निर्णय नं. २५११ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५११ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०८/०६ २४६७ निर्णय नं. २५११ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १२२१ विषय : उत्प्रेषण । निवेदक :लुम्बिनी अञ्चल गुल्मी जिल्ला गा.पं.वडा नं.३ बस्ने पं.डिल्लीराज उपाध्याय भन्ने डिल्लीराम ज्ञवाली । ऐ.ऐ बस्ने छविलाल ज्ञवाली । ऐ.ऐ बस्ने हरि प्रसाद ज्ञवाली । ऐ.ऐ बस्ने सोमकान्त ज्ञवाली । ऐ.ऐ बस्ने टंकनाथ ज्ञवाली । ऐ.ऐ बस्ने पवित्रा ज्ञवाली । ऐ.ऐ बस्ने नर्मदा देवी ज्ञवाली । ऐ.ऐ बस्ने केशव राम ज्ञवाली । ऐ.ऐ बस्ने घनश्याम ज्ञवाली । ऐ.ऐ बस्ने रघुनाथ ज्ञवाली । ऐ.ऐ बस्ने कविराज ज्ञवाली । ऐ.ऐ बस्ने चित्तराम ज्ञवाली । ऐ.ऐ बस्ने ऋष बहादुर ज्ञवाली । ऐ.ऐ बस्ने कान्त बहादुर क्षेत्री । ऐ.ऐ बस्ने बुद्धी बहादुर क्षेत्री । ऐ.ऐ बस्ने श्याम बहादुर क्षेत्री । ऐ.ऐ बस्ने शारदा ज्ञवाली । ऐ.ऐ बस्ने दान बहादुर क्षेत्री । ऐ.ऐ बस्ने परमानन्द ज्ञवाली । ऐ.ऐ बस्ने भुमेश्वर ज्ञवाली । ऐ.ऐ बस्ने तेज नारायण ज्ञवाली । विरुद्ध विपक्षी :९ नं.नापी गोश्वारा कार्यालय तम्घास गुल्मी । ऐ.२ नं. नापी टोली रुरु गा.पं.को हाल तम्घास गुल्मी । अध्यक्ष वन नियन्त्रण पहाडी क्षेत्रमा आवादी र वन जंगल क्षेत्र छुट्याउने समिति मुकाम तम्घास गुल्मी । ऐ.समिति सदस्य गुल्मी माल अधिकृत । ऐ.समिति का.मु.प्रमुख नापी अधिकृत ९ नं.नापी गोश्वारा तम्घास । वन उप-समिति जिल्ला गुल्मी रुरु गा.पं.कार्यालय रुरु । आदेश भएको मिति:२०४२।८।६ मा पहाडी क्षेत्रमा आवादी र वन जंगल छुट्याउने समिति कुन कानुन अन्तर्गत गठन भएको देखिन नआएकोले उक्त समितिले गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ : २. हेमजंग राणा समेतका राणाहरूको छुट्टै दर्ताको जग्गालाई राजी जंगलसँग मिसाई गाभी जंगल कायम गरिएको छ । सो जंगल छुट्टै ४ किल्ला भित्र छुट्टै छ । हामीहरूले खरीद गरी लिएको राणाहरूको छुट्टै ४ किल्लाको छुट्टै जग्गा छ । प्रस्तुत विवादको गुल्मी जिल्ला रुरु गा.पं.वडा नं.३ कि.नं.४७ र वडा नं.४ को कि.नं.११० का जग्गाहरू जगतजंग राणाका सन्तान काठमाडौंबाटभागी गई यस रुरु गा.पं.अन्तर्गत रहे बसेको रहेछन् । निज जगतजंगका सन्तानलाई तत्कालिन राणा सरकारले एक छापे गरी जग्गा दिएको रहेछ । सो जग्गा पहिले बेच बिखन गर्न नपाउने गरी बन्देज लगाएको रहेछ । पछि बिक्री गर्न पाउँ भनी निवेदन दिएछन् र बिक्री गर्न स्वीकृति प्राप्त भएछ । हामी निवेदक समेतका विभिन्न व्यक्ति र यस निवेदनमा उल्लिखित नभएमा अरु व्यक्तिहरू समेतलाई निज जगतजंग सन्तानका हकदारहरूले अंशबण्डा दर्ता विभिन्न आधारहरूमा रजिष्ट्रेशन पारित गरी र केही तत्कालिन कानुन अनुसार घरसारमा राजीनामा समेत गरी हक छाडी दिएको रहेछ । जगतजंगका सन्तानका नाममा दर्ता रहेको श्रेस्ता र अन्य प्रमाणहरू गुल्मी माल कार्यालयमा मौजूद छन् । म निवेदक डिल्लीराम र जय निधीको व्यहोरा यो छ की हेमजंग राणाकी पत्नी कृष्णकुमारीदेवी राणा अंश भागबाट हेमजंग जिम्माको