निर्णय नं. २५१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५१६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०८/२० २११५ निर्णय नं. २५१६ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १४८७ विषय : उत्प्रेषण । निवेदक :का.नगर पंचायतवडा नं.४ लोहसाल बस्ने कृष्ण बहादुर शाही । विरुद्ध विपक्षी :का.नगर पंचायतवार्ड नं.२३ झोछें बस्ने सरराज मानन्धरनी । का.नगर पंचायत वार्ड नं.४ लोहसाल बस्ने हरि शरण सिंह ठकुरी । काठमाडौं मालपोत कार्यालय । आदेश भएको मिति:०४२।८।२० मा हक बेहकमा निर्णय दिनुपर्ने कुरा माल कार्यालयको क्षेत्राधिकारको नहुँदा सम्बन्धित निकायमा गई निर्णय गराउनु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली विपक्षी तर्फबाट : विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत मिति २०४१।७।२।५ मा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. भू.सु.सर्भे नाप जाँच हुँदा कि.नं.२३ र कि.नं.५१ जग्गाको क्षेत्रफल ३–८–० कायम भई मोहीया कृष्ण बहादुर शाही हाडीगाउँ लोसाल भनी जनिई जग्गाधनीमा भूलबाट अष्टलाल मानन्धरको विर्ता गुठी भनी जनिन गएकोले सो भूलसुधार गरी साविक रै.नं.१०७० काठमाडौं ८६ साल खेत ।१२। को धान ।२।४ कट्टा भई बाँकी धान २।१७।४।१०।३। ले तिरो तिश गर्नु पर्ने जग्गाबाट भिडाई दर्ता प्रमाणित गरी ज.ध.प्रमाण पूर्जा पाउँ भन्ने मेरो निवेदन र सोही जग्गा मौजा महाराजगंज हा.नं.४५७ हकमडोल २–२ को जग्गाबाट भिड्न हो भनी जग्गाधनीमा मलाई देखाउनु पर्नेमा भूलबाट अष्टलाल मानन्धरको बिर्ता गुठी भनी लेखाई दिएकोले सो समेत संशोधन गरी ज.ध.प्र.पूर्जा पाउँ भन्ने सरराज मानन्धरनीको निवेदन मालपोत कार्यालयमा परिरहेकोमा हामीहरूका बाबु कृष्णबहादुर सिं ठकुरीका नाउँमा यस कार्यालयमा रै.नं.१०७० को लगतमा दर्ता भएको मौजे हाडीगाउँको चौ.जंगप्रताप शाहको खान्गी पाखो रोपनि ४।–।।। भई दर्ता भएको नापीमा का.नगर पंचायतवडा नं.२३ कि.नं.८९ क्षेत्रफल ३–१५–० भई ज.ध.मा हामीहरूको बाबु कृष्णबहादुर सिंह भनी लेखाउन पर्नेमा भूलबाट ज.ध.लाल सिं ज्यापू भन्ने लेखिए तापनि निजको नभई हामीहरूको बाबुको नाउँमा भिड्ने जग्गा हो । बाबु ०१९ सालमा परलोक भई हामी निवेदक छोरा २ देखि बाहेक अरु नभएको र अद्यापि तक भोगी आएकोमा कुष्णबहादुर सिंह ठकुरीका नाउँको दर्ता मोठलाई कृष्णबहादुर शाहीले कृष्णबहादुर शाहीमा नाउँमा दर्ता नहोस् भन्ने हरिशरण सिं ठकुरी समेतको निवेदनपत्र परी मालपोत कार्यालय काठमाडौंबाट मिति ०४१।६।१ मा १०७० को रसिद भिडी कृष्णबहादुर शाहीको हुने वा पाहीबाट भिडी हरिशरण सिं ठकुरीको हुने हो वा ४५७ बाट सरराज मानन्धरनीको हुने हो भन्ने कुराको निर्णय दिने अधिकार यस कार्यालयलाई नभएको हुँदा सम्बन्धित निकायमा जान सम्बन्धित पक्षलाई सुनाई मिसिल तामेलीमा राख्ने भन्ने टिप्पणी आदेश भएको । ३. विपक्षी हरिशरणको निवेदनमा उल्लेख भएको जग्गा र मैले दावी गरेको जग्गा छुट्टैछुट्टै पाखा र खेतको छुट्टा छुट्टै नामको र माटो समेत छुट्टा छुट्टै हुँदा हरिशरणको दावी मिथ्या र झुठ्ठा भन्ने सरासर देखिएकोमा सो निवेदन तामेलीमा राख्नु पर्नेमा सो नगरेको अ.बं.१९ नं.को विपरीत भएको विपक्षी सरराज मान्धरनीले दावी लिएको र मैले दावी लिइएको जग्गा एउटै हुँदा विवादित