निर्णय नं. १२२९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२२९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/१२ २०१९ निर्णय नं. १२२९ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रि.नं. १२१४ आदेश भएको मिति : ०३५।१२।१२ मा निवेदक : जिल्ला रौतहट ब्रम्हापुरी पञ्चायत वार्ड नं. १ मा घर भई हाल का.जि. गैरीधारा बस्ने किशोरीप्रसाद बर्मा विरूद्ध विपक्षी : कैलाली भन्सार कार्यालय धनगढीको निमित्त प्रमुख भन्सार अधिकृत श्री राजबहादुर गुरूङ समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) नोकरीबाट राजीनामा गरी अवकाश पाएपछि निजामती सेवा नियमावली, २०२१ अनुसार पाउँने सुविधाहरू निवेदकले उपभोग गरिसकेको भएपछि निवेदकको हकमा कुनै अघात परेको भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ११) आदेश न्या. बब्बरप्रसाद सिंह : प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।१।१९ मा दर्ता भएकोरहेछ । २. संक्षिप्त तथ्य यस प्रकार छ : तपाईंले घर व्यवहारको कामले श्री ५ को सरकारको सेवा गर्न असमर्थता प्रकट गर्दै मिति ०३४।१२।४ देखि आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने गरी मिति ०३४।१२।४ मा निर्णय भएको व्यहोरा सूचित गरिन्छ भनी श्री ५ को सरकार अर्थ मन्त्रालय भन्सार विभाग कैलाली भन्सार कार्यालयबाट निवेदक अ.ख.श्री किशोरप्रसाद बर्मालाई लेखेको मिति ०३४।१२।४ को पत्र रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : बधवा छोटी भन्सारका रमाना पूर्जि अनुसार कैलाली भन्सार कार्यालयमा हाजिर हुन जाँदा ०३४।१२।४ का दिन उपस्थित भई पूर्जी दर्ता गराई निमित्त प्रमुख भन्सार अधिकृतज्यूले हाजिर नगराई मेरो इच्छा विरूद्ध राजीनामा लेखाई लिनु भयो । निमित्त प्रमुख भन्सार अधिकृतज्यूलाई राजीनामा स्वीकृत गर्ने पदबाट हटाउने अधिकार समेत नभएकोमा राजीनामा स्वीकृत गरी पदबाट हटाएको गैरकानूनी काम कारवाई स्पष्ट छ । निवेदक मुखिया पदमा स्थायी पदाधिकार कायम रही खरीदारमा अस्थायी भई रहेको अख्त्यारवालामा विभागीय प्रमुख रहेको नि.से.नि.२०२१ को नियम २(१)(ख) बाट स्पष्ट छ । विभागीय प्रमुख भन्नाले अनुसूची १(क) मा तोकिएको भन्सार विभागका निर्देशक वा महानिर्देशकलाई जनाउँछ । निमित्त प्रमुख भन्सार अधिकृतज्यूलाई राजीनामा स्वीकृत गर्ने अधिकार कानूनले दिएको नहुँदा अ.बं.३५ नं. ले बदर हुने स्पष्ट छ । निवेदकको हक अधिकार समेतमा गैरकानूनी आघात पुर्‍याउनु भएकोले उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरी ०३४।१२।४ को निर्णय तथा राजीनामामा स्वीकृत सम्बन्धी आदेश सूचना बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूसँग लिखितजवाफ मागी आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अ. डिभिजन बेञ्चको ०३५।१।२२ को आदेश । ५. कानूनले गरिएको कारवाईको सूचना यस कार्यालयले प्राप्त हुनासाथै अभिलेखमा जनाइएको देखिएकोले निजामती किताबखानाको नाउँमा दिनुभएको रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत ०३५।३।२९ को निजामती किताबखानाको लिखितजवाफ । ६. विपक्षीले आफ्नै हस्ताले लेखी दिएको राजीनामा स्वीकृत गरिएको हो राजीनामा स्वीकृत गरेकोलाई सजायको संज्ञा दिन मिल्दैन राजीनामा स्वीकृत गर्ने कुरा न्यायिक वा अर्धन्यायिक निर्णय पनि होइन निमित्त भन्सार प्रमुख अधिकृतले विपक्षीको राजीनामा स्वीकृत गरेको नि.से.नि.को परिच्छेद ८ को दफा ५ र कानून व्याख्या ऐन, २०१० को दफा १९