निर्णय नं. २५१८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५१८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/०२ २१४९ निर्णय नं. २५१८ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १८२३ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.बांके,ईन्द्रपुर गा.पं.वा.नं.९ स्थित वागेश्वरी ईटा उद्योगको तर्फबाट साझेदार ऐ. नेपालगंज सदर लाइन बस्ने सुरेन्द्रनाथ टण्डन । विरुद्ध विपक्षी :श्री ५ को सरकार,अर्थ मन्त्रालय,काठमाडौं । कर विभाग लाजिम्पाट, काठमाडौं । क्षेत्रीय तथा ग्रामिण उद्योग विकास कार्यालय वीरेन्द्र नगर सुर्खेत । आदेश भएको मिति:२०४२।१०।२।४ मा औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १०(क)(१) बमोजिम उत्पादन शुरु गरेको मितिदेखि ६ वर्षसम्मका लागि शतप्रतिशत आयकर छुटको सुविधा पाउने देखिएकोले निजलाई आयकर छुटको सुविधा नदिने गरेको विपक्षी कर विभागको मिति ०४०।८।१३ को निर्णय तथा मिति ०४१।९।१६ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. साझेदारी ऐन, २०२० अनुसार घरेलु तथा ग्रामिण उद्योग विभागमा मिति ०३७।१२।१९ मा दर्ता भई सोही मितिमा दर्ताको प्रमाणपत्र प्राप्त गरी कूल पूँजी रु. १,८४,४००।– भएको इँटा उत्पादन गर्ने भनी स्थापित निवेदकको यस वागेश्वरी इँटा उद्योगले मिति ०३८।१।१ देखि उत्पादन कार्य शुरु गरेको हुँदा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(२) तथा दफा १०(क)(१) दफा २(क)(ख) तथा दफा ९ समेत अनुसार ६ वर्षको शत प्रतिशत आयकर छुट पाउने कानुनी अधिकार भएकोमा यो उद्योग मिति ०३८।१।१ देखि संचालन भएकोले सुविधा प्रदान गर्दा औ.व्य.ऐन, २०३० अनुसार आधुनिक भएमा वा (ध) वर्गमा स्थापना भएमा सुविधा पाउने तर उक्त दुबै कुरा पूरा नभएको देखिएको, पूर्व सूचना अनुसार आयकर छुट नहुने जानकारी गराइएको छ भन्ने समेत व्यहोराको कर विभागको मिति ०४१।९।१६ को पत्र ०४१।१०।१ मा प्राप्त भयो । ३. यो उद्योगको कूल पूँजी रु. १,८४,४००।– मध्ये स्थिर पूँजी रु. १,२७,२००।– मात्र भएकोले औ.व्य.ऐन, ०३० को दफा २(५) अनुसार ग्रा.तथा घ.उद्योगको परिभाषाभित्र परेकोले ऐ. को दफा (१)(क) बमोजिमको वर्गीकरणमा पर्ने भएकोले ऐ. को दफा ९(१)(क)(१) अनुसार उत्पादन शुरु गरेको मिति ०३८।१।१ देखि यस उद्योगले ५ वर्षको शत प्रतिशत आयकर छुट पाउने उद्योग भएकोमा सोही ऐनको दफा ९(३)(ख) मा व्यवस्था भए अनुरुप यो आधुनिक किसिमको उद्योग नभएकोले दफा (९)(१)(क)(१) अनुसार आयकरको सुविधा पाउने स्थिति नभए पनि औ.व्य.ऐन, ०३० खारेज भई मिति ०३८।६।१४ देखि औ.व्य.ऐन, ०३८ लागू भएको र सो ऐनको दफा १४(२) मा यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरी स्थापित भएको कुनै उद्योगले तत्काल प्रचलित कानुन बमोजिम कुनै सुविधा सहुलियत तथा संरक्षण पाई नआएको र यो ऐन बमोजिम पाउन सक्ने भए त्यस्तो उद्योगले यसै ऐन बमोजिमको सुविधा सहुलियत तथा संरक्षण पाउने छ भन्ने किटानी व्यवस्था भएको र यो उद्योग औ.व्य.ऐन, ०३० अनुसार अनुमति प्राप्त गरी औ.व्य.ऐन, ०३८ प्रारम्भ हुनुभन्दा अघि