निर्णय नं. २५२२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५२२ - अंश भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/२८ २३८५ निर्णय नं. २५२२ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजालश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ४६२ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी:जिल्ला देउखुरी चौलाही गाउँ पञ्चायत वडा नं.८ मजगाउँ बस्ने राम प्यारी चौधरी । ऐ. बस्ने खुसीराम चौधरी । विरुद्ध विपक्षी/वादी :ऐ. ऐ. बस्ने ठाकुराम चौधरी । फैसला भएको मिति:२०४२।१०।२८।२ मा कानुन बमोजिम बुझी नाता सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा क्षेत्रीय अदालतले निजलाई नबुझी गरेको निर्णय कानुनसंगत भएन । (प्रकरण नं. २१) पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल विपक्षी, वादी तर्फबाट :विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : पिता पाटन चौधरीको पत्नी निज विपक्षी आमा रामप्यारी र छोरा म ठाकुराम, निज खुसीराम, भागीराम, चैनराम समेत चार छोरा भएको पिता परलोक हुनु भएपछि हामी अंशियारमा बजै मुखिया चौधरीनी र हामी पाँच आमा छोरा समेत ६ अंशियार छौं । हामी एक र सगोलमा रहँदा विपक्षीहरूले म प्रति मन मोटाव गरी तँ हाम्रो घरमा नबस निस्की जा भनी हेला गरी खान लगाउन समेत नदिई २०३४ साल माघ ८ गते घरबाट निकाली दिएको हुँदा अलग बसेको छु । अंश देउ भन्दा अंश दिन्न भनेकाले २०३६ साल माघ ८ गतेको अघिल्लो दिन ७ गते तकको अंशबण्डाको २० नं.बमोजिम विपक्षीबाट फाँट लिई ६ खण्डको एक खण्ड अंश दिलाई पाउँ भनी ठाकुराम चौधरीको मिति २०३८।४।१५ को फिराद–पत्र । २. म रामप्यारीको पहिलो विवाह भएको लोग्ने देसतवरीया गा.पं.वडा नं.३ जनकपुर बस्ने गोपी चौधरीका करणी वीर्यले मेरो गर्भबाट २००० साल फाल्गुणमा त्यो वादी जन्मेको वर्ष ३ को भएको बखत पहिलो लोग्ने निजको गोपीलाई छोडी २००० साल फाल्गुणमा पाटन चौधरीसँग पोइल आउँदा यी वादीलाई दुध पछि लिई आएकी हुँ । संगबसी हुर्की विवाह गरी अलग घर बनाई सकेको छ । गोपीका छोरा हो । पाटनको छोरा होइन यी वादी फाल्गुण महिनामा जन्मेकोले हामी थारु जातीको रितिस्थिति अनुसार फागुराम नाम राखी सोही नामाकरण भएको हो । फागुरामले ठाकुराम भनी झुठ्ठा नाम लेखेको हो । झुठ्ठा नाम लेखाई झुठ्ठा दावी लिएको छ । वादी ठाकुरामले पाटन चौधरीका दर्ताको जोती कमाएको जग्गाको कबूलियत गरिपाउँ भनी कबूलियत गराई मोही कायम गरिपाउँ भनी निज पाटन चौधरी उपर उच्च स्तरीय आयोग समितिमा उजूर दिएको समेतबाट पाटन चौधरीको छोरा रहेनछ भन्ने यकीन हुन्छ । वादीले पाटन चौधरीलाई मेरो बा कहाँ छ देखा मेरो बाको अंशबण्डा म सँग सम्मिलित गर । १६।१७ वर्ष जति तेरो घरमा काम गरिरहेको छु । तेरो बाको अंश चाहिन्न । तेरो बाको लाश देखा तँलाई ज्यान मुद्दा दिन्छु भनी पाटन चौधरीलाई लेखेको पत्र समेतबाट अर्काको छोरा भएको वादीले स्वीकार गरेको छ । वादी लेख्न जान्ने भएर पनि लिखत खडा नगरी ल्याप्चे लगाई फागुराम भन्ने नामलाई ठागुराम लेखी आफ्नो खास नाम लोप गरी ठागुराम लेखेको हो । वादी लेख्न जान्ने फागुराम हो भन्ने मिति २०३८।६।४ को खुसीराम चौधरी र रामप्यारी चौधरी समेतको संयुक्त प्रतिउत्तरपत्र । ३. प्रतिवादी रामप्यारी चौधरीले मेरो पहिलेको लोग्ने गोपी चौधरीको छोरा हो । यसको नाम ठा