निर्णय नं. २५२० - बकसपत्र लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५२० - बकसपत्र लिखत दर्ता बदर भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०९/०४ ३१२१ निर्णय नं. २५२० ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ५९१ मुद्दा : बकसपत्र लिखत दर्ता बदर । पुनरावेदक/वादी:जि.सिरहा दही पौडी गा.पं.वार्ड नं.८ बस्ने किसान महतो कोइरी । विरुद्ध विपक्षी/प्रतिवादी :ऐ. सिगी शाह गा.पं.वडा नं.२ बस्ने जनक महतो कोइरी । फैसला भएको मिति:२०४२।९।४ मा आफ्नो नाउँमा रहेको आफू खुस गर्न पाउने अपुतालीबाट आएको सम्पत्ति कानुनको परिधिभित्र रही बकसपत्र लिखत गरिदिएकोमा बण्डा छुटिइसकेको सौताने छोराले त्यस्तो बकसपत्र लेखत तथा दर्ता बदर गरिपाउँ भन्ने फिराद दिंदैमा बकसपत्र लेखत तथा त्यसको आधारमा भएको दर्ता बदर हुनसक्ने देखिँदैन । (प्रकरण नं. १२) पुनरावेदक,वादी तर्फबाटःX विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री अभयकान्तलाल दास उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. पिता कुन्जिलालको जेठी श्रीमती तर्फबाट म फिरादी भएपछि आमा परलोक भएकोले प्र.लखियावतीसँग पिताजीले पुनः विवाह गरे पछि निजतर्फबाट विसुन महतोको जन्म भयो । २०१० सालमा म फिरादी छुट्टि भिन्न भएको र मौखिक रुपमा मलाई ज.वि.१–१९–१ र चल धनमाल मलाई पिताले दिनु भयो । २०११ सालमा बाबुको मृत्यु भएपछि पिताजीकै वटवरा अनुसार ०१२।३।१२ मा भाइ विसुनका नाउँमा ज.वि.२–०–२ मेरा नाउँमा १–१९–१ दर्ता भई सिलोर्वा मौजेको ०–११–०, हनुमान नगर गुठी विर्ताको ०–११–० बाबुकै नाउँमा दर्ता राखी भाइ आमाले भोगी आउनु भएको थियो । मौजे दही पौरीको भिन्नै कि.नं.११६ को ०–१–१० मध्ये फुसको घर ३ सहीतको पुर्वतर्फबाट ०–०–१५ आमा लखियाले आधा पश्चिमतर्फबाट ०–०–१५ जग्गा मलाई दिई भोगी आएको । भाइ विसुन ०१६ सालमा परलोक भई निजका नाउँको २–०–२ मेरै नाउँमा नामसारी गराई राखेको थिएँ । उजूर वाजूर गरेकोले आमाकै नाउँमा दर्ता गरिदिएको थिएँ । कि.नं.४९८ र ५२४ को समेत १–१०–० जग्गा आमा लखियाले मेरो नाउँमा दर्ता गरी दिई बाबुको नाउँको १–२–० समेत आमा लखियाले दर्ता गराएको जम्मा ३–३–१७ मध्ये किसन महतोका नाउँमा ०–११–१५, अनुप महतोको नाउँमा ०–७–१३ समेत १–९–८ बिक्री गरी आमा लखियाले आफूखुश गर्न पाउने १–११–८ मध्ये १–९–८ बिक्री गरी बाँकी ०–२–० १र३ मा जनक महतोलाई ०–१६–१४ र छोरी वर्तनीयालाई ०–१०–१८ बकसपत्र दिएको बुझिएकाले आफूखुसी गर्न पाउने ०–२–० कटाई बाँकी १–५–११ म छोराको मन्जुरी बेगर आफूखुसी गर्न नपाउने हुँदा वर्तनियाका नाउँमा छुट्टै नालेश दिने हुँदा प्र.जनकले बकसपत्र गराई लिएको ०–१६–१४ मध्ये ०–१५–१३ जग्गाको बकसपत्र लिखत बदर दर्ता गरी आमाका नाउँमा दर्ता कायम गरिपाउँ भन्ने वादी । ३. भिन्न भइसकेको स्वीकारेकै छ । लेखन दर्ता बदर हुनु पर्ने होइन भन्ने समेतको लखियावती र जनक महतोको प्रतिउत्तरपत्र । ४. भतिजो नाता पर्नेलाई बकसपत्र गरिदिएको कानुनसंगत हुँदा बकसपत्र लेखत दर्ता बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको सिरहा जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्तबुझेन भन्नेसमेतको वादीको सगरमाथा अं.अदालतमा पुनरावेदन परेको । ६. लखियावतीले जनक महतोलाई गरी दिएको बकसपत्र लेखत र सोही आधारमा भएको दर्ता समेत बद