निर्णय नं. ७०५१ - उत्प्रेपण लगायत जो चाहिने आज्ञा आदेश पुर्जी जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०५१ - उत्प्रेपण लगायत जो चाहिने आज्ञा आदेश पुर्जी जारी गरी पाउँ । भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०१/२१ ३२०६ निर्णय नं. ७०५१ ने.का.प.२०५८ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५७ सालको रि.नं. ..........२९०९ आदेश मितिः २०५८।१।२१।६ विषयः उत्प्रेपण लगायत जो चाहिने आज्ञा आदेश पुर्जी जारी गरी पाउँ । निवेदक : जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ९ वस्ने हिरियादेवी धनुकाइन विरुद्ध प्रत्यर्थीः श्री पुनरावेदन अदालत राजविराज सप्तरी समेत § पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०५७।४।२६ को विवादित आदेश, शुरु सप्तरी जिल्ला अदालतमा यिनै निवेदक र विपक्षीहरु वीच चलेको सत्य डगाउने सम्बन्धी मुद्दामा निवेदिका प्रतिवादीबाट अ.वं. २०८ नं. बमोजिम परेको वेरितको म्याद तामेली वदर गरी प्रतिउत्तर दर्ता गरी पाउँ भन्ने निवेदनबाट शुरु सप्तरी जिल्ला अदालतले गरेको आदेश उपर अ.वं. १७ नं. बमोजिम परेको विपक्षी वादीको निवेदनको कारवाइको क्रममा भएको आदेश देखिन्छ । अ.वं. २०८ नं. वमोजिम शुरु जिल्ला अदालतमा परेको निवेदनमा सोही नम्वरमा उल्लेख भए मुताविक शुरु जिल्ला अदालतले पहिले मिसिल सामेल रहेको तामेली म्याद अहेरी रीत वेरीत जाँची वेरीत देखिएमा सोही व्यहोराको पर्चा लेखि प्रतिवादी दर्ता गरी ऐन वमोजिम बुझ्नु पर्ने प्रमाण बुझी मुद्दा फैसला गर्न सक्ने देखिन्छ । प्रस्तुत विवादमा पनि सोही वमोजिम जिल्ला अदालतबाट प्रतिवादी दर्ता गरी मुद्दाको कारवाही शुरु गर्ने गरी सप्तरी जिल्ला अदालतबाट आदेश भएको र सो ओदेश उपर वादी तर्फबाट पुनरावेदन अदालत राजविराजमा अ.वं. १७ नं. बमोजिम निवेदन परेको पाइन्छ । उक्त अ.वं. १७ नं. को निवेदनमा कारवाहीको क्रममा पुनरावेदन अदालतबाट मुद्दा चलेको थाहा पाएको मिति वारे विवेचना गरी मिति किटान गरी सोही आधारमा शुरु सप्तरी जिल्ला अदालतको आदेश वदर गर्ने गरी आदेश भएको पाइन्छ । § यसरी शुरु जिल्ला अदालतले गरेको आदेश उपर अ.वं. १७ नं. वमोजिमको निवेदनबाटै मुद्दा चलेको थाहा पाएको मिति किटान वारे विवेचना गरी पुनरावेदन तहबाट निर्णय गर्नु त्रुटीपूर्ण हुने हुन्छ । पुनरावेदन अदालतलाई त्यस्तो निर्णय गर्ने क्षेत्रधिकार पुनरावेदन तहबाट मुद्दाको सुनुवाई गर्ने अवस्थामा मात्र हुन्छ । अ.वं. १७ नं. बमोजिमको निवेदनबाटै त्यस प्रकारको आदेश गर्दा शुरु न्यायकर्ताको स्वतन्त्र निर्णयमा प्रभाव पर्दछ । § अ.वं. १७ नं. को निवेदनबाटै पुनरावेदन तहबाट मुद्दाको सुनुवाई गर्दा जस्तै मुद्दा चलेको थाहा पाएको मिति किटान बारे विवेचना गरी शुरु सप्तरी जिल्ला अदालतको मिति ०५६।११।६ को आदेश वदर गरेको पु.वे.अ. राजविराजको मिति २०५७।४।२६ को आदेश त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशबाट वदर हुने । (प्र.नं. १२ देखि १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वावुराम राई विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुनिलकुमार पोखरेल अवलम्वित नजिरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं तथ्य यस प्रकार रहेको छ । २. स्व. खोनाई मण्डलका ३ वटी श्रीमती मध्ये जेठी विपक्षी नथरी देवीको आमा मुगियादेवी, माइली राम सुनैरदेवी र कान्छी म हिरियादेवी भएकोमा हामीहरु कसैबाट पनि छोराको जाय जन्म भएको छैन । मुगियादेवी र राम सुनैर देवीले म निवेदिका र पनि खोनोइ मण्डलका उपर २०