निर्णय नं. २५१५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५१५ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०८/१७ २१२६ निर्णय नं. २५१५ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४१ सालको रिट नं. १२७५ विषय : उत्प्रेषण । निवेदक :जि.रौतहट,तत्कालिन लक्ष्मीपुर गा.पं.वार्ड नं.२ हाथियाही गा.पं.वार्ड नं.३ मा बस्ने शेष महम्मदीन । विरुद्ध प्रत्यर्थी :भू.सु.अधिकारी भू.सु.कार्यालय रौतहट । जि.रौ.हाल हथियाही गा.पं.वार्ड नं. ३ बस्ने शिव राउत कुर्मी । ऐ.ऐ बस्ने जोगिन्द्र राउत कुर्मी । ऐ.ऐ बस्ने श्रीमती महंगी देवी कुर्मिनी । ऐ.ऐ बस्ने फरीद देवान । आदेश भएको मिति:२०४२।८।१७ मा पक्ष विपक्ष नभएको रिट निवेदनलाई निर्णयबाट असर परेको अ.बं.८६ नं.बमोजिम अन्य उपचारको व्यवस्था भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट :विद्वान सरकारी का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् । २. जि.रौतहट गा.पं.वार्ड नं.९ को कि.नं.४११ को शिव राउत कुर्मीको नाउँको जग्गा निज प्रतिरक्षी संगको लुटपीट मुद्दामा मैले भरी पाउने ठहरेको बिगो भरी भराउने सन्दर्भमा रौ.जि.अ.बाट लिलाम हुँदा सो जग्गा मध्ये उत्तरतर्फबाट ज.वि.०–९–१० सबै भन्दा बढी अङ्क रु. ९४०।– मा मिति ०३४।७।२८ गतेमा लिलाम सकार गरेकोले अदालतबाट मिति ०३४।८।५ मा चलन पुर्जी समेत पाएको थिएँ । विपक्षी शिव राउत कुर्मीले आफ्नो सगोलको छोरा जोगिन्द्र राउत कुर्मीलाई मिति ०३५।६।१६ मा बकसपत्र गरिदिनु भयो निजहरू उपर उक्त लेखत दर्ता बदर बाली बिगो मुद्दा दिएकोमा रौतहट जि.अ.बाट लेखत दर्ता बदर हुने ठहरी ०३७।२।१२ मा फैसला भयो र सो फैसला बमोजिम गरिदिन अदालतबाट मालपोत कार्यालय रौतहटलाई पत्र लेखी करवाही हुँदा निज जोगेन्द्रले आफ्नो सगोलको स्वास्नी महंगीदेवी कुर्मीनीलाई ०३६।९।६ मा सो जग्गाको बकसपत्रको लेखत पारीत गरी दिइएको र सो उपर मैले ०३७।५।२४ मा रौतहट जि.अ.मा दर्ता बदर मुद्दा दिएको हाल मुलतवीमा रहेको छ । यसै विच प्रत्यर्थी जोगेन्द्र राउत कुर्मीले इतलायनामा कीर्ते गरी तामेल गरेको भनी म उपर नालेश गरेकोमा डिसमिस भई अञ्चलबाट समेत रु. २५।– जरिवाना गरी फैसला भएपछि फरिद देवानलाई सहयोगी बनाई उक्त जग्गामा टंटा खिचोला गरेकोले हाल सो मुद्दा रौ.जि.अ.मा कारवाही भइरहेछ र निज महंगीदेवी र फरीद देवान मिली ०३७ साल बैशाख २९ को मिति पारी रसीद समेत खडा गरी फरीद देवानले भू.सु.का.रौतहटमा मोही प्रमाणपत्रको लागि निवेदन पर्दा भू.सु.का. बाट ०४०।५।१६।५ मा मोहियानी हक कायम हुने निर्णय भएको हाल नक्कल लिएबाट थाहा हुन आयो । यसरी मुद्दा चल्दा चल्दै र अदालतको पटक–पटकको फैसलाले मेरो हक भएको जग्गा सम्बन्धमा भू.सु.अधिकारीले कुनै ध्यानै नदिई गर्नु भएको निर्णय अ.बं.८२ नं.हकदैयाको सिद्धान्त तथा ऐनको दफा २५(२) र दफा ३४ (१) को समेत विपरीत भएकोले उक्त भू.सु.का.को निर्णय बदरभागी छ। मोही कायम गर्नु भन्दा पहिले जग्गाको दर्ता बुझ्नु भएको छैन मालपोत कार्यालयसँग दर्ता बाझिएको भए रोक्का व्यहोराबाट जग्गाको विवाद सम्बन्धमा स्पष्ट आउने नै थियो अतः बुझ्नु पर्ने खास र प्रत्यक्ष प्रमाण नबुझिएबाट