निर्णय नं. २५१९ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५१९ - डाँका भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०६/२८ २४८४ निर्णय नं. २५१९ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ६०२ मुद्दा : डाँका । पुनरावेदक/प्रतिवादी:सर्लाही जिल्ला त्रिभुवन नगर गाउँ.पंचायत वडा नं.५ मा घर भई हाल सर्लाही कारागारमा थुनामा बस्ने शिव शंकर भन्ने झामलाल बीन । विरुद्ध विपक्षी/वादी:जिल्ला सर्लाही त्रिभुवन नगर गा.पं.वडा नं.६ बस्ने देवनारायण शाह तेलीको जाहेरीले श्री ५ को सरकार। फैसला भएको मिति:२०४२।६।२८।२ मा प्रमाण ऐनको दफा ९(२) को व्यवस्थाले प्रहरी समक्ष भएको कागजलाई प्रमाण लिन सकिने अवस्था देखिएमा बाहेक अन्य अवस्थामा सही र स्वतन्त्र रुपमा भएको छ भन्ने अनुमान गर्न मिल्ने देखिन्न । (प्रकरण नं. १६) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी, वादी तर्फबाट:विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चाल क्षेत्रीय अदालतले गरेको फैसला उपर प्रतिवादी शिवशंकर भन्ने झामलाल बीनको पुनरावेदन परिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : मिति २०३८।३।२१ का रात सुती निदाएको बखत चिनेका रामनरेश बीन, सानेलाल, शिवशंकर भन्ने झामलाल, मुनेश्वर दीन, विलाश बीन र नचिनेका डाँकाहरू आई घर भित्र पसी ढोका खोली कुटपीट गरी सुन चाँदी र भा.रु. १८,०००।– समेत डाँका गरी लगेको र बेनी फुलोलाई कुटपीट गरेकोले उपचार गराउन भारत पठाएको छु । डाँकाहरूलाई पक्राउ गरी डाँका गरी लगेको धनमालको बिगो रु. १,३२,७२५।५० दिलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको देवनारायणको जाहेरी दर्खास्त । २. मिति २०३८।३।२१ का रात देवनारायणको घरमा डाँका गरेको हो तिम्रो भाग पछि दिउँला भनी डाँकाहरूले भन्दथे मलाई भाग हिस्सा दिएको छैन भन्ने समेत व्यहोराको शिवशंकर भन्ने झामलाल बीनको प्रहरीमा भएको कागज । ३. मिति २०३८।३।२१ का रात ११, १२ बजे १४ जना भई लाठा भाला गडासा लिई जाहेरवालाको घरमा गई डाँका गर्यो तेरो भाग पछि दिउँला भनेको थिए । दिएको छैन, भन्ने समेत व्यहोराको सोनेलाल बीनको प्रहरी कागज । ४. प्रतिवादीहरूले जाहेरवाला देवनारायणको घरमा डाँका गरी बिगो रु. १,३२,७२५।५० पैसाको सम्पत्ति चोरीको ६ नं.को अपराध गरी लगेकोले ऐ. १४(४) नं.बमोजिम सजायँ गरी दामासाहीका दरले बिगो भरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी । ५. जाहेरवालाको घरमा डाँका गरेको हो मैले डाँका गरेको छैन । म मेरो घरमै थिएँ । हेर्न गइन माछा माग्दा नदिएको रिसले म उपर समेत झुठ्ठा उजूरी दिएको हो प्रहरीमा मलाई कुटपीट गरी कागज गराएको हो भन्ने समेत व्यहोराको सोनेलालको अदालतमा गरेको बयान । ६. मिति २०३८।३।२१ गते म जिल्ला रौतहट सिंगावन धर्मपुरमा छु मैले डाँका गरेको छैन मेरो बाख्रीले जाहेरवालाको मरुवा खाएकोले झगडा परेको थियो मैले पञ्चायत गराउन खोजेको थिएँ । यस्तैमा बाली पुर्याउन जानु पर्यो साली पुर्याई फर्कन्दा म उपर समेत शंका देखाई डाँका अभियोग लगाई जाहेरी दिएको र प्रहरीमा भएको कागज मैले आफूखुशी गरेको होइन ३ पटकसम्म तेरो घर खानतलास गर्दा केही नभेटेकोले त्यसको सहिछाप गर भनी भनेकोले सहिछाप गरेको हुँ । किन ढाँटी धोखा दिई सहिछाप गराए थाहा छैन, भन्ने शिवशंकर भन्ने झामलालको अदालतमा गरेको बयान । ७. जाहेरवाला कहाँ डाँका भएको