निर्णय नं. ८६५९ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६५९ - सवारी ज्यान भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/१२/२४ ७९६९ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६५–CR–०५४९ फैसला मितिः २०६७।१२।२४ मुद्दा : सवारी ज्यान । पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं. १३ देवीनगर बस्ने ईन्द्रप्रसाद खनाल विरूद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरू फैसला गर्ने :– मा.न्या.श्री लेखनाथ दाहाल पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री केशवप्रसाद मैनाली मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी § कुनै सवारी चालकले कसैलाई नियतपूर्वक ठक्कर दिई मानिसको ज्यान मर्न गएको अवस्थामा सो सवारी साधन ज्यान मार्न प्रयोग गरिएको साधनको रुपमा रहने र त्यस्तो कार्यलाई अचानक भएको दुर्घटना (Accident) मान्न नसकिने । (प्रकरण नं.४) § अपराधको लागि चाहिने मनसाय तत्वको रुपमा लापरवाही (Recklessness) स्थापित गर्न घटना घटाएको समयमा निषेध गरिएको परिणाम अर्थात् मानिस मर्न सक्छ भन्ने कुराको जानकारी भएको हुनुपर्ने हुन्छ । त्यस्तो परिणामको पूर्वज्ञान भएको तर त्यस्तो परिणामको अपेक्षा गरेको थिएन भन्ने तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं.५) § कतिपय अवस्थामा पूर्ण सचेत रही, होशियारीकासाथ कुनै काम गर्दा पनि निषेधित परिणाम आउन सक्दछ । यस्तो अवस्थालाई रोक्न नसकिने दुर्घटना (Unavoidable Accident) को रुपमा लिई त्यस्तो कार्य गर्ने व्यक्तिमा आपराधिक मनसाय तत्वको पूर्ण अभावको कारणले त्यस्तो व्यक्तिलाई दोषी (Blameworthy) को रुपमा लिन नसकिने । (प्रकरण नं.६) § सापेक्षित अपराध (Relative Crime) मा आपराधिकताको (Blameworthiness) निर्धारण अपराधका सन्दर्भमा प्रतिवादीमा रहेको मनसाय तत्व (Mens rea) ले गर्ने गर्दछ । त्यस्तो अपराधका विभिन्न तहहरु हुने भएकोले कुनै खास वारदातका प्रतिवादीले कुन आधारमा कुन हदसम्म आपराधिक दायित्ववहन गर्नुपर्ने हो भन्ने निक्र्यौल गर्न वारदात घटाउन निजमा विद्यमान मनसाय तत्वलाई पहिचान र त्यसको स्तर (Degree) को निर्धारण गर्नु अनिवार्य हुने । (प्रकरण नं.७) § सवारी साधन चलाउने अनुमतिप्राप्त व्यक्ति र सवारी चलाउने अनुभवप्राप्त व्यक्तिले ट्राफिक नियम, संकेतहरु र तत्कालीन अवस्था र परिस्थितिको बारेमा स्वाभाविक रुपमा जानकारी राखी आपूmले त्यस्तो बेलामा मादक पदार्थ सेवन गरी तेज गतिमा चलाएको सवारीबाट घटना हुन सक्ने जानकारी भएको व्यक्ति हुन् भनी मान्नु पर्ने हुन्छ । यस्तो अवस्थामा पूर्ण होशियारीकासाथ नियन्त्रित गतिमा सावधानीपूर्वक सवारी चलाउने दायित्व पूरा नगरी आवश्यक सावधानी नअपनाई आवश्यकताभन्दा बढी गतिमा र मादक पदार्थ सेवन गरी सवारी चलाएबाट निजले लापरवाहीपूर्वक सवारी चलाएको देखिन आउने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१, १६१(२), (३) फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदक प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छः– मिति २०६३।७।७ गते साँझ बुटवल नगरपालिका वडा नं. ५ स्थित सडकमा लु.१च २३५६ नं. को जीपले लु.४प ३७४ नं. को स्कूटरलाई ठक्कर