निर्णय नं. २५२४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५२४ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/१०/१४ २३८५ निर्णय नं. २५२४ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं. १५८२ विषय : उत्प्रेषण । निवेदक :जि.धनुषा बेगाडावर आदर्श गा.पं.वार्ड नं.९ बस्ने राजमान माझी । विरुद्ध विपक्षी :भूमि सुधार अधिकारी भू.सु.का.धनुषा । धनुषा जि.वेगाडावर आर्दश गा.पं.वार्ड नं.९ बस्ने गंगा बहादुर कार्की । आदेश भएको मिति:२०४२।१०।१४।२ मा म्याद तामेल गर्नेले तामेल गर्ने भनी आफ्नो सहिछाप समेत गरेको देखिँदैन । यस्तो स्थितिमा यो रिट निवेदकका नाउँमा तामेल भएको म्याद अ.बं.११० नं.को रीत पुगेको देखिन आएन । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ताश्री कुसुम श्रेष्ठ र विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. धनुषा जि.वेगाडावर आदर्श गा.पं.वडा नं.९(च) कि.नं.४७ को ज.वि.०–१५–१० र कि.नं.४५ को ज.वि.०–१०–१० समेतको जग्गाको म निवेदक मोही र विपक्षी गंगाबहादुर ज.ध.भई मैले कमाई आएकोमा २०४० सालको म निवेदकले लगाएको बाली लुटपीट गरेकोले धनुषा जि.अ.मा लुटपीटमा फिराद दायर गरेको छु । उक्त मुद्दा दायर गरेको थाहा पाई मेरो उपर विपक्षी भू.सु.का.मा बाली भराई मोही निष्कासन गराई पाउँ भनी विपक्षीले उजूर दिनु भएको र त्यस कार्यालयबाट गैरकानुनी रुपले म्याद तामेल भएको रहेछ । मलाई थाहा नहुँदा मौकामा प्रतिवाद गर्न सकिँन । ०४१।६।१ मा मेरो प्रतिवादी नपरेको आधारमा विपक्षी कार्यालयबाट दावी बमोजिम बाली भराई मोहीबाट निष्कासन गरी एकतर्फी रुपले फैसला भएको रहेछ । उक्त कुरा ०४१।६।५ मा नक्कल सारी थाहा पाएँ । म्याद तामेली अ.बं.१२० नं. विपरीत भएकोले अ.बं.२०८ नं.अनुसार ६ महिना भित्र प्रतिउत्तर साथ भू.सु.का.मा ०४१।७।७ मा उजूरी प्रस्तुत गरेकोमा पुनः कारवाही गर्न नमिल्ने म्याद तामेली अ.बं.११० नं.अनुकूल भएकोले अ.बं.२७ बमोजिम भू.सु.का.बाट दरपीठ गरियो । ३. ०४० सालको बाली गंगा बहादुरले लुटपीट गरे भनी मैले धुनषा जि.अ.मा फिराद गरेकोमा इन्साफ हुन बाँकी नै भएको अवस्थामा सोही वर्षको बाली मैले नबुझाएकोले बाली भराई मोहीबाट निष्कासन हुने ठहर्छ भनी गरिएको फैसलामा अ.बं.१८५(क) प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि भएको छ । अ.बं.११० नं.प्रतिकूल म्याद तामेल भएकोमा अ.बं.२०८ नं.ले उजूरी दिन पाउने व्यवस्था छ । मेरो पश्चिम मुखको घरमा म्याद तामेल भएको भनिएकोमा पश्चिम मुखको घर नै नभएको । उदीमान तामाङले सहिछाप नै नगरेको, वडा अध्यक्ष रोहवरमा नबसी गा.स.स.रोहवरमा बसेको, तामेल गर्ने कर्मचारी पनि नदेखिएको कुरा उल्लेख गरी उक्त म्याद बदर गरी मेरो प्रतिउत्तर दर्ता गरी पाउनका लागि विपक्षी भू.सु.का.मा उजूरी दिएकोमा प्रमाण बुझी रीत बेरित के भएको हो ठहर गर्न पर्नेमा हचुवा भरमा दरपीठ गरेको त्रुटि भएको छ । अतः विपक्षी भू.सु.का.धनुषाको मिति ०४१।६।१ को निर्णय र ०४१।७।७ को दरपीठ बदर गरी मेरो प्रतिउत्तर दर्ता गरी कारवाही गर्नका लागि परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ४. विपक्षीहरूसँग लिखिन ज