निर्णय नं. २५१७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५१७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०९/०९ २५७६ निर्णय नं. २५१७ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. १३४० विषय : उत्प्रेषण । निवेदक :जि.महोत्तरी, महोत्तरी गा.पं.वार्ड नं.१ बस्ने सकुर धोवी । विरुद्ध विपक्षी :भू.सु.कार्यालय महोत्तरी । जि.महोत्तरी सिगाना गा.पं.वार्ड नं.२ राम जानकी मन्दिर र र संक्षर मत्रवाने मन्दीरका पूजारी रामचन्द्र झा । ऐ. बस्ने राम छविल पाण्डे । आदेश भएको मिति:२०४२।९।९।३ मा मोहीको मृत्युपछि भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिमको प्रकृया अपनाई निवेदक मोही भएको भन्ने निवेदकको भनाई देखिँदैन मोहियानी हक कायम भएपछि मात्र मोहीको प्रमाणपत्रको दावी गर्ने निवेदकको हक दैया हुने हो । त्यसको अभावमा रिटनिवेदकलाई मोहीको निस्साको दावी गर्ने हकदैया नहुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त विवरण तथा रिट निवेदकको निवेदन जिकिर निम्न प्रकार छन् । २. जि.महोत्तरी अलिपाटी पर्सा गा.पं.अन्तर्गत वार्ड नं.५ को कि.नं.८४ को ज.वि.०–७–१८ ऐ. ऐ. को कि.नं.१०१ को जग्गा ०–३–१ र ऐ. ऐ. को कि.नं.९३ को जग्गा ०–२–१ समेत जम्मा ०–१३–० तत्कालिन जग्गाधनी रामछविला पाण्डे र किशोरी पाण्डेको समय देखि अर्थात ०२३ साल भन्दा पहिलेदेखि नै मेरा स्व.निर्सल धोवीले मोही भई कमाई आएकोमा हाल सो जग्गा राम जानकी शंकर भगवानका नाममा निज किशोरी पाण्डे र रामछविला पाण्डेले मिति २०२४।१।१३।४ मा दानपत्र गरी महोत्तरी मालबाट पास गराई रामछविला पाण्डे आफू संरक्षक पुजारी बनी विपक्षी मध्ये रामचन्द्र झालाई पुजारीमा नियुक्त गर्नु भयो । यसप्रकारले दानपत्र भएपछि पनि मेरा पिताजीले नै सो जग्गाको खेती गरी मोहीको हैसियतले बुझाउन पर्ने कुत निज रामचन्द्र झालाई नै बुझाई आउनु भयो तर निज रामचन्द्र झाले आलटाल गरी सो कुत बुझे बापत मेरा पिताजीलाई भर्पाई दिनु भएन । सो जग्गाको मोहीको हैसियतले २ नं.अनुसूचीमा लगत प्रकाशन र ४ नं.जो.अ.नि.मेरो पिताजीको नाममा तयार भएको छ । पिताजीको मृत्युपछि विपक्षीहरूलाई कुत बुझाउन जाँदा नबुझेकोले भू.सं.२०२१ को दफा ३६(२) अनुसार विपक्षी भू.सु.कार्यालयमा आएसम्म रु. २६००।– राखी आएको छु । सो जग्गा मोही भई कमाई आएको हुँदा मोही नामसारी गरी मो.प्र.पत्र प्राप्त गर्न ०३६ पौषमा विपक्षी कार्यालयमा निवेदन दिंदा गा.पं.सिफारिश बमोजिम जग्गाको चौहद्धी नभिड्ने निर्सन धोबीको मृत्यु कहिले भएको हो यकीन हुन नसकेको साथै मृत्यु दर्ता प्रमाणपत्र पेश हुन नसकेको रामछविला पाण्डे र किशोरी पाण्डेको नामबाट जानकी शंकर भगवानको नाममा गएको मिसिल प्रमाणबाट देखिएको साविक ज.ध.र हालको ज.ध.को कबूलियत र भर्पाई वादीले पेश गर्न नसकेको समेतका आधारबाट मिति ०४१।३।२७ मा विपक्षी कार्यालयबाट मोहीको प्रमाणपत्र नपाउने ठहराइयो । ३. उक्त निर्णय गर्दा नयाँ नापी बमोजिम कायम भएको लगत हेरिएन । जग्गाको विषयमा दानपत्र गरिनु अघि गा.पं.को सिफारिशमा ३ विगहा दावी गरेको ०–१३–० भित्र नै पर्दछ । बुझ्नु पर्ने प्रमाण नबुझी अ.बं.१८४(क) र प्रमाण ऐन, २०३१ को दफा ३ समेत विप