निर्णय नं. २५१४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५१४ - अंश भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/२४ २२३८ निर्णय नं. २५१४ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ६५६ मुद्दा : अंश । पुनरावेदक/वादी:बा.अं.का.प.जि. घुर्सेनी सिवालय गा.पं.वा.नं.४ घर भै हाल का.जि. कमल पोखरी बस्ने छविलाल भन्ने सिताराम गौतम । विरुद्ध विपक्षी/प्रतिवादी :का.प.जि.घुसेनी सिवायल वा.नं.३ हाल वा.नं.३ बस्ने राम बहादुर गौतम । ऐ.ऐ बस्ने कर्नाखर गौतम । ऐ.ऐ बस्ने धनेश्वर गौतम । फैसला भएको मिति:२०४२।१०।२४।५ मा अंशबण्डाको ३ नं.ले वादी दावी बमोजिम अंश नपाउने गरी शुरुले गरेको इन्साफलाई मनासिव ठहराई गरेको इन्साफ कानुन अनुरुप मिलेको देखिने । (प्रकरण नं. ९) पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्दप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा वादीले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. बाबा जयभद्र आमा जसोदाबाट जायजन्म भएका माहिला अघि नै परलोक भइसकेका, साहिंला धनेश्वर काहिंला म फिरादी कान्छा कर्नाखर समेत हामी अंशियारहरू ४ जनाको यो यो अंश यो यो घर जग्गा धनी जेठा दाजु रामचन्द्र समेतले बण्डा खडा गरी छुट्टिएको बखत आफ्नो–आफ्नो अंश भागमा जाने भनी बण्डापत्रमा घरसारमा खडा गरी अन्यायवाला कर्नाखरसँग रहेको, म फिरादीले आफ्नै आर्जन र परिश्रमबाट जिवीका गरी आएको र बाबु आमाको नाउँमा कुनै अचल सम्पत्ति विपक्षीहरूले मलाई नदिएकोले फिराद गर्न आएको छु । २००९ साल बैशाख अघिल्लो दिनसम्मको बण्डा गर्नुपर्ने तायदाती विपक्षीहरूबाट लिई चार भागको १ भाग अंश दिलाई पाउँ भन्ने व्यहोराको फिराद । ३. वादीले अघि नै अंश खाई अंश वापतको जग्गामा म प्रतिवादी मध्येको धनेश्वरबाट रु. ९९।– मा ०१६।१।१५ गते केही जग्गा बिक्री गरेको र केही जग्गा रामबहादुर गौतमलाई ०२७।११।२५ मा का.प.जि.माल कार्यालयबाट रजिष्ट्रेशन पास गरी दिई बाँकी जग्गा आफ्नो श्रीमतीको नाउँमा नापी गराई दोहरो अंश लिन खान पाउछु कि भनी त्यो झुठ्ठा फिराद गरेका हुन् वादीलाई अंश दिन बाँकी छैन भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र । ४. वादीले अंशबण्डाको ३० नं.बमोजिम अंश पाइसकेको देखिँदा अंश पाउँ भन्ने दावी नपुग्ने ठहराई मिति ०३९।८।२९ गते का.प.जि.अ.बाट भएको फैसला । ५. उपरोक्त फैसला उपर चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदकको निवेदन पर्न जाँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश । ६. यिनै वादी सिताराम र प्र.करुणाखर भएको जग्गाखिचोला मुद्दामा ०३०।२।२२ मा नालेश पर्दा २००९ सालमा छुटिएको कुरा स्वीकार गरेको देखिँदा आफैंले प्रष्ट रुपमा नै छुटी आफ्नो–आफ्नो व्यवहार गरे भनी सकेपछि पुनः अंश पाउँ भन्ने दावी लाग्न सक्दैन । इन्साफ शुरु जि.अ.को मनासिव ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला । ७. उक्त फैसलामा समेत चित्त नबुझेको हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादी छितारामले यस अदालतमा निवेदन दिंदा घर सारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भाग शान्ती लिई दाखेल खारेज गरेकोमा बण्डा बमोजिम आफ्नो अ