निर्णय नं. २५१३ - जग्गा दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५१३ - जग्गा दर्ता बदर भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०९/०५ २३०३ निर्णय नं. २५१३ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४१ सालको दे.पु.नं.७९० मुद्दा : जग्गा दर्ता बदर । पुनरावेदक/वादी:कास्की जिल्ला पो.नगर पंचायतवडा नं.१० राम बजार बस्ने पद्मबहादुर पोख्रेल । ऐ.ऐ बस्ने विमल बहादुर थापा क्षेत्री । विरुद्ध विपक्षी/प्रतिवादी :का.जि.का.नगर पंचायतवडा नं.१६ क्षेत्रपाटी बस्ने राजेन्द्र बहादुरको मु.स.गर्ने किरण कुमार बस्नेत । फैसला भएको मिति:२०४२।९।५।६ मा राजीनामाबाट हक भई संयुक्त रुपमा भोगी आएको भन्ने भनाई भएकोलाई त्यस्तो वादीको हक भएको मुख्य स्रोतको विषयमा प्रतिवादीलाई सुनाइएकोमा त्यसतर्फ ठहर निर्णय गर्दा कुनै कुरा ठहरमा नबोलिएकोले त्यस विषयमा समेत एकैपटक निर्णय गर्नु पर्ने कानुनी व्यवस्थाको अनुशरण गरी मात्र निर्णय गर्नु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक, वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्दप्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. मेरा बाबु त्रिलोकीका नाममा दर्ता भएको पूर्व, विरौटो खेत डि.रत्नबहादुर टाडो कुलो पश्चिम छिन्ने डाँडाबाट पोखरा जाने मुल बाटो र के.एम विक्रम समेतको तारवार साँध दक्षिण हवेली जाने तेर्सो बाटो यति ४ किल्लाभित्रको विजन माना ।।२ को तिरो रु. ।२२ को चौराले नामपाटा पाखो भाइहरूसँग छुटी भिन्न हुँदा म पदम बहादुरको अंशमा पर्न आई भोग गरेकोमा मलाई घर खर्च आवश्यक परेकोले रु. ९९।– मा २०३२।३।२५ मा विमलबहादुरलाई राजीनामा गरिदिएको हुन विजनमाना ।।२ को आधा विजनमाना ।।१ को जग्गा म विमलबहादुरको र आधा विजनामाना ।।१ को म पदमबहादुरको हुँदा सगोलबाट भोग गरेका छौं । उक्त हाम्रो हकको जग्गामा विपक्षी प्रतिवादीले २ नं.नापी टोलीबाट नाप नक्शा हुँदा आफ्ना नाममा कि.नं.७३३ मा कित्ताकाट दर्ता समेत गराएका छन् सो कित्ता काटी गराएको दर्ता बदर गरी हाम्रा नाममा सदर गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. उक्त उल्लिखित कि.नं. ७३३ को जग्गा म समेतलाई भएका हु.प्र.मुताविक हामीहरूका मन्जूरीले का.प.धनविक्रमका नाममा दर्ता नम्बरी भएको धनविक्रमबाट मेरो भोग बण्डा छुट्याई मेरा नाममा दर्ता गरेको हुन् वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी। ४. विशेष अदालत नापी शुरु भएपछि टोलीले दिएको सूचना म्यादभित्र परेको उजूरी लिई हेर्ने निर्णय गर्न गठन नभएको यो भाद्र मसान्तसम्मको म्याद तोकिएको हुँदा गत सालमा भएको नापीको ४५ दिनभित्र परेको उजूरीमा नापी कार्यालयले दिएको सूचना म्यादभित्र लालपुर्जा बदर गर्नेतर्फ यो उजूरी कारवाहीबाट यस अदालतबाट निर्णय दिई रहन पर्ने भई वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु नगर नापी योजना नापी सम्बन्धी विशेष अदालत र समितिको फैसला । ५. सो खारेज गर्ने गरेको विशेष अदालतको फैसलामा चित्त बुझेन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतमा वादीले दिएको पुनरावेदन । ६. यसमा नापी भ