निर्णय नं. १२३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/२८ २१२५ निर्णय नं. १२३२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३५ सालको रिट नम्बर १२३१ आदेश भएको मिति : २०३५।१२।२८।३ मा निवेदक : भ.पु.जि. नकदेश गा.पं.वार्ड नं. ३ बस्ने काजीबहादुर बाँडे विरूद्ध विपक्षी : भूमिप्रशासनको हाल भूमिसुधार कार्यालय भक्तपुर शाखा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमी प्रशासन ऐन, २०२४ को दफा ४ अनुसार दर्ता नभएकोमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ख) अनुसार मोही हुने प्रश्न नै नउठ्ने हुँदा मोहियानी हक पाएको भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्साल तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरी विपक्षी भूमिप्रशासकको २०३४।१०।१४ को निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदन मिति २०३५।१।२५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मे.ज.श्री राजेन्द्रप्रसाद शाहको श्रीमती पिताम्बरेश्वरी शाहका अंश भागको साविक कि.नं. ३४१ लगत नं. ७४ नं. ३४ को ३ जातिगाल भन्ने खेत रोपनी ९–८–३ मध्येमा पश्चिमपट्टिको मनोहरा खोला तर्फको जग्गा मेरा बाबु कंशकुमारका पाला देखिनै कमाई जग्गाधनीलाई बाली बुझाई भोगेको मोहियानी हकको जग्गा हो । उक्त जग्गामा मनोहरा खोला पसी नोक्सान पारेको अवस्था २०२१ सालको सर्भे नापी गर्दा भ.पु.दिव्ईश्वरी गा.पं. वडा नं. ७ ख कि.नं. ३३ जम्मा क्षेत्रफल २–१० मात्र भयो । बाँकी जग्गा कि.नं. २४५ को खोला बगर तर्फ पारी नापी भयो । ०२८ साल देखि खोलाले पूरै छोडेकोले सो जग्गा आफ्नै नाममा उकास दर्ता गर्न जग्गाधनीले कारवाई गर्ने र खोलाले छोडेको जग्गा साविक बमोजिम जोत कमोद गर्नु भनी २०२९ सालमा पिताम्बरेश्वरी शाहले मेरा बाबुसँग कंसकुमारीको कबुलियत गराई दोहरी समेत दिनुभएको थियो । जग्गावाला पिताम्बरेश्वरी शाहले खोलाले छोडेको जग्गा उकास गर्न भूमिप्रशासनमा निवेदन गर्नुभयो । उहाँको निवेदनबाट आदेशानुसार अमिनद्वारा चेक गर्न लगाउँदा दिव्ईश्वरी पञ्चायत वडा नं. ७(ख) कि.नं. ३३ मनहरा खोलाको कि.नं. २४५ मा घुस्न गएको भन्ने रिपोर्ट परेबाट श्री ५ को सरकारको ०३१।५।५ का निर्णयानुसार भनी रायको लागि काठमाडौं डिभिजन कार्यालय लैनचौरलाई भूमिप्रशासनबाट ०३१।६।२४।५ मा पत्र समेत लेखी पठाई पिताम्बरेश्वरीलाई बोधार्थ समेत दिई उहाँको नाममा उकास दर्ता गर्ने विपक्षी नं. १ बाट चलाएको कारवाही जारी नै छ । माथि उल्लेख भए बमोजिमको मेरा बाबुका हकको जग्गामा बाबु तथा मेरो समेत परिश्रमले लगाएको बालीमा विपक्षी नं. २ ले बाली लुटी मोही हकमा खिचोला गरेको हुँदा खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने विपक्षी नं. २ का उपर मेरा बाबुले दायर गर्नुभएको मुद्दामा बाबु मरी मैले सकार गरी तारिखमा रहेको थिएन । उक्त मुद्दामा विपक्षी नं. १ ले निर्णय गर्नु हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिश्रम परिवारको श्रमले गर्ने किसान सम्झनु पर्छ भन्ने व्यवस्था भएको हुँदा श्री मे.नापी शाखा भक्तपुरमा ०२१ सालमा नापी गर्दा