निर्णय नं. २५२३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५२३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/०३ २८२८ निर्णय नं. २५२३ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीबास्तव सम्वत् २०४१ सालको रिट नं. १३१० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला धनकुटा डाँडा गाँउ पंचायत वडा नं.७ को हाल परिवर्तित चानुवा डांडा गा.पं.वडा नं.७ बस्ने बल बहादुर थापा । विरुद्ध विपक्षी :जिल्ला संखुवासभा मामलिङ गा.पं.वडा नं.८ भई वतासे बस्ने दावा तेन्जिङ सेर्पा । श्री ५ को सरकार अंचलाधीशको कार्यालय कोशी अंचल । श्री ५ को सरकार अर्थ मन्त्रालय मालपोत विभाग मालपोत कार्यालय,सखुंवासभा । आदेश भएको मिति:२०४२।१०।३।५ मा हक बेहकको प्रश्न समावेश भई कार्यवाही चलिरहेको र अदालतमा समेत मुद्दा परिरहेको देखिँदा विपक्षी अञ्चलाधिश कार्यालयको निर्णयमा उल्लेख भएको “साविकमा पनि संखुवासभा जिल्ला भित्र नै परी राखेको” भन्ने वाक्यांशले अदालतमा परेको मुद्दामा निर्णय हुँदा असर पर्न जाने देखिएको छ । उपरोक्त वाक्यांशसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयहरूले गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०४१।५।७ मा दर्ता भएको रहेछ । संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन्:- २. जिल्ला धनकुटा डाँडा गा.पं.नाम्फु गाउँ पञ्चायत वडा नं.७ बस्ने मझिया काजिमानबाट बिगो भरी भराउमा निज काजीमान जिम्मा दर्ताको डाँडा गाउँ नाम्फु गा.पं.वडा नं.९ को किपट बारी र बाझो पर्ति खर्क जग्गा र खेत समेत धनकुटा जिल्ला अदालतबाट मिति २०२६ साल माघ ९ गते भएको चलानी पुर्जी अनुसार आफ्ना नाममा दाखिल दर्ता गराई तिरो भरो गरी भोगी आएको थिएँ । सो जग्गा मेरा नाममा २०२७ सालका बाली देखि तिरो तिर्ने गरी विजनमा हाल आवादी दर्ता भई सो मध्येको केही जग्गा जिल्ला धनकुटा डाँडा गाउँ नाम्फु गाउँ पञ्चायत वडा नं.७ बस्ने गणेशबहादुर थापा, विष्णुबहादुर थापा र हरिभक्त थापालाई अंश दिई निजहरूका नाममा दर्ता भएको र ऐ.बस्ने दलबहादुर भूजेललाई समेत सो जग्गा मध्येको केही जग्गा २०३१ सालमा हक छुटाई दिई निज दर्ता हक भोगमा थियो । सो जग्गा भएको क्षेत्र जिल्ला धनकुटा डाँडा गाउँ नाम्फु गा.पं.वडा नं.९ मा २०३२ साल जेष्ठमा नापी दर्ता हुँदा निवेदकको सो ठाउँमा बाँकी रहेको साविक दर्ता तिरो भोगको जग्गा कि.नं.१६१ मा किसिम सिम पाखा जनिई ७१ रोपनि ५ आना ३ पैसा क्षेत्रफल जनिई निवेदकलाई जग्गावाला देखाई नापी भएको रहेछ । त्यस्तो निवेदकबाट अंश पाउने र हक छुटाई लिने उल्लिखित व्यक्तिहरूका नाममा समेत विभिन्न कित्ता जनिई नापी भएको छ । सो नापी भई सकेपछि संखुवासभा जिल्ला अदालतको आँखी भूँई गा.पं.ले आफ्नो गाउँ पञ्चायत सीमाना भित्र पर्ने भनी दर्ता हुन बाँकी रहँदा उजूर परी जिल्ला पञ्चायत सचिवालय धनकुटाबाट श्री १ नं.नापी गोश्वारा धनकुटालाई मिति २०३२।५।२७ मा पत्र समेत गएको थियो । तैपनि निवेदकको जग्गा दर्ता नहुँदा निवेदकले मालपोत कार्यालय धनकुटामा मिति २०३७।२।२० मा निवेदन दिई कारवाही गराएको थिएँ । विपक्षी दावा तेन्जिङ शेर्पाले पनि