निर्णय नं. १२३१ - उत्प्रेषणको आदेश जारी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२३१ - उत्प्रेषणको आदेश जारी पाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०१/०६ १९५९ निर्णय नं. १२३१ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको रिट नम्बर ६३२ आदेश भएको मिति : २०३६।१।६।५ मा निवेदक : का.जिल्ला स्यूचाटार गा.पं.वार्ड नं. ४ बस्ने चित्रकुमारी खड्का क्षेत्री विरूद्ध विपक्षी : काठमाडौं जिल्ला भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी समेत विषय : उत्प्रेषणको आदेश जारी पाउँ (१) अदालतमा उठेको खिचोला मुद्दामा मोहियानीको विवाद सिर्जना गरी निरोपणको लागि मिसिल भूमिप्रशासन कार्यालय समक्ष पठाउने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरी विपक्षी कार्यालयको मिति २०३५।३।२२।५ को फैसला बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३५।४।२४।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : निवेदिकाले का.जि. न.पं. वडा नं. ८ खिचापोखरी बस्ने हरिमाया मालीबाट निजैको हक जोत भएको का.जि. स्यूचाटार गा.पं.वार्ड नं. ४ को कि.नं. ५२ मा नापी भएको ठहर रोपनी २–३–० दुई रोपनी तीन आना जग्गा निजबाट २०२९। २।४।४ का मितिमा भूमिप्रशासन कार्यालय काठमाडौंबाट रजिष्ट्रेशन पास गरी रू.४,००० मा राजीनामा गराई लिई मेरो हक जोत समेत भएको जग्गा हो । उक्त जग्गाको ०२९।२।५ का मितिमा विपक्षी भू.प्र.का.बाट मेरो नाममा जग्गाधनी प्रमाणपूर्जा समेत पाएकोछु । उक्त प्रमाणपूर्जामा जग्गाधनी र मोहीको नाममा मेरो नाम लेखिएकोछ । त्यस्तो जग्गामा विपक्षीहरूले मोहियानी खिचोला गरेको प्रष्ट छ । मेरो नाममा मोहियानी दर्ता भएको कुरा माथि नै उल्लेख गरिसकेको छु । दाता, हरिमाया मालीले विपक्षी मध्ये क्षेत्रकुमारी खड्का विरूद्ध २०२४ सालको बाली नबुझाए बापत बाली भराई मोहियानी निष्काशन समेत गरिपाउँ भनी का.जि. अ.मा फिराद गरी का.जि. अ.बाट २०२६।२।२२ का दिन मोहियानी निष्काशन हुने ठहराई फैसला भई उक्त फैसलालाई मान्यता दिई मिति २०२८।९।११ गतेमा विपक्षी भू.प्र.कार्यालयबाट उक्त जग्गामा क्षेत्रकुमारीको नाम जोतबाट खारेज गरी ज.ध. हरिमाया मालीको नाममा जोत कायम हुने गरी पर्चा गरी फैसला कार्यान्वित समेत गरि सकेको छ । साथै विपक्षीले निस्काशन पश्चात मोही भई कमाएको समेत छैन । यस प्रकार विपक्षी क्षेत्रकुमारीको नामबाट खारेज गरी मेरा दाता हरिमायाको नाममा जोत कायम हुने गरेको उक्त मितिको निर्णय पर्चा विपक्षी कार्यालयबाटै मलाई दिएको ज.ध.प्र.पू.मा समेत जोताहा तथा जग्गाधनी दुवैमा मेरो नाम रहेको समेत कारणबाट खास जोताहा म नै छु भन्ने विपक्षी कार्यालयको उक्त मिति २०२८।९।११ को निर्णय पर्चाबाट र मैले विपक्षी कार्यालयबाटै पाएको ज.ध.प्र.पू.बाटसमेत प्रष्ट भएको छ । उपरोक्त बमोजिमको मेरो मोहियानी समेत भएको जग्गामा विपक्षी कार्यालयले निर्णय गर्दा २०२६।२।२२ का जिल्ला अदालतको फैसलालाई भू.सं.ऐन, २०२१ को दफा ३९ बमोजिम यो दफा प्रारम्भ हुनु भन्दा अघिल्लो मितिसम्म जग्गावालाले आफ्नो जग्गा कमाउने मोही वा किसानसँग बाली बाँकी वापत सो मोही वा किसानलाई निष्काशित गरिपाउँ भन्ने सम्बन्धमा विभिन्न अदालतमा दायर भई छिन्न बाँकी रहेको मुद्दामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बाली बापत अदालतले मोही वा किसानलाई निस्काशन गर्न आदेश दिन हुँदैन भन्ने देखिन्छ भन्ने उल्लेख