निर्णय नं. २५२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५२१ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०९/१७ २२९६ निर्णय नं. २५२१ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ३५९ सम्वत् २०४० सालको फौ.सा.नं. १६६ सम्वत् २०४२ सालको फौ.सा.नं. ८१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:भारत नैनिताल काठगोदाम घर भई का.जि.तहाचल डेरा गरी बस्ने हाल जिल्ला कारागार शाखा, सेन्ट्रल जेल कारागारमा थुनिएको बहादुर सिंह भन्ने दिलीप सिंह ठाकुर । विरुद्ध विपक्षी/वादी:देवी बहादुरको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।९।१७।४ मा बच्चा अपहरण गरी रु.एकलाख कमाउने उद्देश्यले यी अभियुक्तहरूले निर्दोष बालकलाई अपहरण गरी मारी फालेको देखिएको समेतबाट निजहरूलाई निर्दोष मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २६) पुनरावेदक, प्रतिवादी तर्फबाट:वैतनिक अधिवक्ता श्री रमेश विक्रम विपक्षी, वादी तर्फबाट:विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार उल्लिखित मुद्दा:विष्णु बहादुर गिरी समेत वि.श्री ५ को सरकार भएको खुन डाँका मुद्दामा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित, ने.का.प.०४२ जेष्ठ निर्णय नं. २२६६ फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः प्रस्तुत मुद्दा म.क्षेत्रीय अदालतबाट भएको मिति २०४०।२।२५।४ को निर्णय उपर प्रतिवादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन दायर भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : टेबहाल सडकको पूर्व साइडको आर.एन.ए.सी.कार्गो शाखाको घरको मोटर राखेको कुनामा हरियो रंगको झोलामा मानिस मारी हाली फाली राखेको रहेछ । त्यहाँ मानिसहरू जम्मा भई हेरी राखेको देखी उक्त स्थानमा गई हेर्दा हरियो रंगको झोलामा एकजना मृतक बच्चा राखी फ्यांकेको देखिएकोले कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको प्रहरी देवीबहादुर पाण्डे समेतको मिति २०३३।५।५।७ गतेको प्रतिवेदन । ३. ताला लगाई राखेको झोला खोली हेर्दा झोला भित्र दुबै घुँडाको नलि हाड र तिघ्रामा पाटको डोरीले बाँधी सोही डोरीको टुप्पोले नाडी घाँटीबाट बायाँ पट्टीको गर्दन हुँदै जनै जस्तो गरी बाँधिएको र अण्डरवयर बाहेक अन्य कुनै लुगा नलगाएको अं.७ वर्षको केटोको नाड्डो लाश हो भन्ने समेत व्यहोराको मिति २०३३।५।५।७ को प्रकृति मुचुल्का । ४. टाउकोको चोटको कारणबाट मृत्यु भएको देखिन्छ भन्ने समेत पोष्टमार्टम प्रतिवेदन। ५. लाश कसैले मेरो हो भनी जिम्मा लिन नआई बेवारिसि भई रहेकोले लाश उठाई दाह संस्कार गरिदिनु होला भनी जनकल्याण संस्थालाई लेखेको मिति २०३३।५।१० को पत्र । ६. मिति २०३३।५।५।७ मा शाही नेपाल वायु सेवा निगमको भवन पछाडि का.जि.टेबहाल स्थित कर्तव्यबाट उस बखत नाम वतन खुल्न नसकेको हाल का.जि.खिचापोखरी स्थित अरुण इन्पोरियमको मालिक कहाँ पालिएको टिङकु भन्ने बच्चा केटालाई भारत नैनिताल घर भई सोल्टी होटल बस्ने बहादुरसिंह र का.जि.लुप्से लजमा बस्ने महमद अजहर ईशाले कर्तव्य गरी मारी लाश झोला भित्र राखी ताला चाबी लगाई शा.ने.वा.नि.को कार्गो शाखाको घर नजिक मोटर राखेको कुनामा फालेको हो भन्ने तथ्य बुझिन आएको हुँदा निज अभियुक्तहरूको सुराक पत्ता लगाई पक्राउ गरी सोधपूछ गर्दा टिङ्कु भन्ने प्रशान्त चेतनीलाई कर्तव्य गरी मारी झोलामा हाली फालेकोमा मुख सावित भएको हुँदा बहादुर सिंंह भन्ने दिलीप सिंह ठाकुर र महमद अजहर ईशा समेतलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.