आउँछ । रिट निवेदन र निवेदक तर्फबाट विद्वान अधिवक्ताहरुको वहसमा मूलतः २०५१ सालको ने.का.प. पृष्ट ११ मा प्रकाशित सिद्धान्तको उल्लेख गर्दै वर्खास्तीको सजाय गर्ने अधिकारीले नै स्पष्टीकरण माग गर्नुपर्ने जिकिर लिनु भएकोमा नेपाल विद्युत प्राधिकरण कर्मचारी विनियमावलीको विनियम १२० (१) मा स्पष्ट वेग्लै किसिमको व्यवस्था गरेको देखिन आउँछ । स्पष्टीकरण लिने अधिकारी र अवकाश दिने अधिकारी वेग्ला वेग्लै रहेको कानूनको स्पष्ट व्यवस्था भई राखेकोमा वाहेक कानूनमा स्पष्ट व्यवस्था नरहेको अवस्थामा लागु हुने उल्लेखित सिद्धान्त प्रस्तुत रिटको सन्दर्भमा आकर्षित हुने देखिन आएन । कानूनको स्पष्ट व्यवस्था सैदान्तिक शुत्रको अपवादको रुपमा लागू हुन्छ र कानूनमा लेखिएको कुरा उपर सैद्धान्तिक शुत्रहरु अभिधावी (suprsede) हुने गरी लागु गर्न मिल्दैन । तर्सथ विपक्षी प्राधिकरणको दिग्दर्शन, २०४८ को व्यवस्थाले हेडक्यासियरको कार्य गर्ने कर्मचारीले संकलित सवै रकमहरु प्राधिकरणको खातामा जम्मा गर्नु पर्ने र संकलित रकमको हिसाव किताव दुरुस्त राख्नु पर्ने जवाफदेहि निर्वाह गर्नुपर्ने देखिन आउँछ । काउण्टरको रसिद वमोजिम काउण्टरको कर्मचारीले रकम वुझाएको छ कि छैन हेरी वुझी लिनु पर्नेमा कानून बमोजिम निर्धारित कर्तव्य जानी बुझी पालन नगर्ने निवेदक उपर प्राधिकरणको अधिकार प्राप्त अधिकारीबाट कारवाई भएको देखिएको कानून अनुरुप नै हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.जं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने अवलम्बित नजिरः आदेश न्या. केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. निवेदक तत्कालीन साना जल विद्युत विकास समितिको पश्चिमान्चल क्षेत्रीय कार्यलय पोखराको ना.सु पदमा मिति २०४१।१२।१२ मा स्थायी नियुक्ति पाई तत्पश्चात ने.वि. प्राधिकरण अन्तर्गत विभिन्न शाखा तथा क्षे.का.मा. सरुवा हुँदै भरतपुर शाखाको मिति २०५१।११।३ च.नं. ६६० को पत्रबाट अन्य काउण्टर शाखामा हेड क्यास्यिर भई कामकाज गर्दै आइरहेको अवस्थामा दैनिक ग्राहकसँग रकम वुझ्ने क्लर्क मरिचमान सिंहलामाले काउण्टर नं. २ एरिया नं. २ र ६ को विद